• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पाँचथर

पाँचथरको विकासका लागि मैले जित्नै पर्छ : भीष्मराज आङदेम्बे

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २०, २०७९  १२:०६
1140x725

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे आगामी प्रतिनिधि सभा निर्वाचनमा पाँचथरबाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा नेकपा एमालेका बसन्तकुमार नेम्वाङसँग हुँदैछ।

केपी ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका नेम्वाङ आङदेम्बेका लागि कडा प्रतिस्पर्धी हुन्। २०७४ सालमा उनै नेम्वाङसँग पराजित भएका आङदेम्बेलाई यस पटक बदला लिने अवसर भने छ।

आफू पराजित हुँदा विकासको काम रोकिएकाले यस पटक जित हात पार्ने दावी उनले गरेका छन्। वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अधिकांश पालिकामा जित हात पारेकाले पनि उनी उत्साही देखिन्छन्। 

निर्वाचन प्रसार-प्रचारको क्रममा पाँचथरमा रहेका आङदेम्बेसँग चुनावी तयारी र अजेण्डाबारे नेपाल लाइभले गरेको संवाद:

मतदातासमक्ष पार्टीगत र व्यक्तिगत रुपमा कस्ता प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ?
अहिले हामी घरदैलो अभियान अन्तर्गत मतदाता समक्ष पुगेका छौं। सुरुमा कार्यकर्ता भेटघाट गर्‍यौं। गठबन्धनभित्र रहेका तीन दलका कार्यकर्ताको संयुक्त निर्वाचन परिचालन कमिटी बनायौं। अहिले मतदाताको कुरा सुन्ने चरणमा पुगेका छौं। पाँचथर जिल्ला समग्र घुम्नुपर्ने र निर्वाचन आयोगको समय सीमा समेत भएका कारण हामीले त्यही अनुसारको कार्यक्रम तय गरेका छौं। 

हाम्रो पार्टीले घोषणापत्र जारी गरेको छ। उक्त घोषणापत्रमा भएका कुराहरु मतदातालाई बुझाइरहेका छौं। नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा रोजगारी,स्वास्थ्य शिक्षा, आर्थिक वृद्धिदेखि प्रतिनिधि सभा बीचमै विघटन नगर्ने प्रतिवद्धता गरेको छ। हामी पाँच वर्ष सरकार चलाएर देशलाई आर्थिक विकासमा लैजान चाहन्छौं।

२०७४ सालमा नेकपा एमालेले यो क्षेत्रमा जित्यो। तर उसले न विकास गर्यो न संसद् चलायो। यो क्षेत्रको विकासका लागि फेरि पनि नेपाली कांग्रेस अघि सर्नुपरेको छ। नेपाली कांग्रेस  नेतृत्वमा हुँदा सुरु गरेका  विकासका काम बाहेक अन्य काम अघि बढाइएको छैन।

जनताले कस्ता अपेक्षा राख्ने गरेका छन्? उनीहरुको चासो कस्ता विषयमा छन्?
जनताको पहिलो अपेक्षा भनेको यस क्षेत्रको विकास नै हो। खानेपानी,शिक्षा, स्वास्थ्य, बाटो निर्माणदेखि सिंचाइसम्म विकासका गुनासोहरु मतदाताले राखेका छन्। त्यस्तै सांसद निर्वाचित हुने तर गाउँ नफर्कने गुनासो पनि उनीहरुले गरेका छन्।

Ncell 2
Ncell 2

अबको पाँच वर्ष आफू यस जिल्लाकै लागि खटिने कुरा मैले मतदातालाई बुझाइरहेको छु। मतदाताको धेरै चासो चाहिँ विकासमै देखिन्छ। आफूले मत दिएर पठाएको उम्मेदवारले आफ्नो क्षेत्रमा विकास गरोस् र मतको सम्मान गरोस् भन्ने उनीहरुको चाहना देखिन्छ। यसअघिका उम्मेदवारले विकासका काम नगरेको गुनासो पनि धेरै सुनिएको छ। 

तपाईंले जित्ने आधार के हो? 
यो क्षेत्रका लागि म परिचित उम्मेदवार हो। यहाँ लामो समयदेखि राजनीतिमा संलग्न भएको र केन्द्रसम्म पहुँच भएको व्यक्तिको रुपमा मतदाताले मलाई लिएको पाएको छु। त्यस्तै मतदाताले विकास गर्ने व्यक्ति भएको कारण तपाईंले नै जित्नुपर्छ भनेकाले पनि यस पटक म उत्साही छु।

त्यस्तै स्थानीय तहको मतभार हेर्ने हो भने हामी सहज जित निकाल्ने अवस्थामा छौं। हामीले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेभन्दा दोब्बर मत ल्याउने सम्भावना देखिन्छ। नेपाली कांग्रेस एक्लै यो क्षेत्रमा जित निकाल्ने अवस्थामा थियो। त्यसमाथि माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि साथ दिएका छन्। गठबन्धनको मतसहित हेर्दा हामी बिजेता बन्न धेरै समय छैन।

त्यस्तै अरु आधार भनेको मैले यस क्षेत्रमा सुरु गरेका विकासका कामहरु हुन्। खानेपानी, सडक, सिंचाइ लगायत अन्य धेरै काम हामीले गरेका छौं। जसका कारण जनताले हामीलाई मत दिनेछन् ।

२०७४ सालमा नेपाली कांग्रेस हार्दा यो क्षेत्र विकासमा धेरै पछि परेको कुरा मतदाताले अहिले बुझेका छन्। त्यस्तै नेपाली कांग्रेसको नीति र कार्यक्रम हेरेर पनि जनताले मत दिनेछन्। एमालेलाई बहुमत दिए पनि चलाउन नसक्ने देखिएकाले जनताले निर्विकल्प रुपमा नेपाली कांग्रेसलाई जिताउनेछन्।   

विपक्षीप्रति तपाईंको मूल्यांकन के छ? कतिको चुनौती महसुस गरिरहनुभएको छ?
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार बसन्त नेम्वाङसँग हो। स्थानीय तहको मत हेर्दा अहिले प्रतिस्पर्धा नै नहुने देखिन्छ। तर उहाँलाई मैले प्रतिस्पर्धीको रुपमा लिएको छु।

उहाँ २०७४ सालमा मलाई पराजित गरेर सांसद हुनुभएको थियो। मन्त्रीसमेत हुनुभयो तर यस क्षेत्रका लागि खास काम गर्नुभएन। करिब ३ वर्ष नेकपा एमालेको सरकार रहँदा उहाँ पनि मन्त्री हुनुभएको थियो। तर काम नगरेका कारण यहाँका जनता अहिले विकल्पको खोजीमा रहेको पाएको छु।

निर्वाचन जित्नुभयो भने संसद्मा तपाईंको भूमिका कस्तो रहन्छ? कस्ता मुद्दा सदनमा उठाउनुहुन्छ?
संसदमा गएपछि हामी जनताको मुद्दा उठाउँछौं। नेकपा एमाले जस्तो बीचमै संसद् विघटन गर्दैनौं। संसदलाई पूरा कार्यकाल चलाउने कुरा हामीले आफ्नो घोषाणपत्रमै उल्लेख गरेका छौं।

नेकपा एमालेले बहुमत पाएपछि संसद् चलाउन नसक्ने पुष्टि भएकाले पनि नेपाली कांग्रेस र मेरो जित आवश्यक देखिएको छ। यहाँको विकास र गुनासाहरु संसदमा जोडदार रुपमा उठाउने र संसदलाई बचाएर त्यहाँबाट समग्र जनताको हितमा कानुन बनाउन मेरो भूमिका रहन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्