• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पाँचथर

पाँचथरको विकासका लागि मैले जित्नै पर्छ : भीष्मराज आङदेम्बे

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २०, २०७९  १२:०६
1140x725

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे आगामी प्रतिनिधि सभा निर्वाचनमा पाँचथरबाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा नेकपा एमालेका बसन्तकुमार नेम्वाङसँग हुँदैछ।

केपी ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका नेम्वाङ आङदेम्बेका लागि कडा प्रतिस्पर्धी हुन्। २०७४ सालमा उनै नेम्वाङसँग पराजित भएका आङदेम्बेलाई यस पटक बदला लिने अवसर भने छ।

आफू पराजित हुँदा विकासको काम रोकिएकाले यस पटक जित हात पार्ने दावी उनले गरेका छन्। वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अधिकांश पालिकामा जित हात पारेकाले पनि उनी उत्साही देखिन्छन्। 

निर्वाचन प्रसार-प्रचारको क्रममा पाँचथरमा रहेका आङदेम्बेसँग चुनावी तयारी र अजेण्डाबारे नेपाल लाइभले गरेको संवाद:

मतदातासमक्ष पार्टीगत र व्यक्तिगत रुपमा कस्ता प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ?
अहिले हामी घरदैलो अभियान अन्तर्गत मतदाता समक्ष पुगेका छौं। सुरुमा कार्यकर्ता भेटघाट गर्‍यौं। गठबन्धनभित्र रहेका तीन दलका कार्यकर्ताको संयुक्त निर्वाचन परिचालन कमिटी बनायौं। अहिले मतदाताको कुरा सुन्ने चरणमा पुगेका छौं। पाँचथर जिल्ला समग्र घुम्नुपर्ने र निर्वाचन आयोगको समय सीमा समेत भएका कारण हामीले त्यही अनुसारको कार्यक्रम तय गरेका छौं। 

हाम्रो पार्टीले घोषणापत्र जारी गरेको छ। उक्त घोषणापत्रमा भएका कुराहरु मतदातालाई बुझाइरहेका छौं। नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा रोजगारी,स्वास्थ्य शिक्षा, आर्थिक वृद्धिदेखि प्रतिनिधि सभा बीचमै विघटन नगर्ने प्रतिवद्धता गरेको छ। हामी पाँच वर्ष सरकार चलाएर देशलाई आर्थिक विकासमा लैजान चाहन्छौं।

२०७४ सालमा नेकपा एमालेले यो क्षेत्रमा जित्यो। तर उसले न विकास गर्यो न संसद् चलायो। यो क्षेत्रको विकासका लागि फेरि पनि नेपाली कांग्रेस अघि सर्नुपरेको छ। नेपाली कांग्रेस  नेतृत्वमा हुँदा सुरु गरेका  विकासका काम बाहेक अन्य काम अघि बढाइएको छैन।

जनताले कस्ता अपेक्षा राख्ने गरेका छन्? उनीहरुको चासो कस्ता विषयमा छन्?
जनताको पहिलो अपेक्षा भनेको यस क्षेत्रको विकास नै हो। खानेपानी,शिक्षा, स्वास्थ्य, बाटो निर्माणदेखि सिंचाइसम्म विकासका गुनासोहरु मतदाताले राखेका छन्। त्यस्तै सांसद निर्वाचित हुने तर गाउँ नफर्कने गुनासो पनि उनीहरुले गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अबको पाँच वर्ष आफू यस जिल्लाकै लागि खटिने कुरा मैले मतदातालाई बुझाइरहेको छु। मतदाताको धेरै चासो चाहिँ विकासमै देखिन्छ। आफूले मत दिएर पठाएको उम्मेदवारले आफ्नो क्षेत्रमा विकास गरोस् र मतको सम्मान गरोस् भन्ने उनीहरुको चाहना देखिन्छ। यसअघिका उम्मेदवारले विकासका काम नगरेको गुनासो पनि धेरै सुनिएको छ। 

तपाईंले जित्ने आधार के हो? 
यो क्षेत्रका लागि म परिचित उम्मेदवार हो। यहाँ लामो समयदेखि राजनीतिमा संलग्न भएको र केन्द्रसम्म पहुँच भएको व्यक्तिको रुपमा मतदाताले मलाई लिएको पाएको छु। त्यस्तै मतदाताले विकास गर्ने व्यक्ति भएको कारण तपाईंले नै जित्नुपर्छ भनेकाले पनि यस पटक म उत्साही छु।

त्यस्तै स्थानीय तहको मतभार हेर्ने हो भने हामी सहज जित निकाल्ने अवस्थामा छौं। हामीले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेभन्दा दोब्बर मत ल्याउने सम्भावना देखिन्छ। नेपाली कांग्रेस एक्लै यो क्षेत्रमा जित निकाल्ने अवस्थामा थियो। त्यसमाथि माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि साथ दिएका छन्। गठबन्धनको मतसहित हेर्दा हामी बिजेता बन्न धेरै समय छैन।

त्यस्तै अरु आधार भनेको मैले यस क्षेत्रमा सुरु गरेका विकासका कामहरु हुन्। खानेपानी, सडक, सिंचाइ लगायत अन्य धेरै काम हामीले गरेका छौं। जसका कारण जनताले हामीलाई मत दिनेछन् ।

२०७४ सालमा नेपाली कांग्रेस हार्दा यो क्षेत्र विकासमा धेरै पछि परेको कुरा मतदाताले अहिले बुझेका छन्। त्यस्तै नेपाली कांग्रेसको नीति र कार्यक्रम हेरेर पनि जनताले मत दिनेछन्। एमालेलाई बहुमत दिए पनि चलाउन नसक्ने देखिएकाले जनताले निर्विकल्प रुपमा नेपाली कांग्रेसलाई जिताउनेछन्।   

विपक्षीप्रति तपाईंको मूल्यांकन के छ? कतिको चुनौती महसुस गरिरहनुभएको छ?
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार बसन्त नेम्वाङसँग हो। स्थानीय तहको मत हेर्दा अहिले प्रतिस्पर्धा नै नहुने देखिन्छ। तर उहाँलाई मैले प्रतिस्पर्धीको रुपमा लिएको छु।

उहाँ २०७४ सालमा मलाई पराजित गरेर सांसद हुनुभएको थियो। मन्त्रीसमेत हुनुभयो तर यस क्षेत्रका लागि खास काम गर्नुभएन। करिब ३ वर्ष नेकपा एमालेको सरकार रहँदा उहाँ पनि मन्त्री हुनुभएको थियो। तर काम नगरेका कारण यहाँका जनता अहिले विकल्पको खोजीमा रहेको पाएको छु।

निर्वाचन जित्नुभयो भने संसद्मा तपाईंको भूमिका कस्तो रहन्छ? कस्ता मुद्दा सदनमा उठाउनुहुन्छ?
संसदमा गएपछि हामी जनताको मुद्दा उठाउँछौं। नेकपा एमाले जस्तो बीचमै संसद् विघटन गर्दैनौं। संसदलाई पूरा कार्यकाल चलाउने कुरा हामीले आफ्नो घोषाणपत्रमै उल्लेख गरेका छौं।

नेकपा एमालेले बहुमत पाएपछि संसद् चलाउन नसक्ने पुष्टि भएकाले पनि नेपाली कांग्रेस र मेरो जित आवश्यक देखिएको छ। यहाँको विकास र गुनासाहरु संसदमा जोडदार रुपमा उठाउने र संसदलाई बचाएर त्यहाँबाट समग्र जनताको हितमा कानुन बनाउन मेरो भूमिका रहन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्