काठमाडौं- नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ब्याजदर वृद्धिको विरुद्धमा शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ।
संघले कात्तिक १८ गते बिहान ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा माइतीघरमा १ घन्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।
बैंकहरुको उच्च ब्याजदर वृद्धिले व्यवसाय धान्नै नसकेको भन्दै विरोध प्रदर्शन गरेको संघले जनाएको छ।
ब्याजदर वृद्धिको विरोधमा उनीहरुले मौन आन्दोलन गरेका हुन्। बैंक तथा वित्तीय संस्था नसुध्रिए वा सरकारले व्यवसायीको समस्या समाधानमा चासो नदिए थप आन्दोलनका कार्यक्रम अघि बढाउने संघले जनाएको छ।
राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै यसअघि रुपन्देही, नवलपरासी र विराटनगरमा पनि उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।