• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पाँचथर

गठबन्धनले विकासमा अवरोध गरेकाले हामीले जित्न आवश्यक छ: बसन्तकुमार नेम्वाङ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २०, २०७९  १६:३३
1140x725

नेकपा एमालेका केन्द्रीय सदस्य बसन्तकुमार नेम्वाङ प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा उम्मेदवार छन्। केपी ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका नेम्वाङ आफ्नो पालामा पाँचथरमा सामाजिक र भौतिक पूर्वाधार निर्माणका कामले उल्लेख्य फड्को मारेको बताउँछन्।

एमाले सत्तामा आउँदा गरेका काम जनताले बुझेको र गठबन्धनले विकास-निर्माणका काममा अवरोध गरेकोले आफ्नो जित आवश्यक रहेको उनी बताउँछन्।

निर्वाचन प्रसारप्रचारको क्रममा पाँचथरमा रहेका नेम्वाङसँग नेपाल लाइभकर्मी दुर्गा दुलालले गरेको संवाद:

जनतासमक्ष के अजेण्डा लिएर जानुभएको छ? जनताले कसरी लिइरहेका छन्?
जनता हाम्रा कुरा उत्साहपूर्वक सुनिरहेका छन्। चासो दिइरहेका छन्। शुसासन, विकास, समृद्धि र राष्ट्रियताका सवाल जनता सामु उठाएका छौं। समृद्ध नेपाल, सुखी नेपाली निर्माणको अभियान थालेका छौं। भौतिक पूर्वाधारका कुरा, सामाजिक सुरक्षाका कुरा छन्। उल्लेखित कुरा हामी ३ वर्ष सरकारमा हुँदा गरेका थियौँ।

यस्तै, हामीले २०४६ पछिको तुलना गरेका छौं। यो बीचमा कांग्रेसले २० वर्ष शासन गर्दा शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री भएका छन्। एमालेले मनमोहन अधिकारीले नेतृत्व गरेको ९ महिने सरकारसहित ५ वर्ष सरकार चलाएको छ। 

पाँचथर जिल्लामा कांग्रेसले २० वर्षमा नगरेको काम हामीले ५ वर्षमा गरेका छौं। यहाँबाट कांग्रेसका धेरै मन्त्री भए। हाम्रो पार्टीबाट जम्मा २ जना मन्त्री भयौं। हाम्रो पालामा समाजिक र भौतिक पूर्वाधार निर्माणका कुरामा मारेको फड्को यहाँका जनताले देख्नुभएको छ। 

यस्तै, हाम्रो पालामा चीन र भारत जोड्ने नाकासम्म सडक सञ्जालले जोड्यौं। हामीले वडादेखि पालिका हुँदै सदरमुकामसम्म ठूला अस्पतालहरु निर्माण गर्‍यौं। जिल्लाका ६० वटै वडामा विद्युत पुर्‍याएका छौं। 

एमाले सत्तामा आउँदा गरेका उल्लेखित काम जनताले बुझेका छन्। र, हामीले थप स्पष्ट पारेका छौं। गठबन्धनले भने हामीले सुरु गरेका विकासमा अवरोध गरेकोले त्यसलाई हटाउन एमालेको जित आवश्यक रहेको जनतालाई भनेका छौं र जनताले यो बुझेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

जनताको अपेक्षा चाहिँ के छ त?
हामीले गरेको काममा जनताले भन्ने ठाउँ नै छैन। आँखाका अगाडि छर्लङ्गै देखेका छन् जुन कुरा हामी आएपछि भएको हो। 

अध्यक्ष ओलीको नेतृत्वमा अघिल्लो पटक ९ महिना र पछिल्लो ३ वर्ष सरकारमा हुँदा राष्ट्रियताको विषयमा लिएको अडान र लोडसेडिङ अन्त्यको योजना लगायत सुकुम्बासी समस्या समाधानका लागि गरेको काम, गरिबी निर्मुलका लागि गरेका काम जनताले देखेका छन्। अब यसलाई निरन्तरता दिएर बाँकी रहेका काम पूरा गर्न जनताले एमालेलाई जिताएर पठाउँछन्।

आगामी ५ वर्षका लागि हामीले ग्यारेन्टी गरेका २० काम घोषणापत्रमार्फत सार्वजनिक गरेका छौं। हामीले गर्ने भनेका काम पूरा गर्न प्रतिबद्ध छौं।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने कांग्रेस बलियो देखिन्छ। तपाईंको प्रतिस्पर्धा पनि गठबन्धनका कांग्रेस उम्मेदवारसँग हुँदैछ। प्रतिस्पर्धीलाई कसरी लिनुहुन्छ?
स्थानीय तहको मतपरिणामले आसन्न निर्वाचनमा असर गर्दैन। जनता त्यसमा तयार छैनन्। 

विपक्षीसँग खास अजेण्डा छैनन्। एमालेले सुरु गरेर पूरा गरेका र कतिपय पूरा गर्न बाँकी रहेका काम पूरा गर्छौँ भनेर उनीहरु हिँडेका छन्। 

मेरा प्रतिद्वन्द्वी भीष्मराज आङ्देम्बेलाई जनताले जिताएर पनि पठाएका थिए। उहाँकै पार्टीले २० वर्ष शासन गर्दा उहाँ पनि मन्त्री हुनुभयो। तर जनतालाई यो-यो काम गर्‍यौं भनेर देखाउने कुनै काम भएका छैनन्। 

हामी मन्त्री हुँदा अर्ब-अर्बका बजेट ल्याएर खानेपानी, तमोर करिडोर सडक कालोपत्रे गर्ने कामको प्रारम्भ र केन्द्रीय विद्युतीय स्टेसन निर्माण गर्यौँ। त्यस्तै गाउँगाउँमा पक्की सडक,  खोलाबाट तानेर खानेपानी घरघरमा पुर्याएका छौं। जनताले त्यो देखेका छन्। जनताले उनीहरुलाई के गर्यौ भनेर सोधे उनीहरुसँग जवाफ छैन। त्यसैले, गठबन्धनका आधारमा जनताले मत दिँदैनन्। 

तपाईं निर्वतमान सांसद हुनुहन्छ। तपाईंकै अध्यक्षले दुई–दुई पटक संसद् विघटन गर्नुभयो। अब फेरि तपाईं निर्वाचित हुनुभयो भने संसदले कार्यकाल पूरा गर्छ भन्ने प्रतिबद्धता कसरी गर्नुहुन्छ?

संसद् विघटन हुने कुरा संसदीय परम्परामा स्वभाविक हो। हुने/नहुने प्रतिबद्धता गर्न सकिन्न। संसदीय व्यवस्थामा संसद् गठन, पुनर्गठन र आवधिक निर्वाचन स्वभाविक र संवैधानिक व्यवस्था हो। 

उनीहरुले यो व्यवस्थालाई राम्ररी बुझेका छैनन्। त्यसैले यो विषयलाई गठबन्धनले प्रतिगमन भन्छ। उनीहरुसँग अजेण्डा नभएर त्यसो भनेका हुन्। जनतामा जाने कुरालाई कसरी प्रतिगमन भन्न मिल्छ? आखिर १४ महिनापछि जनतासँगै आउनुपर्यो। 

शेरबहादुर देउवा आफैँले बरु संसद् राजालाई बुझाए। त्यो हो प्रतिगमन भनेको। उनकै नेतृत्वमा अहिले सरकार छ। यसर्थ प्रतिगमनकारी देउवा हुन्। यसको दोष म माओवादीलाई दिन्नँ। त्यो बेला उनीहरु थिएनन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १६:३३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्