• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
दार्चुला निर्वाचन

बाघ र बाख्राको मिलनले रिजल्ट ल्याउँदैन- गणेश ठगुन्ना [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २३, २०७९  १४:४५
1140x725

दार्चुला जिल्लाबाट नेकपा एमालेका तर्फबाट गणेशसिंह ठगुन्ना प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।  

उनी यसअघि २०७० सालमा पनि संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसै गरी २०७४ सालको प्रतिनिधि सभा सदस्यमा पुनः दार्चुलाबाटै निर्वाचित भएका ठगुन्ना यसपटक तेस्रोपटक जित निकाल्ने प्रयासमा छन्। 

ठगुन्नालाई २०७४ सालमा वाम गठबन्धनको साथ रहेको थियो। उनले कांग्रेसका प्रतिद्वन्द्वी विक्रमसिंह धामीलाई पराजित गरेका थिए। ठगुन्ना ओली सरकारको पालामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका थिए।

तेस्रो पटक चुनावी मैदानमा उत्रिएका ठगुन्नासँग चुनावी अजेण्डा, दार्चुलावासी जनताका विषयमा उनको भूमिकालगायतका विषयमा नेपाल लाईभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी:

सांसदका रुपमा तपाईंको पाँच वर्षे कार्यकाल कस्तो रह्यो? 
यो पाँच वर्षमा निकै राजनीतिक उतारचढाव भए। गर्नैपर्ने काममा केही तलमाथि भयो होला। तर समग्रमा मेरो कार्यकाल उपलब्धिमुलक नै रह्यो भन्ने लाग्छ। 

तपाईंको भूमिकालाई लिएर निर्वाचन क्षेत्रका जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ? 
संघीय सांसदको भूमिका भनेको मुख्य रुपमा नीति-नियम निर्माण गर्ने हो। बजेट निर्माण गर्ने, पास गर्ने हो। राष्ट्रिय स्तरका आयोजनाहरुमा पहल गर्ने हो। बाँकी त प्रदेश र पालिकाले गरिहाल्छन्।

संघीय सरकारका तर्फबाट गर्नुपर्ने कामको सन्दर्भमा मेरो भूमिकालाई लिएर दार्चुलाका जनता खुसी नै छन्। मुल रुपमा हाम्रो सीमा सुरक्षाको विषय नक्सामा सामेल गर्ने मेरै अभियान हो। कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग नेपालको नक्सामा सामेल गर्न सफल भइयो। यो ऐतिहासिक काम हो भन्ने लाग्छ। 

त्यसका साथै दार्चुला जिल्लाबाट टिंकर जोड्ने सीमा सडक नेपाली सेनालाई  हस्तान्तरण गर्न सफल भइयो। त्यो पनि महत्वपूर्ण काम हो। मानसरोबर जोड्ने महाकाली करिडोर, दार्चुला जिल्ला जोड्ने टिंकर सडक सेनामार्फत सञ्चालन गर्न सफल भइयो। त्यसलाई कालोपत्रे गर्ने कार्यक्रममा समावेश गर्न पनि सफल भइयो। गोकुलेश्वर एयरपोर्ट २०४८ सालदेखि बन्द थियो। बहुवर्षे ठेक्कामार्फत एयरपोर्ट सञ्चालनको काम सुरु भइरहेको छ। 

Ncell 2
Ncell 2

खानेपानीको सवालमा थुप्रै खानेपानीबाट बञ्चित भूभागहरु जहाँ पानीको  स्रोत(मुल) थिएनन्। पहाडमा खानेपानीको अभावका कारण बसाइँसराइ सर्ने क्रम बढेको छ। थुप्रै खानेपानी आयोजनाको काम सञ्चालन गर्न सफल भइयो। लेकम गाउँपालिका- २, कलेटीमा चमेलियाबाट लिफ्टिङ गरेर २५ करोडको खानेपानी आयोजनाको काम चलिरहेको छ। यसबाट १५ सय घरधुरीरु लाभान्वित हुनेछन्।

विद्युतको समस्याले राति बत्ति नभएको बेला सञ्चारको नेटवर्क आउने-जाने भइरहन्छ। तर पनि सञ्चार नपुगेका दुर्गमभन्दा दुर्गम भेगमा सञ्चार नेटवर्क पुर्याउन सफल भएका छौं।

तपाईं सांसद हुँदा दुई पटक प्रतिनिधि सभा विघटन भयो। त्यतिबेला संसद् निरीह भएको विश्लेषण पनि भयो। संसदलाई बलियो बनाउनुपर्छ भन्ने लाग्दैन?
संसद् बलियो हुनुपर्छ। सांसदहरुले मर्यादामा रहनुपर्छ। जुन पार्टीबाट निर्वाचित भए पनि जनादेश अनुसार संसद् चल्नुपर्छ। जनादेश एकातिर, संसद् अर्कोतिर गयो भने पुनः जनादेशमा जानु कुनै अनौठो कुरा होइन। यो लोकतान्त्रिक विधि हो।

जनतासँग वाम-गठबन्धनको नाममा मत मागेर, नेकपा एमालेको सूर्य चिह्नबाट चुनाव लडेर संसदमा जाने अनि रुखमा मतदान गर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रवृत्ति देखियो। संसद् जनताको अभिमत विरुद्धमा गएपछि ताजा जनादेशमा जानु त अनौठो भएन नि।

तपाईं यसअघि दुई पटक सांसद बनिसक्नुभयो। फेरि किन निर्वाचन लडिरहनुभएको छ त?
मलाई कहाँ लागेको छ र? कसैले चाहेर हुन्छ र? चाहेर हुने भए त दुनियाँ कति मान्छे उठ्थे त। जनताले चाहना गर्नुपर्यो। कार्यकर्ताले विश्वास गर्नुपर्यो। पार्टीले पत्याउनु पर्यो। जनताको बीचमा काम गर्नुपर्यो। यो उम्मेदवारी पनि मेरो चाहनाले भएको होइन। मैले मागेको हैन। जनता र पार्टी कार्यकर्ताको इच्छा अनुसार म पुन: उम्मेदवार भएको हुँ।

जनतामाझ कस्ता अजेण्डा लिएर जाँदै हुनुहुन्छ? 
भनिसकें त। मैले सुरु गरेका काम मैले नै सम्पन्न गर्न पाउनुपर्छ। यदि हाम्रो सरकार आएन, मैले जितिनँ अधुरा काम सम्पन्न हुँदैनन्। यो डेढ वर्षको गठबन्धन सरकारले मैले सुरु गरेका सम्पूर्ण आयोजना स्थगित गरेको छ, बजेट कटौती गरेको छ। मैले त्यसलाई रोक्न खोजिरहेको छु।

मैले सुरु गरेका अधुरा काम पूरा गर्ने र सीमाको समस्या हल गर्ने अजेण्डा म उठाउँछु। सडकका बहुवर्षीय योजनाहरु सम्पन्न गर्छु। एयरपोर्ट निर्माण गरेर विमान चलाउने कुरा छ। थुप्रै ठाउँमा खानेपानीका योजना पुर्याउने योजना छ। मेरो कुनै नयाँ अजेण्डा छैन। हामीले सुरु गरेका योजनाहरु पूरा गर्न पाइयो भने ठूलो उपलब्धि हुनेछ। त्यही अनुसार जनताको बीचमा मत मागिरहेको छु।

तपाईंले जित्ने आधार केके छन् त? 
मैले जित्ने आधार भनेकै जनताको समर्थन हो। अरु के चाहिन्छ र जित्ने आधार? जनताको मत चाहिने हो। जित-हार जनताको समर्थनले हुन्छ।

तपाईंले गठबन्धनको सामना गर्नुपर्ने अवस्था छ। आफ्ना प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ? 
पूँजीवादको मन्त्र जपेर कम्युनिष्टलाई गाली गर्ने, मार्क्सवादलाई घृणा गर्ने नेपाली कांग्रेसका उम्मेदवार मेरा प्रतिस्पर्धी छन्। अनि मार्क्सवाद, लेलिनवाद र माओवाद चाहिन्छ भनेर बन्दुक बोक्नेहरु कांग्रेसलाई काँधमा बोकिरहेका छन्। बाघ र बाख्राको मिलनले रिजल्ट ल्याउँदैन भन्ने मलाई विश्वास छ। 

अहिलेको गठबन्धन राजनीतिक होइन। एमालेलाई हराउने उद्देश्य बाहेक अरु कुनै उद्देश्य नभएकाले गठबन्धनले धेरै ठूलो प्रभाव पार्छ र चुनौती हुन्छ जस्तो लाग्दैन। मैले यसलाई सहज रुपमा लिएको छु। र, हामी भारी बहुमतले चुनाव जित्छौं भन्ने विश्वास छ।

अन्त्यमा के भन्नुहुन्छ?
नेकपा एमाले एकतावद्ध भएर अघि बढिरहेको छ। हिजो स्थानीय तहमा पनि एकतावद्ध भएर गठबन्धनलाई परास्त गरेको जिल्ला हो यो। अहिलेको चुनावमा पनि हामी सानदार मतका साथ जित्छौं। दार्चुला जिल्लाको जनताको चाहना अनुसार हामी अगाडि बढ्छौं। 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १४:४५
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
न बदलिएको समाज
यस्तो राहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै आइतबार, पुस १३, २०८२
न बदलिएको समाज आइतबार, पुस १३, २०८२
यस्तो राहनेछ देशभरको मौसम आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज नेपाल लाइभ
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्