• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
दार्चुला निर्वाचन

बाघ र बाख्राको मिलनले रिजल्ट ल्याउँदैन- गणेश ठगुन्ना [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २३, २०७९  १४:४५
1140x725

दार्चुला जिल्लाबाट नेकपा एमालेका तर्फबाट गणेशसिंह ठगुन्ना प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।  

उनी यसअघि २०७० सालमा पनि संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसै गरी २०७४ सालको प्रतिनिधि सभा सदस्यमा पुनः दार्चुलाबाटै निर्वाचित भएका ठगुन्ना यसपटक तेस्रोपटक जित निकाल्ने प्रयासमा छन्। 

ठगुन्नालाई २०७४ सालमा वाम गठबन्धनको साथ रहेको थियो। उनले कांग्रेसका प्रतिद्वन्द्वी विक्रमसिंह धामीलाई पराजित गरेका थिए। ठगुन्ना ओली सरकारको पालामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका थिए।

तेस्रो पटक चुनावी मैदानमा उत्रिएका ठगुन्नासँग चुनावी अजेण्डा, दार्चुलावासी जनताका विषयमा उनको भूमिकालगायतका विषयमा नेपाल लाईभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी:

सांसदका रुपमा तपाईंको पाँच वर्षे कार्यकाल कस्तो रह्यो? 
यो पाँच वर्षमा निकै राजनीतिक उतारचढाव भए। गर्नैपर्ने काममा केही तलमाथि भयो होला। तर समग्रमा मेरो कार्यकाल उपलब्धिमुलक नै रह्यो भन्ने लाग्छ। 

तपाईंको भूमिकालाई लिएर निर्वाचन क्षेत्रका जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ? 
संघीय सांसदको भूमिका भनेको मुख्य रुपमा नीति-नियम निर्माण गर्ने हो। बजेट निर्माण गर्ने, पास गर्ने हो। राष्ट्रिय स्तरका आयोजनाहरुमा पहल गर्ने हो। बाँकी त प्रदेश र पालिकाले गरिहाल्छन्।

संघीय सरकारका तर्फबाट गर्नुपर्ने कामको सन्दर्भमा मेरो भूमिकालाई लिएर दार्चुलाका जनता खुसी नै छन्। मुल रुपमा हाम्रो सीमा सुरक्षाको विषय नक्सामा सामेल गर्ने मेरै अभियान हो। कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग नेपालको नक्सामा सामेल गर्न सफल भइयो। यो ऐतिहासिक काम हो भन्ने लाग्छ। 

त्यसका साथै दार्चुला जिल्लाबाट टिंकर जोड्ने सीमा सडक नेपाली सेनालाई  हस्तान्तरण गर्न सफल भइयो। त्यो पनि महत्वपूर्ण काम हो। मानसरोबर जोड्ने महाकाली करिडोर, दार्चुला जिल्ला जोड्ने टिंकर सडक सेनामार्फत सञ्चालन गर्न सफल भइयो। त्यसलाई कालोपत्रे गर्ने कार्यक्रममा समावेश गर्न पनि सफल भइयो। गोकुलेश्वर एयरपोर्ट २०४८ सालदेखि बन्द थियो। बहुवर्षे ठेक्कामार्फत एयरपोर्ट सञ्चालनको काम सुरु भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

खानेपानीको सवालमा थुप्रै खानेपानीबाट बञ्चित भूभागहरु जहाँ पानीको  स्रोत(मुल) थिएनन्। पहाडमा खानेपानीको अभावका कारण बसाइँसराइ सर्ने क्रम बढेको छ। थुप्रै खानेपानी आयोजनाको काम सञ्चालन गर्न सफल भइयो। लेकम गाउँपालिका- २, कलेटीमा चमेलियाबाट लिफ्टिङ गरेर २५ करोडको खानेपानी आयोजनाको काम चलिरहेको छ। यसबाट १५ सय घरधुरीरु लाभान्वित हुनेछन्।

विद्युतको समस्याले राति बत्ति नभएको बेला सञ्चारको नेटवर्क आउने-जाने भइरहन्छ। तर पनि सञ्चार नपुगेका दुर्गमभन्दा दुर्गम भेगमा सञ्चार नेटवर्क पुर्याउन सफल भएका छौं।

तपाईं सांसद हुँदा दुई पटक प्रतिनिधि सभा विघटन भयो। त्यतिबेला संसद् निरीह भएको विश्लेषण पनि भयो। संसदलाई बलियो बनाउनुपर्छ भन्ने लाग्दैन?
संसद् बलियो हुनुपर्छ। सांसदहरुले मर्यादामा रहनुपर्छ। जुन पार्टीबाट निर्वाचित भए पनि जनादेश अनुसार संसद् चल्नुपर्छ। जनादेश एकातिर, संसद् अर्कोतिर गयो भने पुनः जनादेशमा जानु कुनै अनौठो कुरा होइन। यो लोकतान्त्रिक विधि हो।

जनतासँग वाम-गठबन्धनको नाममा मत मागेर, नेकपा एमालेको सूर्य चिह्नबाट चुनाव लडेर संसदमा जाने अनि रुखमा मतदान गर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रवृत्ति देखियो। संसद् जनताको अभिमत विरुद्धमा गएपछि ताजा जनादेशमा जानु त अनौठो भएन नि।

तपाईं यसअघि दुई पटक सांसद बनिसक्नुभयो। फेरि किन निर्वाचन लडिरहनुभएको छ त?
मलाई कहाँ लागेको छ र? कसैले चाहेर हुन्छ र? चाहेर हुने भए त दुनियाँ कति मान्छे उठ्थे त। जनताले चाहना गर्नुपर्यो। कार्यकर्ताले विश्वास गर्नुपर्यो। पार्टीले पत्याउनु पर्यो। जनताको बीचमा काम गर्नुपर्यो। यो उम्मेदवारी पनि मेरो चाहनाले भएको होइन। मैले मागेको हैन। जनता र पार्टी कार्यकर्ताको इच्छा अनुसार म पुन: उम्मेदवार भएको हुँ।

जनतामाझ कस्ता अजेण्डा लिएर जाँदै हुनुहुन्छ? 
भनिसकें त। मैले सुरु गरेका काम मैले नै सम्पन्न गर्न पाउनुपर्छ। यदि हाम्रो सरकार आएन, मैले जितिनँ अधुरा काम सम्पन्न हुँदैनन्। यो डेढ वर्षको गठबन्धन सरकारले मैले सुरु गरेका सम्पूर्ण आयोजना स्थगित गरेको छ, बजेट कटौती गरेको छ। मैले त्यसलाई रोक्न खोजिरहेको छु।

मैले सुरु गरेका अधुरा काम पूरा गर्ने र सीमाको समस्या हल गर्ने अजेण्डा म उठाउँछु। सडकका बहुवर्षीय योजनाहरु सम्पन्न गर्छु। एयरपोर्ट निर्माण गरेर विमान चलाउने कुरा छ। थुप्रै ठाउँमा खानेपानीका योजना पुर्याउने योजना छ। मेरो कुनै नयाँ अजेण्डा छैन। हामीले सुरु गरेका योजनाहरु पूरा गर्न पाइयो भने ठूलो उपलब्धि हुनेछ। त्यही अनुसार जनताको बीचमा मत मागिरहेको छु।

तपाईंले जित्ने आधार केके छन् त? 
मैले जित्ने आधार भनेकै जनताको समर्थन हो। अरु के चाहिन्छ र जित्ने आधार? जनताको मत चाहिने हो। जित-हार जनताको समर्थनले हुन्छ।

तपाईंले गठबन्धनको सामना गर्नुपर्ने अवस्था छ। आफ्ना प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ? 
पूँजीवादको मन्त्र जपेर कम्युनिष्टलाई गाली गर्ने, मार्क्सवादलाई घृणा गर्ने नेपाली कांग्रेसका उम्मेदवार मेरा प्रतिस्पर्धी छन्। अनि मार्क्सवाद, लेलिनवाद र माओवाद चाहिन्छ भनेर बन्दुक बोक्नेहरु कांग्रेसलाई काँधमा बोकिरहेका छन्। बाघ र बाख्राको मिलनले रिजल्ट ल्याउँदैन भन्ने मलाई विश्वास छ। 

अहिलेको गठबन्धन राजनीतिक होइन। एमालेलाई हराउने उद्देश्य बाहेक अरु कुनै उद्देश्य नभएकाले गठबन्धनले धेरै ठूलो प्रभाव पार्छ र चुनौती हुन्छ जस्तो लाग्दैन। मैले यसलाई सहज रुपमा लिएको छु। र, हामी भारी बहुमतले चुनाव जित्छौं भन्ने विश्वास छ।

अन्त्यमा के भन्नुहुन्छ?
नेकपा एमाले एकतावद्ध भएर अघि बढिरहेको छ। हिजो स्थानीय तहमा पनि एकतावद्ध भएर गठबन्धनलाई परास्त गरेको जिल्ला हो यो। अहिलेको चुनावमा पनि हामी सानदार मतका साथ जित्छौं। दार्चुला जिल्लाको जनताको चाहना अनुसार हामी अगाडि बढ्छौं। 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १४:४५
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्