काठमाडौं– नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा एमालेले आगामी २ वर्षभित्र सबै क्षेत्रका जनतामाझ वित्तीय पहुँच स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीले आगामी २ वर्षमा सबै सर्वसाधारणको बैंक खाता सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। ५ वर्षमा सबै वयस्क व्यक्तिलाई कुनै न कुनै बैंक, सहकारी, लघुवित्त लगायतका वित्तीय कारोबारमा जोड्ने र सबै साना कृषक तथा साना व्यवसायीलाई लघुबिमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उधमशीलतामा जोडिन चाहाने नागारिकलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराउने पनि एमालेले घोषणापत्रमा भनेको छ। सहकारी संस्थाका सदस्यहरुको संस्था बढाइ एक करोड बनाउने र सहकारीबाट बचत गर्ने रमक १० लाख खर्ब रुपैयाँ पुर्याउने एमालेको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।