• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्वाचनको मुखमा प्रहरीका ४ एआईजी रिक्त, अहिले बढुवा हुनेबाटै भावी आईजी !

64x64
नारायण अधिकारी मंगलबार, कात्तिक १५, २०७९  १०:५०
1140x725

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त हुने भएको छ। यसअघिसम्म दुई एआईजी पद रिक्त भएकोमा हिजो (सोमबार) राति १२ बजेबाट अर्को एउटा र यही कात्तिक २५ गतेबाट थप अर्को गरी ४ एआईजी पद रिक्त हुने भएको हो। 

गत साउन २० गतेबाट एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका थिए।

सरकारले प्रहरी महानिरीक्षकमा बढुवा नगरेपछि उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि सरकारकै (धीरज प्रताप सिंहलाई आईजीमा बढुवा गर्ने) निर्णय सदर गरेपछि पोखरेलले राजीनामा दिएका थिए। प्रहरी प्रधान कार्यालयले पोखरेलको राजीनामा अघि नबढाइ अनिवार्य अवकाशको बाटोमा पुर्‍याएको थियो। एआईजीको उमेर हद ५६ वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने प्राधवानअनुसार पोखरेल गत साउन २० गते अनिवार्य अवकाशमा गएका थिए। 

उनीपछि अर्का एआईजी मुकुन्दराज आचार्य भदौ २३ मा अवकाशमा गए। उनी पनि उमेर हदकै कारण अवकाशमा गएका हुन्। पोखरेल र आचार्य गरेर दुई एआईजी रिक्त भएकोमा सोमबार रातिबाट थप एआईजी पद रिक्त भएको छ। एआईजी अरुण बिसी पनि उमेर हदका कारण सोमबार राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका छन्। 

बिसी अवकाशमा गएपछि रिक्त एआईजीको संख्या ३ पुग्छ। उनीपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका एआईजी रवीन्द्रबहादुर धानुक पनि अनिवार्य अकाशमा जाँदैछन्। धानुक पनि ५६ वर्षे उमेर हदका कारण यही कात्तिक २५ गतेबाट अकाशमा जाँदैछन्। योसँगै चुनावका सम्मुखमा नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या ४ पुग्छ।

यता ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका एआईजी धानुक भने नियमावली नै संशोधन गरेर उमेर हद बढाएर सेवा अवधि लम्ब्याउने दाउमा लागेको स्रोतका भनाइ छ। अर्थमन्त्री जनार्दन शर्मामार्फत् लविइङ गरेर उनले एआईजीको उमेर हद बढाउन लागेका थिए। मन्त्री शर्माले मन्त्रिपरिषद्‌मा समेत उक्त कुरा मौखिक रुपमा  राखेको पाइएको छ।

एक मन्त्रीका अनुसार अर्थमन्त्री शर्माले उमेर हद बढाउने भन्ने विषय मौखिक रुपमा राखेका थिए। तर त्यसलाई कसैले पनि गम्भीर रुपमा लिएनन्। 

निर्वाचनका मुखमा उमेर हद नै बढाएर सेवा अवधि लम्ब्याउन निर्वाचन आयोगको समेत सहमति लिनुपर्ने र अर्कोतर्फ गृहमन्त्री समेत यो विषयमा सकारात्मक नहुँदा उमेर हद लम्ब्याएर सेवा अवधि लब्म्याउने धानुकको योजना सफल हुने देखिँदैन। 

Ncell 2
Ncell 2

यसअघि एआईजी पोखरेल अवकाशमा गएकाले प्रदेश समन्वय विभाग र आचार्य अवकाशमा गएपछि कार्य विभाग एआईजीविहीन भएको थियो। सोमबारबाट एआईजी बिसी अवकाशमा गएकाले उनी कार्यरत रहेको प्रशासन विभाग पनि एआईजीविहीन भएको छ। त्यसैगरी धानुक अवकाशमा गएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय पनि एआईजीविहीन हुन्छ। 

प्रतिस्पर्धामा दर्जन डीआईजी, कहिले होला बढुवा?
४ एआईजी रिक्त हुने भएपछि बढुवाका लागि दर्जन डीआईजीहरु लविइङमा लागेका छन्। अहिले बढुवा हुने ४ एआईजी मध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा यो पटकको एआईजी बढुवा निकै पेचिलो बन्ने देखिन्छ।

अहिले बढुवा भएका एआईजीहरुबाटै ५ महिनापछि आईजी बन्ने र अहिले बढुवामा छुटेकाहरु आईजीको प्रतिस्पर्धामै नहुने भएकाले बढुवामा पर्न डीआईजीहरु दौडधुपमा लागेका छन्। 

बढुवाको टप ‘थ्री’मा रहेका मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका मोहनकुमार आचार्य एआईजीमा बढुवा भए पनि उनीहरु आईजीको प्रतिस्पर्धामा रहँदैने छैनन्। 

उनीहरु हालका आईजी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएकाले ३० वर्षे सेवाअवधिका कारण चैत ११ मा अनिवार्य अवकाशमा जानेछन्। यी टप ‘थ्री’ बाहेकबाट एआईजीमा बढुवा हुनेहरु भने चैतमा आईजी बन्नेछन्। 

गत असारमा डीआईजी भएकाहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

उनीहरुमध्ये अहिले रिक्त रहेको ४ एआईजीको पदमा जो बढुवा हुन्छन् तीनै मध्येबाट भावी आईजी बन्नेछन्। टप ‘थ्री’ मा रहेका टोलीलाई छाडेर गत असारमा डीआईजी भएकाहरुमध्येबाटै एआईजी बढुवा गर्ने तयारी सरकारको छ। गत असारमा बढुवाको सूचीमा अघि रहेकाहरुबाट नै एआईजी बढुवा गर्ने तयारी सरकारको छ।

एआईजी धानुकको अवकाश भएपछि बल्ल बढुवाको प्रक्रिया अघि बढाउने गरी तयारी गर्न हेडक्वाटरलाई निर्देशन समेत भइसकेको छ। जसका कारण कात्तिक २५ पछि मात्रै बढुवाको प्रक्रिया सुरु हुने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १०:५०
  • #नेपाल_प्रहरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
त्रिभुवन विमानस्थलबाटै गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय पक्राउ नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्