काठमाडौं – नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरीस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्वाको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर एक अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।
गत वर्षको यसै अवधिमा यसले एक अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ।
बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर तीन अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले दुई अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो।
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर दुई अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ।
यता, बैंकको प्रतिशेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ १ पैसामा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।