काठमाडौं – प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरीस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सो अवधिसम्म ७० करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको खुद मुनफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षको असोज मसान्तमा बैंकले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ९७ करोड २९ लाख ३२ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा ८८ करोड २५ लाख १६ हजार रुपैयाँबाट बढेर एक अर्ब एक करोड ८७ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
बाह्र अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब एक करोड ८१ लाख ५७ हजार रुपैयाँ छ । एक खर्ब ७० अर्ब ४० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा बैंकले एक खर्ब ५१ अर्ब ८ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.६१ प्रतिशतबाट बढेर १.६८ प्रतिशत पुगेको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।