• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कैलाली–५: ‘बासी अजेन्डा’मा भोट माग्दै उम्मेदवार

64x64
शेरबहादुर ऐर मंगलबार, कात्तिक ८, २०७९  १८:२८
1140x725

धनगढी– २०७४ सालको निर्वाचनमा आरजु राणा देउवा र नारदमुनि रानाको प्रमुख चुनावी अजेन्डा थियो- ‘गौरीफन्टा नाका र धनगढी विमानस्थल स्तरोन्नति गर्ने।’ तर, अहिलेसम्म गौरीफन्टा नाका स्तरोन्नतिको सुरसार छैन। धनगढी विमानस्थलको स्तरोन्नतिको प्रक्रिया भने बल्ल अघि बढाइएको छ। विमानस्थलको स्तरोन्नतिका लागि  हरेक वर्ष सरकारले बजेट विनियोजन गर्दै आएको छ। 

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले पनि ५ वर्ष अगाडिकै ‘बासी नारा’ अगाडि सारेका छन्।  

सत्तारुढ (वाम लोकतान्त्रिक) गठबन्धन दलले जारी गरेको प्रतिबद्धता पत्रमा विमानस्थल र गौरीफन्टा नाकाको कुरा उल्लेख नभए पनि प्रदेश सभा सदस्यहरुको प्रतिबद्धतामा विमानस्थल र गौरीफन्टा नाका स्तरोन्नति गर्ने दोहोरिएको छ। नेकपा एमालेले अहिलेसम्म चुनावी घोषणापत्र जारी गरेको छैन। यद्यपि चुनावी सभामा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले ५ वर्ष अगाडिकै अजेन्डालाई दोहोर्‍याएर प्रस्तुत गरिरहेका छन्। 

‘म प्रधानमन्त्री हुँदा गौरीफन्टा नाका  खोल्न भारतीय  पक्षलाई सहमत गराएको थिएँ’, शेरबहादुर देउवाले २०७५ जेठ २६ मा १३औं महाधिवेशनपछिको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए, ‘तर अहिले सो नाका बन्द गराउने षड्यन्त्र भएको छ। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आफूले लडेरै भए पनि गौरीफन्टा नाकाको स्तरोन्नति गराएरै छोड्छु। केपी ओली नेतृत्वको सरकारले गौरीफन्टा नाकाको स्तरोन्नतिको मुद्दा छोडे पनि मैले छोड्दिनँ।’ 

Gaurifanta_Naka
गौरीफन्टा नाका

तत्कालीन वाम गठबन्धनको उम्मेदवारका रुपमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित तत्कालीन माओवादीका प्रभावशाली नेता मानिएका लेखराज भट्टले पनि नाका स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको प्रतिक्रिया दिएका थिए। उनले प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा यस विषयमा पुनः छलफल गर्ने विश्वास व्यक्त गरेका थिए, तत्कालीन अवस्थामा। तर, अहिलेसम्म गौरीफन्टा नाकाको स्तरोन्नति भने हुन सकेको छैन।

धनगढी विमानस्थलको स्तरोन्नतिका लागि तत्कालीन नागरिक उड्डयन प्राधिकरण बोर्डले २०७८ पुस ११ गते गुरुयोजनालाई अन्तिम रुप दिएको थियो। त्यसपछि पुस ३० को मन्त्रिपरिषद् बैठकले गुरुयोजना स्वीकृत गरेको थियो। 

हाल कायम रहेको विमास्थलको क्षेत्रफल ८४ विघा मात्रै छ। स्तरोन्नति गरी क्षेत्रीयस्तरको बनाउनका लागि थप  २५८.२५ बिघा जग्गा आवश्यक पर्छ।

 जग्गा अधिग्रहणका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन भइसकेको छ। नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षभित्रै जग्गा अधिग्रहण गर्ने गरी काम अघि बढाउने बताए पनि काम भने अघि बढेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

दुधुवा नाकादेखि गौरीफन्टा जोड्ने सडक सन् १९०५ मा बनेको थियो। ११३ वर्ष पुरानो सडक जीर्ण बन्दै जाँदा भारतीय अधिकारीले नाका स्तरोन्नतिको अपेक्षा नगर्न सुझाएपछि सम्भावना पनि क्षिण बनेको थियो।

Dhangadhi_Airport
धनगढी विमानस्थल

अन्तर्राष्ट्रिय महत्त्वको दुधुवा नेसनल पार्कमा रहेको गौरीफन्टा नाकासँग सरोकारित गौरीफन्टा–पलिया सडक मार्गलाई भारत सरकारले सन १९९४ मै बन्द गर्ने निर्णय गरेको थियो। सोही बेलादेखि अवैधानिक बनेको उक्त सडक हालसम्म व्यावहारिक रूपमा मात्रै सञ्चालनमा रहेको बताइएको छ। 

सन् १९९४ मा विश्व वन्यजन्तु कोषलगायत संरक्षण क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संघ संस्थाहरूको दबाबमा सडक बन्द गर्ने निर्णय भारत सरकारले गरेको थियो। सोही बेला सन् १९०५ देखि सञ्चालनमा आएको गौरीफन्टासम्मको रेल सेवा ८९ वर्षपछि बन्द गरिए पनि सडक भने हालसम्म जीर्ण अवस्थामा सञ्चालनमा रहेको छ।

सेती अस्पताल स्तरोन्नति र फाप्ला त्रिकेट मैदान  
‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अत्याधुनिक बसपार्क, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र बसपार्कमा सार्वजनिक शौचालयका लागि आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हुने छ,’ लोकतान्त्रिक बाम गठबन्धन दलद्वारा जारी प्रतिबद्धताको ६ नम्बर बुँदामा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेका उम्मेदवार राना भने सेती प्रादेशिक अस्पतालमा शय्या मात्रै थपेर नहुने बताउँछन्। अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि विशेषज्ञ सेवासँगै जनशक्ति र उपकरण पनि थप गर्नुपर्ने उनको भनाइ छ। 

Dream_Fapla_Project1666593821.jpg
फाप्ला क्रिकेट मैदानको डिजाइन

‘सेती प्रादेशिक अस्पताललाई ३०० शय्या होइन। विशेषज्ञसहितको सुविधासम्पन्न अस्पताल बनाउँ। शय्याले उपचार हुँदैन। विशेषज्ञ सेवासँगै जनशक्ति र उपकरणहरुको व्यवस्था गरौं,’ कैलाली ५ मा नेकपा एमालेबाट उम्मेदवार रहेका रानाको भनाइ हो यो। 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारहरुको चुनावी अजेन्डा सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र फाप्ला क्रिकेट मैदानमा आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्थापन गर्ने पनि बनेको छ।

यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा उम्मेदवार रहेका आरजु राणा देउवा (प्रधानमन्त्री शेरबहादुर देउवापत्नी), नारदमुनि राना लगायत सोही चुनावी अजेन्डा बनाएर निर्वाचनमा होमिएका थिए। तर, अहिलेसम्म फाप्ला त्रिकेट मैदानमा पूर्वाधार विकास हुन सकेको छैन भने सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले २०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ। 

अहिले उम्मेदवारहरुले सेती प्रादेशिक अस्पताल, फाप्ला क्रिकेट मैदान लगायत धनगढीमा पूर्वाधार विकास, डुवान, अतिक्रमण र नदी कटानको समस्या समाधान गर्दै सम्पूर्ण क्षेत्रको एकीकृत दीघकालिन योजना बनाउने, प्राविधिक शिक्षा, नमूना सामुदायिक विद्यालय, स्वास्थ्य, पर्यटन विकास लगायतका आश्वासन बाँड्ने गरेका छन्। 

1586001193.jpg
सेती प्रादेशिक अस्पताल

‘कैलाली क्षेत्र नम्बर ५ को २१ वडामा ५ वर्षभित्र खानेपानीको सुविधा, विद्युतिकरण, हरेक वडामा नमूना सामुदायिक विद्यालय, प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्राविधिक शिक्षालय, फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अत्याधुनिक बसपार्क, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति बसपार्कमा सार्वजनिक शौचालयका लागि आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हुने छ,’ वाम लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धतामा भनिएको छ। 

अहिले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन गरिएको छ। ड्रिम फाप्लाका अभियान्ता सुवास शाहीको अध्यक्षतामा सो समिति गठन गरी निर्माण कार्य अघि बढाउने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। 

८ वर्षअघि धगनढी उपमहानगरपालिका वडा नम्बर ३ मा फाप्ला क्रिकेट मैदान बनाउन दबाबमुलक कार्यक्रमहरु अघि बढेका थिए। फाप्ला क्रिकेट मैदानका लागि जग्गाको स्वामित्व भएपनि निर्माण कार्य भने अघि बढ्न सकेको थिएन। 

फाप्ला क्रिकेट मैदानलाई संघीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो ४ वर्षदेखि बजेट छुट्याएको थियो। तर,  प्रदेश र संघीय सरकारले विनियोजन गरेका बजेट फ्रिज हुँदै आएको थियो। 

गौचरणको रुपमा रहेको मैदानलाई सामान्य सुधार गरेर देशकै प्रतिष्ठित क्रिकेट मैदान फाप्लामा सफलतापूर्वक सम्पन्न गर्ने अध्यक्ष शाहीले बताए। अहिले फूटबल मैदान, बहुउद्देशीय इन्डोर हल, संग्रहालय पनि यहाँ थप्नुपर्ने भन्दै सरोकारवाला निकायसँग थप छलफल गरेर फाप्लामा बन्ने पूर्वाधार यकिन गर्ने र डीपीआर बनाउने शाही बताउँछन्।

सेती प्रादेशिक अस्पतालको स्तरोन्नति हरेक निर्वाचनमा चुनावी अजेन्डा बन्दै गएपनि सुधार भने हुन सकेको छैन। सेती प्रादेशिक अस्पतालको निर्माणाधीन नयाँ भवन अहिलेसम्म सम्पन्न नहुँदा आवश्यक उपकरणहरुको व्यवस्थापनमा समस्या भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए। 

उनले भवन र जग्गा अभाव अस्पतालको प्रमुख समस्या रहेको बताए। अस्पतालको जग्गा अतिक्रमण हुनु र भवन नहुँदा स्तरोन्नति गर्न समस्या रहेको डा पाण्डेयले जानकारी दिए। उनले भने, ‘कागजमा स्तरोन्नितको निर्णय गर्नु कुनै ठूलो कुरा होइन। जग्गा, भवन, जनशक्ति र उपकरणको व्यवस्थापन आवश्यक रहेको छ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १८:२८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्