• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी दुर्गाबहादुर

64x64
रासस शनिबार, कात्तिक ५, २०७९  १६:३९
1140x725

पोखरा– सन् २०१० मा बंगलादेशको ढाकामा हुन लागेको ११औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर बुढालाई बन्द प्रशिक्षणका लागि काठमाडौं आउन खबर पठायो। बन्द प्रशिक्षण अवधिभर खेलाडीको खान बस्ने खर्च राखेपले ब्यहोर्ने भयो। तर जुम्लादेखि काठमाडौं पुग्न बुढा आफैंलै खर्चको जोहो गर्नुपर्थ्यो। 

थौरै खर्चले नपुग्ने भयो। जुम्ला काठमाडौं ओहरदोहर गर्न झण्डै ५० हजारभन्दा बढी खर्च लाग्थ्यो। बुढाले त्यसका लागि हिम्मत गर्न सकेनन्। उनको परिवार खेती किसानीमै निर्भर थियो।

अन्ततः खर्चको जोहो गर्न नसकेपछि बुढाले ११औं सागको बन्द प्रशिक्षण मन मानेर त्यागे। यो १२ वर्षअघिको कुरा थियो। त्यतिबेला जुम्ला काठमाडौं बसको सुविधा थिएन। जहाजमै यात्रा गर्नुपर्दथ्यो। जहाज भाडा तिर्न बुढाका लागि सम्भव थिएन।  

विसं २०६५ मा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा बुढा पाँच हजार मिटर र १० हजार मिटर दौडमा तेस्रो भएका थिए। यसबाट उनको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ढोका खुलेको थियो। ‘मेरा लागि त्यो ठूलो अवसर थियो, कुनै न कुनै पदक देशका लागि जित्थे, ममा आत्मविश्वास थियो’, बुढा विगत सम्झिन्छन्, ‘आर्थिक अवस्था निकै कमजोर थियो, अवसर पाएर मन मार्नु पर्‍यो।’

सागमा सहभागी हुन उनी प्रारम्भिक छनोटमा परेका थिए। त्यतिबेला जुम्लाबाट सुर्खेतम्मको जहाज भाडा सात हजार तथा सुर्खेतदेखि काठमाडौंको १३ हजार थियो। यो उनका लागि असम्भव थियो। खेतीकिसानीबाट यती धेरै आम्दानी गर्नसक्ने उपाय थिएन। ‘धेरैतिर रकमको जोहो गर्न हार गुहार गरे, कोही दाता भेटिएनन्’, बुढाले त्यतिबेलाको पीडा सुनाए। 

मुश्किलले साग खेल्न प्राप्त भएको अवसर हातबाट निस्केपछि बुढा एकदमै निराश बने। उनी खेल जीवन त्याग्ने मनस्थिति बनाएर जुम्लाको कन्कासुन्दरी गाउँपालिका ३ स्थित घरमा बसे।

‘अब खेलमा कहिल्यै फर्किन्न जस्तो लागेको थियो’, बुढाले भने। तर एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया भने बुढालाई त्यसरी हिम्मत हारेर बस्न दिने वाला थिएनन्। किनकि उनले बुढाको क्षमता चिनेका थिए। एउटा प्रतिभा जन्माउन कति मुश्किल हुन्छ त्यो प्रशिक्षक रोकायालाई थाहा थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

रोकायाले बुढाको ध्यान अल्ट्रा म्याराथनतर्फ मोडे। प्रशिक्षक रोकायालाई पनि उनको खेल जीवनमा अल्ट्रा म्याराथनका लागि प्रस्ताव पटकपटक आएको थियो। रोकायाले आफ्ना चेला बुढालाई अब त्यतैतर्फ केन्द्रित गर्न लगाए। 

सन् २००९ मा सोलुखुम्बुमा तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन हुने भयो। प्रशिक्षक रोकायाले यो खबर थाहा पाए। उनले बुढालाई त्यसका लागि तयार पारे। प्रतियोगिता खर्चिलो थियो। एक लाख ६० हजार एक्लैले जुटाएर बुढालाई लिएर रोकाया अल्ट्रा म्याराथनमा भाग लिन सोलुतर्फ लागे।

उक्त प्रतियोगितामा विदेशी नागरिकसहित एक सय ६४ जनाले भाग लिएका थिए। बुढाले सातौं स्थान ल्याए। नेपालकै फुर्वा तामा पहिलो भए। यसबाट बुढा र प्रशिक्षक रोकाया उत्साहित भए। रोकायाले बुढाबाट गरेको आशा निराशामा परिणत भएन। दुवै जना उच्च मनोबलका साथ जुम्ला फर्किए।  

लगत्तै राखेपले सहायक प्रशिक्षकका लागि तालिम खुलायो। बुढा पनि त्यसमा सहभागी भए। ‘म त्यतिबेला छ महिना काठमाडौंमै बसे’, उनले भने। पन्ध्र वर्षपछि राखेपले उक्त तालिम खुलाएको थियो। ‘तालिम लिनेमा म सबैभन्दा कम उमेरको थिए’, उनले भने। तर बुढालाई के थाहा तालिम लिँदैमा नेपालमा खेल प्रशिक्षकको जागिर सहजै पाइन्न भनेर।  

प्रशिक्षकका लागि तालिम खुल्छ, तर अवसर नपाइने देशको सधैंको समस्या थियो। स्थिति अहिले पनि त्यस्तै छ। अवस्था फेरिएको छैन। उनी भारी मन बनाएर जुम्ला नै फर्किए। अब भने बुढालाई खर्च जुटाउन धौधौ पर्न थाल्यो। उनलाई जागिर खुवाउन रोकायाले पनि सक्दो पहल गरे। खासमा रोकाया आफ्नो चेला खेल क्षेत्रबाट पलायन भएको हेर्न चाहन्नथे।  

प्रशिक्षक रोकायाको मनमा नयाँ जुक्ति आयो। उनले बुढालाई लिएर भारतको बनारसतर्फ लागे। भारतीय ‘भारतीय सेनामा भर्नाका लागि छनोटको आधार त्यही अल्ट्रा म्याराथनकै प्रमाणपत्र बन्यो, ती प्रमाणपत्र देख्नेबित्तिक्कै भारतीय सैनिक अधिकारी भर्ना लिन तयार भए’, उनले भने।

पहिलो पटकमै बुढा भर्ना हुन सफल भए। यो सन् २०११ को कुरो थियो। छनोटका बखत उनलाई दौडाइयो। दुई हजार चार सय मिटर दौड बुढाले चार मिनेट ३७ सकेण्डमा पूरा गरे। यसबाट त्यहाँ छनोट समितिका सैनिक अधिकारी बुढाबाट प्रसन्न भए। 

‘खासमा डिउटी केही हुन्न। जताजता खेल प्रतियोगिता त्यतैत्यतै गएर खेल्नुपर्ने मात्र हुन्छ’, बुढाले सुनाए। उनले हालसम्म यही गर्दै आएका छन्। बुढा जस्तै भर्ना भएका भारतीय सेनामा धेरै नेपाली छन्। खेलको कदर गर्दै उनीहरूलाई भर्ना लिने गरिएको छ।  

भारतीय सेनाको जागिरले बुढा आर्थिकरुपमा सबल भए। खासमा खेल्न खेलाडीका लागि आर्थिक अवस्था चुनौतीपूर्ण बनेको छ। ‘धेरै प्रतिभाको जीवनमा आर्थिक पक्ष तगारो बन्दा खेलबाट सन्यास लिएका छन्’, उनी भन्छन्, ‘गाउँगाउँमा राम्राराम्रा प्रतिभा छन्, भविष्य सुनिश्चित नहुँदा उनीहरु खेल जीवन त्याग्न बाध्य छन्।’ 

बुढाले बिदामा बसेको समयमा मात्र नेपालमा प्रतियोगिता खेल्ने गरेका छन्। ‘सकेसम्म नेपालमा हुने कुनै पनि प्रतियोगिता छुटाउँदिन’, उनले भने। भारतीय सेनामा भर्नापछि २०७२ सालमा उनले बाँकेको नेपालगञ्जमा तेस्रो धारा म्याराथन खेले।

यो उनको नेपालमा खेलेको पहिलो म्याराथन थियो। निर्धारित दूरी दुई घण्टा २६ सेकेण्डमा पूरा गर्दै उनी पहिलो भए। लगत्तै झापामा भएको १५ हजार मिटर दौडमा पनि उनी पहिलो भए। धनगढीमा भएका जेसिज म्याराथनमा त बुढा चार पटक पहिलो भएका छन्। 

बुढाले चार वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्दै १० हजार मिटर दौडमा भाग लिए। उनले स्वर्णपदक जिते। पाँच हजार मिटर दौड र म्याराथनमा उनले रजत पदक प्राप्त गरे। ‘लगातार दौडिनुपर्दा पाँच हजार मिटर दौड र म्याराथनमा सोचे जस्तो परिणाम ल्याउन सकिएन’, उनले भने। आठौं राष्ट्रिय खेलकुदमा पनि कर्णालीले दुई वटा मात्र स्वर्ण जितको थियो। त्यतिबेला कर्णालीले तीन रजत जितेको थियो। जसमा बुढाका नाममा एउटा स्वर्ण र दुई वटा रजत थियो। 
    
यसपटक गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि बुढाले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे। उनी कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा पहिलो हुँदै पोखरा आएका थिए। तीन हजार मिटर दौडमा उनले स्वर्ण जिते। पाँच हजार मिटर दौडमा भने बुढा सेकेण्डले मात्र स्वर्ण पदकबाट चुके। कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्ण पदक जितेका छन्। पुरुषतर्फ उसुको नान छ्वान राउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्ण पदक जितेका छन्।

बुढाले एथ्लेटिक्सको तीन हजार मिटर स्टेपल चेजमा स्वर्ण जित्दा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लबले विरोध गरे। बुढा भारतीय सेनाको जागिरे भएको र भारतमा समेत प्रतियोगिता खेल्दै आएकाले नेपालमा खेल्न नपाउने भन्दै तीनवटै क्लबले विरोध गर्दै उजुरी हाले। बुढाले भारतीय टोलीको नेतृत्व गर्दै एशियन च्याम्पियनसिप खेलेका थिए। यही कारण देखाउँदै विभागीय टोली बुढालाई यसपाली खेल्नबाट रोक्ने प्रयासमा थिए। 

विरोधका बाबजुद मैदानमा उत्रिएका उनले विभागीय खेलाडीलाई उछिने। बुढाले कीर्तिमानी स्वर्णपदक जिते। उनले एपिएफका अजित यादव र आर्मी क्लबका सुवास कार्कीलाई पछि पारे। बुढाले उक्त दौड आठ मिनेट ५५ दशमलव १९ सकेण्डमा पूरा गरेका थिए। यस्तै एपिएफका यादवले सो दौड नौ मिनेट २१ दशमलव १० सेकेण्ड तथा आर्मीका कार्कीले नौ मिनेट २२ दशमलव १५ सकेण्डमा पूरा गरे। 

बुढाले १८ वर्षअघि धावक राजेन्द्र भण्डारीले बनाएको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको कीर्तिमान तोडेका हुन् । भण्डारीले सन् २००४ मा पाकिस्तानको इस्लामवादमा उक्त कीर्तिमान बनाएका थिए। 

‘लामो समयदेखि देशका लागि खेल्दै आएको छु। यसपाली मेरो सहभागितालाई लिएर किन यतिसारो विरोध भयो, बुझ्न सकिरहेको छैन’, बुढाले भने, ‘म जता भए पनि आवश्यक पर्दा मेरो प्रदेश र देशका लागि खेल्दै आएको छु। देशका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु। मेरा लागि विदेशमा गएर जागिर खानु बाध्यता हो। मैले वर्षौं आफ्नै देशमा रोजगारीका लागि प्रयास गरे। निकै तड्पिए। खेल जीवन नै त्याग्ने अवस्थामा पुगे।’ 

अहिलेसम्म जितेका पदकका लागि उनी प्रशिक्षक रोकायालाई श्रेय दिन्छन्। ‘रोकाया गुरुको ढाडसले मात्र म खेल जीवनमा छु, नत्र गुमनाम हुन्थे’, बुढाले भने। राज्यले नेपालमै बसेर खेल्ने वातावरण बनाए जस्तोसुकै त्याग गर्न बुढा तयार छन्। उनी भन्छन्, ‘खेल्नुभन्दा अघि बाँच्न जरुरी छ, म खेलाडीका रुपमा जीवित रहनकै लागि अर्काको देशमा गएको हुँ । भविष्यमा म आफ्नै देशमा खेल्न र खेलाडी उत्पादन गर्न चाहन्छु।’   

३२ वर्षीय बुढा परिवारका कान्छो सन्तान हुन्। खेलकुदमा परिवारका अरु कोही पनि छैनन्। उनले चार कक्षासम्म सुर्खेतमा पढे। त्यतिबेला उनका बुबा विद्यालयमा पढाउँथे। बुढा पाँच कक्षादेखि पढ्न जुम्ला नै उक्लिए। बुढा सुर्खेतमै जन्मिएका हुन्। जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथबाट १० कक्षा उत्तिर्ण गरेका उनले त्यसपछि १२ कक्षासम्म जुम्ला बहुमुखी क्याम्पसमा पढे। 

सुर्खेतबाट जुम्ला उक्लिएपछि बुढा खेलप्रति आकर्षित भए। सुर्खेतमा त्यो वातावरण थिएन, जुन उनले जुम्लामा पाए। ‘प्रशिक्षक रोकायाका कारण खेलप्रति आकर्षित भएको हुँ’, उनले भने। रोकायाको नाम दुर्गम गाउँगाउँसम्म खुब प्रचलित थियो। सबै जुम्ली हरि रोकाया बन्न चाहन्थे। जोसुकैको पनि इच्छा खेलमा लागिसकेपछि हरिजस्तै बन्ने हुन्थ्यो। 

बुढाले पहिलो पटक जिल्लास्तरीय प्रतियोगितामा रोकायालाई देख्न पाए। रोकाया नै बुढासँग नजिकीए, जब उनले १५ सय मिटर दौडमा स्वर्णपदक जिते। रोकायाले उनलाई तीन सय पुरस्कार दिए। यो तीन सय पुरस्कारले बुढामा निकै ऊर्जा थप्यो। बुढा पहिलो पटक यसरी प्रतियोगितामा दौडिएका थिए। त्यतिबेला उनी १० कक्षामा पढ्थे। 

खलङ्गामा बुढा डेरामा बस्थे। रोकाया उनको खेलबाट प्रभावित भएर बुढालाई आफ्नै घरमा बस्न बोलाए। बुढाका लागि रोकायाको प्रस्ताव ढुङ्गा खोज्दा देउता मिले झैँ भयो। अहिले पनि रोकायाले नयाँ प्रतिभालाई आफ्नै घरमा राखि अभ्यास गराउँछन्। रोकायाको प्रशिक्षण पाएर क्षेत्रीय प्रतियोगिता खेलेका बुढाले पहिलो पटकमै १५ सय मिटर, पाँच हजार मिटर र १० हजार मिटर दौडमा कर्णालीका लागि स्वर्णपदक जिते।

हालसम्म पनि उनी रोकायाकै प्रशिक्षणमा प्रतियोगिता खेल्दै आएका छन्। ‘रोकाया गुरुको प्रशिक्षणबिना मेरो सफलता सम्भव थिएन’, खुसी व्यक्त गर्दै कीर्तिमानी स्वर्ण पदकधारी बुढाले भने।

एउटा असल खेल प्रतिभा मर्नबाट मात्रै जोगाएको ठान्छन् प्रशिक्षक रोकाया। ‘ उसले (बुढा) देशकै लागि खेलिरहेको छ। विदेशमा जागिर खानु बाध्यता हो। बुढा मात्र होइनन् अरु धेरै प्रतिभा नेपालमा खेल्ने वातावरण नहुँदा विदेशिन बाध्य छन्।’ प्रतिभा पलायन हुनबाट रोक्न राज्यको कुन निकायले के योजना बनाएका छन् यसबारे आफू अनविज्ञ रहेको रोकाया बताउँछन्। 

खेलकुद विभागीय टोलीको भरमा छोडेकामा प्रशिक्षक रोकायाको मन खिन्न छ। ‘आर्मी, पुलिस र एपिएफ क्लबको जिम्मा मात्र लगाउने भए राज्यले किन खेलकुदमा यतिधेरै पैसो खेर फालिरहेको छ’, उनको प्रश्न छ। 

विभागीय टोलीबाहेक अरु प्रदेशको खेलस्तर खस्किँदै गएकामा प्रशिक्षक रोकाया चिन्तित् छन्। ‘म एउटा प्रशिक्षकले मात्र चिन्ता गरेर केही नहुने रहेछ। मैले त रात दिन दुर्गममा खेलाडी उत्पादन गरिरहेकै छु’, २७ वर्षदेखि कर्णालीको दुर्गम जुम्लामा खेलाडी उत्पादन गर्दै आएका गिनिज बुक अफ वल्र्ड कीर्तिमानी रोकायाले भने। 

प्रशिक्षक रोकायाले सन् २००० मा विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथनमा विश्व कीर्तिमान राखेका थिए। तीन घण्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गराएका हुन्। रोकाया आफ्ना खेलाडीका लागि खेल सामग्री आफैं जुटाउँदै आएका छन्। भन्छन्, ‘राज्यको भर परे नयाँ खेलाडी उत्पादन गर्नै सकिन्न।’

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एसियाली खेलकुदमा जाने २११ सदस्यीय नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ एसियाली खेलकुदमा जाने २११ सदस्यीय नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ बिहीबार, भदौ २५, २०८३
अन्नपूर्णको तेश्रो जित एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्ण... बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने चार दिने ल्यान प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन हुनेछ । ईशानका सचिव आशिष दाहाल र पब्जी मोबाइलको तर्फबाट ई–स्पोर्ट्स का... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्