काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनासम्म चालु खाता ३७ अर्ब १८ रुपैयाँ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाख रुपैयाँले घाटामा रहेको छ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १६.९ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब २५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाख रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाख रुपैयाँले घाटामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।