• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सिन्धुलीमा माओवादी र पूर्वमाओवादी आमने-सामने: कसको पल्ला भारी ?

64x64
नारायण अधिकारी सोमबार, असोज ३१, २०७९  २०:२३
1140x725

काठमाडौं- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा दुई क्षेत्र रहेको सिन्धुलीबाट मुख्य तीन दलबाट चार जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। चारै जना उम्मेदवार नयाँ अनुहार हुन्।

सिन्धुली- १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका श्याम घिमिरे उम्मेदवार बनेका छन् भने उनीसँग नेकपा एमालेका प्रदीप कटुवाल प्रतिस्पर्धा गर्दैछन्। 

सिन्धुली- २ मा गठबन्धनकै अर्को घटक माओवादी केन्द्रका राजन दाहाल चुनावी मैदानमा छन्। उनीसँग माओवादीबाटै एमाले प्रवेश गरेका मनोजजंग थापा प्रतिस्पर्धामा छन्। यी चारै प्रतिस्पर्धीमध्ये जसले जिते पनि प्रतिनिधि सभा प्रवेश उनीहरुका लागि पहिलो अनुभव हुनेछ।

यो पटक कांग्रेस-माओवादीले गठबन्धनबाट उम्मेदवारी दिएका छन् भने एमाले उनीहरुसँग प्रतिस्पर्धा गर्दैछ। यस्तो अवस्थामा सिन्धुलीको चुनावलाई निकै चासोका साथ हेरिएको छ।

एमाले किल्लामा गठबन्धनको अवस्था कस्तो ?
सिन्धुली- १ एमालेको राम्रो पकड रहेको क्षेत्र मानिन्छ। २०७४ को प्रतिनिधि सभा चुनावमा सो क्षेत्रबाट एमालेका गणेश पहाडी विजयी भएका थिए। त्यतिबेला माओवादी र एमालेले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए। 

एमालेका पहाडीले कांग्रेसका प्रेमचन्द्र दाहाललाई  करिब १० हजार मतान्तरले पराजित गरेका थिए। पहाडीले ३२ हजार ५ सय २९ मत ल्याउँदा दाहालले २२ हजार ३ सय ८९ मत ल्याएका थिए।

तर, अहिले अवस्था फेरिएको छ। कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। 

२०७४ को चुनावमा सिन्धुली- १ को (क) बाट प्रदेश सभा उम्मेदवार बनेका घिमिरे त्यतिबेला माओवादीका राजन दाहालसँग पराजित भएका थिए। अहिले भने माओवादीकै साथ पाएकाले घिमिरे चुनाव जितिनेमा ढुक्क देखिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, घिमिरेलाई चुनाव जित्न त्यति सहज भने छैन। यसअघि यसै क्षेत्रको प्रदेश सभा (ख) बाट निर्वाचन जितेका प्रदीप कटुवाल प्रतिस्पर्धी छन्। घिमिरेभन्दा आफू स्थानीय स्तरमा बढी भिजेकोले जितिनेमा कटुवाल आशावादी छन्।

हरेकजसो स्थानीय समस्यालाई नियालेर हेरेको र स्थानीय स्तरमा लोकप्रिय रहेकोले आफूले चुनाव जित्ने कटुवालको दावी छ।

क्षेत्र नम्बर १ को वडागत मतलाई आधार मानेर हेर्दा मुख्य तीन पार्टीमा एमाले नै अगाडि देखिन्छ। दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीन पाटन गाउँपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ वडा क्षेत्र नम्बर १ मा पर्छन्। यो क्षेत्रमा जम्मा ४१ वटा वडा पर्छन्।

स्थानीय निर्वाचनमा कांग्रेसले २१ वटा वडा जिते पनि मत संख्याको आधारमा भने एमाले बलियो देखिन्छ। एमालेका वडाध्यक्षले ३० हजार ३३ मत पाउँदा कांग्रेसका वडाध्यक्षले २७ हजार ६ सय ८२ र माओवादीका वडाध्यक्षले १३ हजार ३ सय ६९ मत पाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेस र माओवादीका वडाध्यक्षले पाएको मत जोड्दा एमालेका वडाध्यक्षले पाएको मतभन्दा थोरै मात्रै बढी देखिएकाले पनि यो क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

माओवादी भर्सेस पूर्वमाओवादी
माओवादीको गढ मानिएको सिन्धुली- २ मा यो पटक माओवादी र पूर्वमाओवादीबीच भिडन्त हुने भएको छ। माओवादीबाट लेखनाथ दाहाल (राजन) र एमालेबाट उठेका पूर्वमाओवादी मनोजजंग थापा छन्।

माओवादीको गढ मानिएको यो क्षेत्रमा एमालेले समेत पूर्वमाओवादीलाई उम्मेदवार बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

२०७४ को चुनावमा यस क्षेत्रबाट माओवादीका हरिबोल गजुरेलले चुनाव जितेका थिए। अहिले उनको ठाउँमा यसअघि सिन्धुली- १ को प्रदेश सभा (क) बाट विजयी भएका दाहाल चुनावी प्रतिस्पर्धामा छन्।

स्थानीय स्तरमा लोकप्रिय मानिएका दाहाल माओवादी गढ मानिएको क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएकाले सहजै चुनाव जितिनेमा विश्वस्त देखिन्छन्। त्यसमाथि पनि कांग्रेसको समेत साथ रहेकाले सहजै चुनाव जित्ने उनको दाबी छ।

यता एमालेबाट भने पूर्वमाओवादी नै रहेका मनोजजंग थापा प्रतिस्पर्धामा उत्रिएका छन्। माओवादी गढ मानिएको क्षेत्रबाट एमालले पूर्वमाओवादीलाई नै उम्मेदवार बनाउनुलाई निकै रणनीतिक रुपमा हेरिएको छ।

एमालेको आफ्नो मतमा माओवादीको केही मत तान्न सकिने र केही असन्तुष्ट पक्षको मत तान्न सकेमा चुनाव प्रतिस्पर्धात्मक बन्न सक्ने एमालेको विश्लेषण छ। सोही रणनीतिका साथ एमालले पूर्वमाओवालीलाई नै उम्मेदवार बनाएको हुनसक्ने विश्लेषण गरिएको छ। 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २०:२३
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्