• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सिन्धुलीमा माओवादी र पूर्वमाओवादी आमने-सामने: कसको पल्ला भारी ?

64x64
नारायण अधिकारी सोमबार, असोज ३१, २०७९  २०:२३
1140x725

काठमाडौं- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा दुई क्षेत्र रहेको सिन्धुलीबाट मुख्य तीन दलबाट चार जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। चारै जना उम्मेदवार नयाँ अनुहार हुन्।

सिन्धुली- १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका श्याम घिमिरे उम्मेदवार बनेका छन् भने उनीसँग नेकपा एमालेका प्रदीप कटुवाल प्रतिस्पर्धा गर्दैछन्। 

सिन्धुली- २ मा गठबन्धनकै अर्को घटक माओवादी केन्द्रका राजन दाहाल चुनावी मैदानमा छन्। उनीसँग माओवादीबाटै एमाले प्रवेश गरेका मनोजजंग थापा प्रतिस्पर्धामा छन्। यी चारै प्रतिस्पर्धीमध्ये जसले जिते पनि प्रतिनिधि सभा प्रवेश उनीहरुका लागि पहिलो अनुभव हुनेछ।

यो पटक कांग्रेस-माओवादीले गठबन्धनबाट उम्मेदवारी दिएका छन् भने एमाले उनीहरुसँग प्रतिस्पर्धा गर्दैछ। यस्तो अवस्थामा सिन्धुलीको चुनावलाई निकै चासोका साथ हेरिएको छ।

एमाले किल्लामा गठबन्धनको अवस्था कस्तो ?
सिन्धुली- १ एमालेको राम्रो पकड रहेको क्षेत्र मानिन्छ। २०७४ को प्रतिनिधि सभा चुनावमा सो क्षेत्रबाट एमालेका गणेश पहाडी विजयी भएका थिए। त्यतिबेला माओवादी र एमालेले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए। 

एमालेका पहाडीले कांग्रेसका प्रेमचन्द्र दाहाललाई  करिब १० हजार मतान्तरले पराजित गरेका थिए। पहाडीले ३२ हजार ५ सय २९ मत ल्याउँदा दाहालले २२ हजार ३ सय ८९ मत ल्याएका थिए।

तर, अहिले अवस्था फेरिएको छ। कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। 

२०७४ को चुनावमा सिन्धुली- १ को (क) बाट प्रदेश सभा उम्मेदवार बनेका घिमिरे त्यतिबेला माओवादीका राजन दाहालसँग पराजित भएका थिए। अहिले भने माओवादीकै साथ पाएकाले घिमिरे चुनाव जितिनेमा ढुक्क देखिन्छन्। 

Ncell 2
Ncell 2

तर, घिमिरेलाई चुनाव जित्न त्यति सहज भने छैन। यसअघि यसै क्षेत्रको प्रदेश सभा (ख) बाट निर्वाचन जितेका प्रदीप कटुवाल प्रतिस्पर्धी छन्। घिमिरेभन्दा आफू स्थानीय स्तरमा बढी भिजेकोले जितिनेमा कटुवाल आशावादी छन्।

हरेकजसो स्थानीय समस्यालाई नियालेर हेरेको र स्थानीय स्तरमा लोकप्रिय रहेकोले आफूले चुनाव जित्ने कटुवालको दावी छ।

क्षेत्र नम्बर १ को वडागत मतलाई आधार मानेर हेर्दा मुख्य तीन पार्टीमा एमाले नै अगाडि देखिन्छ। दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीन पाटन गाउँपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ वडा क्षेत्र नम्बर १ मा पर्छन्। यो क्षेत्रमा जम्मा ४१ वटा वडा पर्छन्।

स्थानीय निर्वाचनमा कांग्रेसले २१ वटा वडा जिते पनि मत संख्याको आधारमा भने एमाले बलियो देखिन्छ। एमालेका वडाध्यक्षले ३० हजार ३३ मत पाउँदा कांग्रेसका वडाध्यक्षले २७ हजार ६ सय ८२ र माओवादीका वडाध्यक्षले १३ हजार ३ सय ६९ मत पाएका थिए। 

कांग्रेस र माओवादीका वडाध्यक्षले पाएको मत जोड्दा एमालेका वडाध्यक्षले पाएको मतभन्दा थोरै मात्रै बढी देखिएकाले पनि यो क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

माओवादी भर्सेस पूर्वमाओवादी
माओवादीको गढ मानिएको सिन्धुली- २ मा यो पटक माओवादी र पूर्वमाओवादीबीच भिडन्त हुने भएको छ। माओवादीबाट लेखनाथ दाहाल (राजन) र एमालेबाट उठेका पूर्वमाओवादी मनोजजंग थापा छन्।

माओवादीको गढ मानिएको यो क्षेत्रमा एमालेले समेत पूर्वमाओवादीलाई उम्मेदवार बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

२०७४ को चुनावमा यस क्षेत्रबाट माओवादीका हरिबोल गजुरेलले चुनाव जितेका थिए। अहिले उनको ठाउँमा यसअघि सिन्धुली- १ को प्रदेश सभा (क) बाट विजयी भएका दाहाल चुनावी प्रतिस्पर्धामा छन्।

स्थानीय स्तरमा लोकप्रिय मानिएका दाहाल माओवादी गढ मानिएको क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएकाले सहजै चुनाव जितिनेमा विश्वस्त देखिन्छन्। त्यसमाथि पनि कांग्रेसको समेत साथ रहेकाले सहजै चुनाव जित्ने उनको दाबी छ।

यता एमालेबाट भने पूर्वमाओवादी नै रहेका मनोजजंग थापा प्रतिस्पर्धामा उत्रिएका छन्। माओवादी गढ मानिएको क्षेत्रबाट एमालले पूर्वमाओवादीलाई नै उम्मेदवार बनाउनुलाई निकै रणनीतिक रुपमा हेरिएको छ।

एमालेको आफ्नो मतमा माओवादीको केही मत तान्न सकिने र केही असन्तुष्ट पक्षको मत तान्न सकेमा चुनाव प्रतिस्पर्धात्मक बन्न सक्ने एमालेको विश्लेषण छ। सोही रणनीतिका साथ एमालले पूर्वमाओवालीलाई नै उम्मेदवार बनाएको हुनसक्ने विश्लेषण गरिएको छ। 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २०:२३
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनका नाममा गरिने विधान विपरीतका गतिविधिमा संलग्न नहुन कांग्रेस संस्थापनको निर्देशन बुधबार, पुस २३, २०८२
गगन थापाले भने– बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ बुधबार, पुस २३, २०८२
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
यी हुन् एमालेका ८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्