• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रचण्डसँग प्रतिशोध साँध्न चितवन- ३ ताकेका रवि किन भए २ मा सरुवा?

64x64
सुरेन्द्र बजगाईं बिहीबार, असोज २७, २०७९  १८:०३
1140x725

काठमाडौं- 'तपाईंलाई ५ मिनेट मात्र भेट्ने पनि हैसियत मेरो रहेनछ। धेरै कुरें र धेरैलाई गुहारें। अब कुर्न पुग्यो, प्रधानमन्त्रीज्यू (पुष्पकमल दाहाल प्रचण्ड)। ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्ने गरी मिहिनेत गरुँला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतीक्षा रहिरहेनछ।'

२०७३ असोज ५ गते रवि लामिछानेले फेसबुकमा लेखेका थिए। 'सिधा कुरा जनतासँग' कार्यक्रम घोषणा गर्दै गर्दा प्रचण्डलाई लक्षित गरेको यस्तो रोष प्रकट गरेका थिए उनले। प्रचण्डसँग यसरी तितो पोख्नुको कारण थियो- नेपाल टेलिभिजनमा प्रसारण हुने  'सिधा कुरा प्रधानमन्त्री'सँग कार्यक्रमबाट निकालिनु।

लामिछानेले राजनीतिक मैदान रोज्दै गर्दा निशानामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै रहेको यसले पुष्टि गर्छ। त्यसैमा सुरुमा प्रचण्डको निर्वाचन क्षेत्र चितवन- ३ बाट चुनाव लड्ने तयारी गरेका थिए। 

असार ७ गते रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे। पार्टी घोषणा कार्यक्रममा उनले भने, ‘अब 'बा' उमेरका नेतालाई संसद् छिर्नबाट रोकौं। देशैभरिबाट एक जनालाई संसद् छिर्नबाट म रोक्छु, त्यसैगरी अरूलाई रोक्न तपाईँहरू देशभरिबाट आउनुहोला।’

आमजनको आँखामा चितवन- ३ को तयारी गरेर रविले 'हाइप्रोफाइल' सँग टक्कर लिन खोजेको देखिए पनि यथार्थमा भने व्यक्तिगत प्रतिशोध थियो। 

प्रचण्डसँग उनको असन्तुष्टि टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदादेखि नै हो।

२०७३ साल साउन १९ गते प्रचण्ड प्रधानमन्त्री हुनुअघि केपी शर्मा ओलीको सरकार थियो। ओली प्रधानमन्त्री हुँदा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम रविले चलाइरहेका थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि भने प्रस्तोता फेरिए। रविले चलाइरहेको कार्यक्रम माओवादी केन्द्र निकट पत्रकार बबिन शर्माले सञ्चालन गरे। 

त्यस घटनाबाट रवि प्रचण्डसँग रिसाएका थिए। कुनै समय प्रचण्डलाई चुनौती दिने भनेर मनमा रहेको आगो चुनावी मैदानमै पोख्ने गरी रविले तयारी गरेको निकटस्थहरु बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यही बेला उनले लेखेका थिए, 'जनता र प्रधानमन्त्रीबीचको पुलस्वरुप बनेको कार्यक्रमबाट यसको परिकल्पनाकार र सञ्चालकलाई हटाएर तपाईंले के-के न गर्नु होला भन्ने ठानेका थियौं तर नतिजा देखियो। हुन त कत्रा-कत्रा विषय मिलाउन ब्यस्त तपाईंलाई यो विषय नाथे लाग्ला तर मेरा लागि यो विषय सानो हुन सकेन। धेरै समय लगाएर, दु:ख र संघर्ष गरेर निर्माण गरेको कार्यक्रम कति निर्ममतापुर्वक खोस्नु भो है। तपाईंसँग कार्यक्रम सञ्चालन गर्ने लालच होइन, तर चित्त चाहिँ नराम्रोसँग दुख्यो।'

No description available.

फेरि पनि चितवन नै किन?
प्रचण्डसँग प्रतिशोध साँध्ने दाउ छोपेर बसेका रवि शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा चितवनमै पुगे। चितवनमा उनको पक्षमा भएको प्रदर्शनले आफूप्रति स्थानीयको सद्भाव रहेको भन्ने लाग्यो उनलाई।

प्रचण्डसँग प्रतिशोध लिने उपयुक्त समय खोजिरहेका उनी राजनीतिक दल खोलेर मैदानमा आए। सुरुमा घोषणा गरेनन् तर चितवन- ३ कै लागि तयारी गरे।  

मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा चितवन- २ बाट उम्मेदवार छन् रवि। उनले 'बा' उमेरकालाई रोक्ने भनेर चुनौती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन- ३ थियो। उक्त क्षेत्रमा चुनौती महसुस गरेका प्रचण्ड अहिले गोरखा- २ पुगेका छन्। चितवन- ३ मा चुनाव लड्ने संकेत गरेका रवि भने चितवन- २ मा सरेका छन्। 

चितवनबाटै चुनाव लड्नुका कारण बुझ्न भने २०७६ को साउनमा पुग्नुपर्ने हुन्छ। उक्त सालको साउन २२ गते रविका पूर्वसहकर्मी शालिकराम पुडासैनीले चितवनको नारायणगढ बसपार्कमा रहेको कंगारु होटेलमा आत्महत्या गरे। आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रविले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए। 

पुडासैनीको सोही भिडियोलाई आधार बनाएर रविसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर चितवन कारागार पुर्‍याएको थियो। उनीहरूलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर गरिएको थियो। रवि २०७६ भदौ ९ गते ५ लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए। 

चितवनमा उनको समर्थनमा ठूलो प्रदर्शन भएको थियो। जसले उनलाई राजनीतिमा आउन प्रेरित गरेको अनुमान गर्न सकिन्छ। 

रविको समर्थनमा प्रदर्शन हुनुको कारण उनले आफ्नो टेलिभिजन कार्यक्रममार्फत बनाएको छवि हो। ओली प्रधानमन्त्रीबाट बहिर्गमनसँगै उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएका थिए।

विशेष गरी वैदेशिक रोजगारी र भ्रष्टाचारका विषयमा आएका गुनासा सुन्ने र त्यसको समाधान खोज्न घटना भएका ठाउँमा पुग्ने वा टेलिभिजनको प्रत्यक्ष कार्यक्रमबाट पीडक भनिएकालाई ‘केरकार’ पार्ने काम गर्थे उनी। यो शैलीले स्रोताहरू प्रभावित बन्ने गरेका थिए। जसको प्रत्यक्ष प्रमाण भनेको चितवन कारागारमा हुँदा उनको पक्षमा भएको प्रदर्शन हो।

रविले कारागारबाट निस्किएपछि नारायणी नदी तीरमा आफ्नो समर्थनमा आएका मानिसहरूलाई लक्षित गरेर ‘धन्यवाद’ कार्यक्रम राखेका थिए। उक्त कार्यक्रममा उनले 'कोही मान्छे मलाई मार्न आयो भने बाटोमै दुर्घटनामा परेर मर्ने' अभिव्यक्ति दिएका थिए। त्यसबाट एक कदम अघि बढेर रविले ८–१० वटा गोली लागे पनि आफू नमर्ने घोषणा गरेका थिए।

‘कोही मान्छे मलाई मार्न आयो भने पनि चितवनका मान्छेको मायाको कारण त्यो मान्छे बाटोमा दुर्घटना भएर आफैँ मर्छ,’ रविले भनेका थिए, ‘धेरै सच्चा राष्ट्रप्रेमी, न्यायप्रेमीको आशिर्वादका कारण ८–१० वटा गोली लागे पनि मर्दिनँ होला।’ 

उनले धन्यवाद कार्यक्रमको अन्त्यमा भनेका थिए, ‘यो सुरुवात हो। अन्त्य हैन।’ त्यो सुरुवातलाई निरन्तरता दिन रवि चितवन पुगेका हुन्। 

चितवन- २ सरुवाको कारण
यी सबै 'फ्याक्टर' बुझेका प्रचण्डले जोखिम उठाउन चाहेनन् र सुरक्षिततर्फ सरुवा भए। प्रचण्ड नै सरुवा भएपछि चितवन- ३ मा रविले उम्मेदवारी दिन चाहेनन्। किनभने, त्यहाँको चुनावी मैदानमा एक त 'हाइप्रोफाइल' छैनन्, अर्को राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे उठ्छन्। उक्त पार्टीसँग लामिछाने 'सफ्ट' छन्। यद्यपि, काठमाडौंबाट भने उनी चितवन- २ र चितवन- ३ कै टिकट बोकेर गएका थिए। 

चितवन- २ मा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर निकट उमेश श्रेष्ठ उम्मेदवार छन्। एमालेबाट भने कृष्णभक्त पोखरेल छन्। रविका लागि सुइङ हुने भोट चाहिएको छ। एमालेको भोट त्यति वरपर पुग्दैन तर उपयुक्त पात्र मैदानमा नहुँदा कांग्रेसको भोट यताउता भइरहने विगतले देखाउँछ। यसकारण स्थानीयमाझ खासै लोकप्रिय नरहेका श्रेष्ठको उम्मेदवारी भएकै ठाउँ उनले रोजे। 

व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको छवि विवादास्पद छ। राजनीतिकर्मी कम, व्यवसायी ज्यादा भएका कारण पनि उनले सार्वजनिक समर्थन पाउने सम्भावना कम देखिन्छ।

यसअघि पनि सांसद भइसकेका श्रेष्ठले संसदमा स्वार्थ बाझ्ने समितिमा रहेर निजी क्षेत्र प्रवर्द्धनमा सघाएको आरोप छ। जुन मुद्दा रविले चुनावमा उछाल्न सक्ने आकलन गरिएको छ। 

एमालेका पोखरेलले दुई पटक त्यही क्षेत्रबाट चुनाव जितिसकेका छन्। तेस्रो पटक उम्मेदवारी दिएका उनीप्रति आकर्षण बाँकी नरहेको रविले बुझेका छन्‍। तर रविले आफ्नो प्रतिस्पर्धीका रुपमा पोखरेललाई नै हेरेको उनी निकटस्थहरु बताउँछन्। 

२०७४ को निर्वाचनमा पोखरेलले १७ हजारको मतान्तरले जित निकालेका थिए। स्थानीय तह निर्वाचनमा गठबन्धनभन्दा एमालेले बढी मत पाएको छ। 

चितवन- २ का जनतासँग नियमित जोडिएकोले आफूले जित्नेमा पोखरेल ढुक्क छन्। त्यसमाथि सत्ता-गठबन्धनको भोट काट्न रवि आइपुगेको उक्त क्षेत्रका एमाले नेताहरुको बुझाइ छ। 

पोखरेल भन्छन्, ‘सांसदका रूपमा १७६ वटा कानुन मेरो नेतृत्वमा निर्माण भएको छ। म चितवन- २ का जनताको दैनिकीमा सधैँ सँगै छु। मेरो जितमा कुनै शङ्का छैन।’

चितवन- २ को अंकगणित
पोखरेलले दाबी गरेजस्तै चितवन- २ मा एमाले बलियो रहेको छ। यसको पुष्टि वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले गर्छ।

यो क्षेत्र भित्रका वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई योग गर्ने हो भने एमालेका वडाध्यक्ष उम्मेदवारले ३५ हजार ५४३ मत ल्याएका थिए। यस्तै, कांग्रेसका वडा अध्यक्षहरूले २४ हजार ५३१ र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले ७ हजार ३७४ मत ल्याएका थिए। राप्रपाका वडाध्यक्ष उम्मेदवfरले २ हजार ११० मत, एकीकृत समाजवादीले ३ हजार ५६९ मत र स्वतन्त्र तथा अन्य साना दलका उम्मेदवारले ८९९ मत ल्याएका थिए।

उक्त मतलाई विश्लेषण गर्ने हो भने एकल प्रतिस्पर्धा हुँदा वा गठबन्धनसँग प्रतिस्पर्धा हुँदा पनि एमालेका उम्मेदवार पोखरेल बलिया देखिन्छन्। 

रविको पार्टी नयाँ भएका कारण देखाउने तथ्यांक केही छैन। तर उनी कारागारमा हुँदा उनको पक्षमा चितवनमा भएको प्रदर्शन र पार्टी गठन गर्दै नेपालको पूर्व-पश्चिम यात्रा गर्दा कार्यक्रममा उपस्थित मानिसको संख्या उनले जित दाबी गर्ने आधार हो।

काठमाडौं महानगरमा बालेन शाह र धरान उपमहानगरमा हर्क साम्पाङले स्थानीय तहमा निकालेको जित अहिले रविको मात्रै होइन, धेरै नयाँ उम्मेदवारको प्रेरणा बनेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १८:०३
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल आइतबार, जेठ ३, २०८३
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड आइतबार, जेठ ३, २०८३
गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवासँग छलफल गर्दै आइतबार, जेठ ३, २०८३
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत शनिबार, जेठ २, २०८३
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्