• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुदूरपश्चिम प्रदेश: अघिल्लोपटक निर्वाचित ३२ सांसदमध्ये १३ जना पुन: प्रदेशकै प्रतिस्पर्धामा 

64x64
शेरबहादुर ऐर बुधबार, असोज २६, २०७९  ०६:३६
1140x725

धनगढी– पहिलो प्रदेश सभा निर्वाचन २०७४ मा वााम गठबन्धनबाट उम्मेदवार थिए नेकपा एमालेका पठानसिंह बोहरा। उनी यसपटक पनि प्रदेश सभाकै उम्मेदवार बनेका छन्। 

आइतबार डडेल्धुरामा उनले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। डडेल्धुरामा पठानसँग नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले प्रतिस्पर्धा गर्दैछन्।

२०७४ सालमै सम्पन्न प्रदेश सभा निर्वाचनमा बाजुरा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’मा बलदेव रेग्मी निर्वाचित भए। मंसिर ४ गते हुन लागेको प्रदेशसभा निर्वाचनका लागि उनले पनि पुनः उम्मेदवारी दर्ता गराएका छन्। 

पूर्व प्रदेश सभा सदस्य बोहरा र रेग्मी जस्तै सुदूरपश्चिम प्रदेश सभामा अघिल्लो निर्वाचनमा निर्वाचित आधा जति प्ररतिनिधि यसपटक पनि प्रदेश सभामै उठेका छन्। प्रदेश सभामा दोहोरिन चाहेर उम्मेदवारी दर्ता गराउनेमा मन्त्री, पूर्वमन्त्रीदेखि संसदीय समितिका सभापति, प्रमुख सचेतक, प्रदेश सभा सदस्यहरु रहेका छन्।

एकीकृत समाजवादी पार्टीकै इन्चार्जसमेत रहेका दीर्घबहादुर सोडारीले कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ बाट उम्मेदवारी दर्ता गराइ प्रदेश सभामा दोहोरिने तयारी गरिरहेका छन्। उनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री पनि हुन्।

यस्तै पूर्व सामाजिक विकासमन्त्री समेत रहेका लालबहादुर खड्काले एकीकृत समाजवादी पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

नेकपा एमालेबाटै कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘क’ नेपालु चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। उनी प्रदेश सभामा विद्यायन तथा प्रदेश मामिला समितिका सभापति पनि थिए।

यता बैतडी क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’मा नेकपा एमालेबाट लिलाधर भट्टले आइतबार उम्मेदवारी दर्ता गराए। उनी नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतकसमेत बनिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै अघिल्लो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर २ ‘ख’ निर्वाचित एमालेका रतन थापा यसपटक भने उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा उम्मेदवार बनेका छन्। पार्टीको विधान विपरीत काम गरेको भन्दै कारबाही गरेपछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। उनले पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन्। 

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल पनि पुनः प्रदेश सभामा दोहोरिने दाउमा छन्। कैलाली क्षेत्र नम्बर १ ‘ख’बाट उनले कांग्रेसबाट आइतबार उम्मेदवारी दर्ता गराएका छन्। 

उनीमात्र होइन यतिबेला प्रदेशका अधिकांश मन्त्रीले पुनः प्रदेश सभाकै लागि उम्मेदवारी दिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका नेकपा माओवादी केन्द्रका मानबहादुर धामीले दार्चुला क्षेत्र नम्बर १ ‘ख’, सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले डडेल्धुरा क्षेत्र नम्बर १ क्षेत्र ‘ख’, आर्थिक मामिला राज्यमन्त्री प्रकाश रावलले कञ्चनपुर क्षेत्र नम्बर ३ ‘क’, पूर्व आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले कैलाली क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिएका छन्। 

प्रदेश सभा सदस्य रहेका माओवादी केन्द्रका अक्कलबहादुर रावलले अछाम क्षेत्र नम्बर २ ‘क’ र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले कैलाली क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवारी दिएका छन्। 

२०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित प्रदेश सभाका घद्द सांसदमध्ये यसपकट १३ जना पुनः प्रदेश सभाकै लागि प्रतिस्पर्धामा उत्रिएका छन्। 

प्रदेशबाट उक्लिने प्रयास
यस्तै केही अघिल्लो निर्वाचनमा प्रदेश सभामा निर्वाचित प्रतिनिधि यसपटक प्रतिनिधि सभामा प्रवेश गर्ने प्रयासमा छन्। कैलाली क्षेत्र नम्बर ५ बाट यसपटक डिल्लीराज पन्त कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्। उनी २०७४ को निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए। 

यसैगरि २०७४ मा प्रदेश सभामा निर्वाचित भएर आर्थिक मामिलामन्त्री बनेका तारा लामा तामाङ पनि यसपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट उनले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ बीना थापामगरसँग उनी प्रतिस्पर्धा गर्दैछन्। 

यस्तै प्रदेशको आर्थिक मामिला मन्त्रालयको नेतृत्व सम्हालिसकेका एमाले नेता झपटबहादुर बोहोरा पनि यसपटक अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका छन्। 

पालिकाबाट संसद्को तयारीमा 
२०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा विजयी भएका केही नेताले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। 

कैलालीको टिकापुर नगरपालिकाको मेयरमा २०७४मा निर्वाचित भएका तपेन्द्रबहादुर रावल यसपटक प्रतिनिधि सभाको दौडमा छन्। उनले एमालेका तर्फबाट कैलाली–१ मा उम्मेदवारी दिएका छन्। 

यसैगरी बैतडीको पाटन नगरपालिकाका पूर्व मेयर केशव चन्दले पनि प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन्। उनी २०७४को निर्वाचनमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

यता २०७४ को स्थानीय तह निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकामा एमालेबाट निर्वाचित भएका हरिसिंह साउँदले यसपटक प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनी कैलाली क्षेत्र नम्बर ४ को ‘ख’बाट उम्मेदवार बनेका छन्। एमालेबाटै ०७४ को स्थानीय तह निर्वाचनमा गौरिगंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका भीम देउवा पनि यसपटक प्रदेश सभा सदस्यको दौडमा छन्। उनले कैलाली क्षेत्र नम्बर ४ को ‘क’बाट उम्मेदवारी दिएका छन्। 

प्रदेश सभा सदस्यकै लागि कञ्चनपुरको क्षेत्र नम्बर–३ ‘ख’सुरेन्द्र विष्टले उम्मेदवारी दिएका छन्। उनी २०७४ को निर्वाचनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए। उनी नेकपा एमालेबाट प्रतिस्पर्धा गर्दैछन्।

बैतडीको सुर्नयाँ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर विष्टले पनि प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट सुर्नयाँ गाउँपालिकाको अध्यक्ष बनेका थिए। यसपटक पनि उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दैछन्। 

बैतडीको पुर्चौडी नगरपालिकाकी पूर्व उप–मेयर जानकी ऐर बम प्रदेश सभाका लागि एमालेको समानुपातिक सूचिमा छन्।

२०७४ मा लम्कीचुहा नगरपालिकाकी उप–मेयर बनेकी पूजा थापा नागरिक उन्मुक्ति पाटीको समानुपातिक सूचीमा रहेकी छन्। उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उप–मेयर पदमा विजयी भएकी थिइन्।

प्रतिनिधि सभापछि प्रदेशको प्रतिस्पर्धामा 
लालबहादुर थापा २०७४ सालमा बाजुरा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। तर यसपटक भने उनले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। बाजुरा ‘ख’ बाट उनले एमालेका तर्फबाट आइतबार उम्मेदवारी दर्ता गराएका हुन्। 

२०७४ सालको प्रतिनिधि निर्वाचनमा २८ हजार ६५ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्य बनेका थापाले प्रतिनिधि सभामा टिकट नपाएपछि प्रदेशमा उम्मेदवारी दर्ता गराएका हुन्। 

उनी एमाले पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्जसमेत हुन्। नेकपा एमालेबाट प्रतिनिधि सभामा बाजुराबाट कर्णबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। २०७४ को निर्वाचनमा थापा प्रदेशमा समानुपातिकमा बसेका थिए।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्