• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुदूरपश्चिम प्रदेश: अघिल्लोपटक निर्वाचित ३२ सांसदमध्ये १३ जना पुन: प्रदेशकै प्रतिस्पर्धामा 

64x64
शेरबहादुर ऐर बुधबार, असोज २६, २०७९  ०६:३६
1140x725

धनगढी– पहिलो प्रदेश सभा निर्वाचन २०७४ मा वााम गठबन्धनबाट उम्मेदवार थिए नेकपा एमालेका पठानसिंह बोहरा। उनी यसपटक पनि प्रदेश सभाकै उम्मेदवार बनेका छन्। 

आइतबार डडेल्धुरामा उनले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। डडेल्धुरामा पठानसँग नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले प्रतिस्पर्धा गर्दैछन्।

२०७४ सालमै सम्पन्न प्रदेश सभा निर्वाचनमा बाजुरा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’मा बलदेव रेग्मी निर्वाचित भए। मंसिर ४ गते हुन लागेको प्रदेशसभा निर्वाचनका लागि उनले पनि पुनः उम्मेदवारी दर्ता गराएका छन्। 

पूर्व प्रदेश सभा सदस्य बोहरा र रेग्मी जस्तै सुदूरपश्चिम प्रदेश सभामा अघिल्लो निर्वाचनमा निर्वाचित आधा जति प्ररतिनिधि यसपटक पनि प्रदेश सभामै उठेका छन्। प्रदेश सभामा दोहोरिन चाहेर उम्मेदवारी दर्ता गराउनेमा मन्त्री, पूर्वमन्त्रीदेखि संसदीय समितिका सभापति, प्रमुख सचेतक, प्रदेश सभा सदस्यहरु रहेका छन्।

एकीकृत समाजवादी पार्टीकै इन्चार्जसमेत रहेका दीर्घबहादुर सोडारीले कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ बाट उम्मेदवारी दर्ता गराइ प्रदेश सभामा दोहोरिने तयारी गरिरहेका छन्। उनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री पनि हुन्।

यस्तै पूर्व सामाजिक विकासमन्त्री समेत रहेका लालबहादुर खड्काले एकीकृत समाजवादी पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

नेकपा एमालेबाटै कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘क’ नेपालु चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। उनी प्रदेश सभामा विद्यायन तथा प्रदेश मामिला समितिका सभापति पनि थिए।

यता बैतडी क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’मा नेकपा एमालेबाट लिलाधर भट्टले आइतबार उम्मेदवारी दर्ता गराए। उनी नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतकसमेत बनिसकेका छन्।

Ncell 2
Ncell 2

यस्तै अघिल्लो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर २ ‘ख’ निर्वाचित एमालेका रतन थापा यसपटक भने उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा उम्मेदवार बनेका छन्। पार्टीको विधान विपरीत काम गरेको भन्दै कारबाही गरेपछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। उनले पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन्। 

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल पनि पुनः प्रदेश सभामा दोहोरिने दाउमा छन्। कैलाली क्षेत्र नम्बर १ ‘ख’बाट उनले कांग्रेसबाट आइतबार उम्मेदवारी दर्ता गराएका छन्। 

उनीमात्र होइन यतिबेला प्रदेशका अधिकांश मन्त्रीले पुनः प्रदेश सभाकै लागि उम्मेदवारी दिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका नेकपा माओवादी केन्द्रका मानबहादुर धामीले दार्चुला क्षेत्र नम्बर १ ‘ख’, सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले डडेल्धुरा क्षेत्र नम्बर १ क्षेत्र ‘ख’, आर्थिक मामिला राज्यमन्त्री प्रकाश रावलले कञ्चनपुर क्षेत्र नम्बर ३ ‘क’, पूर्व आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले कैलाली क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिएका छन्। 

प्रदेश सभा सदस्य रहेका माओवादी केन्द्रका अक्कलबहादुर रावलले अछाम क्षेत्र नम्बर २ ‘क’ र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले कैलाली क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवारी दिएका छन्। 

२०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित प्रदेश सभाका घद्द सांसदमध्ये यसपकट १३ जना पुनः प्रदेश सभाकै लागि प्रतिस्पर्धामा उत्रिएका छन्। 

प्रदेशबाट उक्लिने प्रयास
यस्तै केही अघिल्लो निर्वाचनमा प्रदेश सभामा निर्वाचित प्रतिनिधि यसपटक प्रतिनिधि सभामा प्रवेश गर्ने प्रयासमा छन्। कैलाली क्षेत्र नम्बर ५ बाट यसपटक डिल्लीराज पन्त कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्। उनी २०७४ को निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए। 

यसैगरि २०७४ मा प्रदेश सभामा निर्वाचित भएर आर्थिक मामिलामन्त्री बनेका तारा लामा तामाङ पनि यसपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट उनले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ बीना थापामगरसँग उनी प्रतिस्पर्धा गर्दैछन्। 

यस्तै प्रदेशको आर्थिक मामिला मन्त्रालयको नेतृत्व सम्हालिसकेका एमाले नेता झपटबहादुर बोहोरा पनि यसपटक अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका छन्। 

पालिकाबाट संसद्को तयारीमा 
२०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा विजयी भएका केही नेताले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। 

कैलालीको टिकापुर नगरपालिकाको मेयरमा २०७४मा निर्वाचित भएका तपेन्द्रबहादुर रावल यसपटक प्रतिनिधि सभाको दौडमा छन्। उनले एमालेका तर्फबाट कैलाली–१ मा उम्मेदवारी दिएका छन्। 

यसैगरी बैतडीको पाटन नगरपालिकाका पूर्व मेयर केशव चन्दले पनि प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन्। उनी २०७४को निर्वाचनमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

यता २०७४ को स्थानीय तह निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकामा एमालेबाट निर्वाचित भएका हरिसिंह साउँदले यसपटक प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। उनी कैलाली क्षेत्र नम्बर ४ को ‘ख’बाट उम्मेदवार बनेका छन्। एमालेबाटै ०७४ को स्थानीय तह निर्वाचनमा गौरिगंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका भीम देउवा पनि यसपटक प्रदेश सभा सदस्यको दौडमा छन्। उनले कैलाली क्षेत्र नम्बर ४ को ‘क’बाट उम्मेदवारी दिएका छन्। 

प्रदेश सभा सदस्यकै लागि कञ्चनपुरको क्षेत्र नम्बर–३ ‘ख’सुरेन्द्र विष्टले उम्मेदवारी दिएका छन्। उनी २०७४ को निर्वाचनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए। उनी नेकपा एमालेबाट प्रतिस्पर्धा गर्दैछन्।

बैतडीको सुर्नयाँ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर विष्टले पनि प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट सुर्नयाँ गाउँपालिकाको अध्यक्ष बनेका थिए। यसपटक पनि उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दैछन्। 

बैतडीको पुर्चौडी नगरपालिकाकी पूर्व उप–मेयर जानकी ऐर बम प्रदेश सभाका लागि एमालेको समानुपातिक सूचिमा छन्।

२०७४ मा लम्कीचुहा नगरपालिकाकी उप–मेयर बनेकी पूजा थापा नागरिक उन्मुक्ति पाटीको समानुपातिक सूचीमा रहेकी छन्। उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उप–मेयर पदमा विजयी भएकी थिइन्।

प्रतिनिधि सभापछि प्रदेशको प्रतिस्पर्धामा 
लालबहादुर थापा २०७४ सालमा बाजुरा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। तर यसपटक भने उनले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। बाजुरा ‘ख’ बाट उनले एमालेका तर्फबाट आइतबार उम्मेदवारी दर्ता गराएका हुन्। 

२०७४ सालको प्रतिनिधि निर्वाचनमा २८ हजार ६५ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्य बनेका थापाले प्रतिनिधि सभामा टिकट नपाएपछि प्रदेशमा उम्मेदवारी दर्ता गराएका हुन्। 

उनी एमाले पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्जसमेत हुन्। नेकपा एमालेबाट प्रतिनिधि सभामा बाजुराबाट कर्णबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। २०७४ को निर्वाचनमा थापा प्रदेशमा समानुपातिकमा बसेका थिए।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्