• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ओझेलमा एशियाकै पुरानो गुरुकुल 

64x64
रासस बिहीबार, असोज २०, २०७९  १३:४३
1140x725

जलेश्वर– देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी पाँच वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्दछन्। 

अँध्यारो, उज्यालो, वर्षा, गर्मी कुनै कुराको प्रवाह नगर्दै निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक (भगवान शिवको विशेष पूजा) का लागि फूल टिप्न फुलबारीमा जाने गर्दछन्। अरु बटुक जाग्नुभन्दा पहिले निश्चलले फूल टिपेर गुरुकुल को शिव भवन (रुद्राभिषेक हुने कोठा) मा पुगिसक्छन्। 

उनी जस्तै सोही गुरुकुलमा अध्ययनरत अर्का बटुक खगेन्द्र उपाध्याय पनि एका बिहानै उठेर आफ्ना रुद्राभिषेकका लागि भगवान शिवको विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन्।

खगेन्द्रले दैनिक रुपमा भगवान शिवको रुद्राभिषेक पूजामा प्रयोग भएका फूल, चन्दन, धूप, अगरबत्ती, गङ्गाजल र अन्य भोग (प्रसाद) का अवशेष बटुलेर शिवलिङ्गलाई चोख्याउने र शिव भवनलाई दैनिक रुपमै पवित्र पार्ने काम गर्दछन्।

पाँच वर्षदेखि निरन्तर रुपमा रुद्राभिषेक हुँदै आएको यस गुरुकुलमा अध्ययनरत अर्का बटुक अजित मिश्रले रुद्राभिषेक पूजाका लागि बटुक बस्ने आसनी ओछ्याउने, सरसफाइ गर्ने र पूजापश्चात पुनः आसनीहरु उचित स्थानमा राख्ने काम गर्दछन्।

उनीहरु जस्तै यस विद्यालयमा अध्ययनरत ब्रजभूषण झा, हरिमोहन झालगायत अन्य दर्जनौँ बटुक सधैँ रुद्राभिषेक पूजाका लागि केही न केही जिम्मेवारीमा बसेर नित्यदिन भगवान शिवको आधारना गर्दै आएका छन्। 

गुरुकुलको परम्पराअनुसार पूजापाठबाटै दिनचर्या सुरु हुने यस विद्यालयका सबै छात्रछात्रा रुद्राभिषेक पूजाको तयारी पश्चात शिव कक्षमा विराजवान शिवलिङ्गलाई गङ्गाजलले स्नान गराई, चन्दन, फूल, प्रसादलगायतका वस्तु सिंगारेर रुद्राभिषेक पूजा सुरु गर्ने गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले बताए। 

शिवलिङ्गका अगाडि दुई लहरमा बटुकहरुको जमात बस्दै एकैस्वरमा सुरु गर्दछन् रुद्राभिषेक जप. रुद्राभिषेक जप गर्दा बटुकहरुको मधुर कण्ठबाट निस्केका पवित्र ध्वनीले पूरा गुरुकूलसहित वरपरका सम्पूर्ण वातावरण नै धार्मिक एवं पवित्र हुने गर्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb

बटुक मन्त्र पढ्न थालेपछि गुरुकुलसहित वरपर सबैतिरका व्यक्तिको ध्यानाकर्षण हुनुका साथै सम्पूर्ण वातावरण नै शिवभक्तिमा डुबेको आभास हुन्छ। बिहान ५:३० बजेबाट सुरु हुने रुद्राभिषेक पूजा दैनिक दुईदेखि अढाइ घण्टासम्म चल्ने गर्दछ। सो अवधिभर यस गुरुकुलका सबै शिष्य, गुरु र गुरुकुलमा आएका पाहुनासमेत भगवान शिवको ध्यान र पूजाप्रति समर्पित रहने गर्दछन्।

प्राचीन कालदेखिको गुरु, शिष्य परम्परा अहिले पनि यस विद्यालयमा कायम रहेको देख्न सकिन्छ भने यस विद्यालयमा अध्ययनरत बटुक पाँच वर्षदेखि एक दिन पनि नबिराई अबिरल रुपमा रुद्राभिषेक पूजा गर्दै आएको प्रधानाध्यापक पौडेल बताउFछन्। 

उनले यस विद्यालयमा अध्ययनरत प्रत्येक बटुक टुप्पी भएका, दैनिक पूजाआजा, मन्त्र–जप गर्ने, योगा गर्ने र भोजन पूर्व भोग लगाउने चलन रहेको जानकारी दिए। पहाड र मधेशका गरी जम्मा एक सय ५५ बटुक अध्ययनरत यस आवासीय विद्यालयमा गरिब, दलित, अनाथ, टुहुरा र विभिन्न जातजातिका बटुक अध्ययनका लागि बसेका छन्। एउटै भान्छामा खाने, एकैसरी बस्ने र मिलेर सबै कामकाज आफैं गर्ने गुरुकुल परम्परालाई अझै पनि यस विद्यालयमा अध्ययनरत बटुकले जीवन्त राखेका छन्। 


यस विद्यालयलाई सानो नेपालको नामले पनि चिन्ने गरिएको छ । यहाँ नेपालको सात प्रदेशमध्ये छ प्रदेशका विभिन्न २६ वटा जिल्लाबाट बटुक आएर गुरुकुल शिक्षा हासिल गरिरहेका छन्। साथै,  यस गुरुकूलमा वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड र रुद्री शिक्षा अध्ययन गर्न भारत र बर्माबाट पनि बटुक आउने गर्दछन्।

प्राचीनकालका वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड, रुद्रीका ज्ञान र विज्ञानका विषयमा बटुकलाई शिक्षा दिने गरिएको प्रधानाध्यापक पौडेलले बताए। उनका अनुसार यस विद्यालयमा तीन वर्षदेखि आधुनिक शिक्षाको समेत पढाइ हुने गरेको छ। ‘वर्षौंदेखि सञ्चालित यस गुरुकुलमा अध्ययनरत छात्रछात्रा संस्कृत मात्रै पढ्दै आएकामा अहिले आधुनिक शिक्षासमेत दिन थालिएको छ’, प्रधानाध्यापक पौडेलले भने, ‘‘अब ज्ञान र विज्ञान दुवै तर्फका शिक्षा प्रदान गरिने छ।’ यस विद्यालयमा छ जना संस्कृत गुरु र आधुनिक विषय पढाउने छ जना शिक्षक छन्। 

नेपालका इतिहासमा वर्णित बालागुरु षडानन्दले यही गुरुकुलबाट संस्कृत शिक्षा प्राप्त गरेर भोजपुर जिल्लाको दिङ्गलामा गएर त्यहाँका बालबालिकालाई पनि वेद, पुराण, कर्मकाण्ड र संस्कृत शिक्षाका लागि विद्यालय सञ्चालन गर्नुभएको थियो। यस गुरुकूलमा अझै पनि गुरु शिष्य परम्परा कायम छ। 

यस गुरुकुलमा अध्ययन गर्ने शिष्यले गेरुवा (खैरो÷रातो) पहिरन लगाउने, सात्विक भोजन गर्ने, गुरुलाई नै आफ्ना सबैथोक मान्ने, पाउ ढोग्ने र गुरुले भनेअनुसार नै गर्ने चलन चलिरहेको छ। कूल १५ कठ्ठा क्षेत्रफलमा फैलिएको यस गुरुकुलमा चुन, सुर्की, सख्खरबाट निर्मित वर्षौँ पुराना भवन, कक्षा कोठा, फूलबारी लगायतका छन्। 

नेपाल सरकारले आधुनिक विद्यालय शिक्षामा ठूलो लगानी गरे पनि यस गुरुकुलको सञ्चालनका लागि कुनै अनुदान नदिएको प्रधानाध्यापक पौडेल बताउँछन्। उनका अनुसार गुठी संस्थानले यस विद्यालयमा अध्ययनरत केवल ४४ जना बटुकका लागि छात्रवृति पठाउने गर्दछ।

तिनै ४४ जनाको छात्रवृत्तिबाट यस विद्यालयमा अध्ययनरत एक सय ५५ जनालाई वर्षभरि खान, लाउन, बस्न सबै जोहो गर्नुपरेको उनको भनाइ छ। यस गुरुकुलमा अध्ययन गरेका शिष्यहरु राज्यका विभिन्न उच्च तहमा पुगे पनि यस गुरुकुलको संरक्षण र सम्बर्द्धनका लागि कहीँकतैबाट कुनै पनि सहयोग नभएकामा भने उनीहरु दुखित छन्। 

करीब एक सय पाँच वर्ष पुरानो यस गुरुकुल नेपालको मात्र नभएर एशियाकै पहिलो प्राचीन, ऐतिहासिक, सामाजिक, सांस्कृतिक धरोहरको रुपमा रहे पनि यहाँका बटुकले आर्थिक स्रोत जुटाउन भिक्षाटन गरेर आफ्नो दैनिकी चलाउने गरेका छन्।

यसको भवन जीर्ण हुँदा त्यसको मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग प्राप्त नहुँदा अस्तित्वकै सङ्कटमा पर्दै गएको खबर चारैतिर फैलिएपछि विगतमा यसै गुरुकुलबाट अध्ययन गरेर नेपाल तथा देश विदेशका पुगेका केही शिष्यले स्थलगत अनुगमन निरीक्षण गरी चासो देखाएको प्रधानाध्यापक पौडेलले बताए। यस गुरुकुललाई वृहत्त गुरुयोजनाका साथ भौतिक रुपमा सबल गर्न सकिएमा शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउन सकिने उनको विश्वास छ। 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानस... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्