• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ओझेलमा एशियाकै पुरानो गुरुकुल 

64x64
रासस बिहीबार, असोज २०, २०७९  १३:४३
1140x725

जलेश्वर– देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी पाँच वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्दछन्। 

अँध्यारो, उज्यालो, वर्षा, गर्मी कुनै कुराको प्रवाह नगर्दै निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक (भगवान शिवको विशेष पूजा) का लागि फूल टिप्न फुलबारीमा जाने गर्दछन्। अरु बटुक जाग्नुभन्दा पहिले निश्चलले फूल टिपेर गुरुकुल को शिव भवन (रुद्राभिषेक हुने कोठा) मा पुगिसक्छन्। 

उनी जस्तै सोही गुरुकुलमा अध्ययनरत अर्का बटुक खगेन्द्र उपाध्याय पनि एका बिहानै उठेर आफ्ना रुद्राभिषेकका लागि भगवान शिवको विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन्।

खगेन्द्रले दैनिक रुपमा भगवान शिवको रुद्राभिषेक पूजामा प्रयोग भएका फूल, चन्दन, धूप, अगरबत्ती, गङ्गाजल र अन्य भोग (प्रसाद) का अवशेष बटुलेर शिवलिङ्गलाई चोख्याउने र शिव भवनलाई दैनिक रुपमै पवित्र पार्ने काम गर्दछन्।

पाँच वर्षदेखि निरन्तर रुपमा रुद्राभिषेक हुँदै आएको यस गुरुकुलमा अध्ययनरत अर्का बटुक अजित मिश्रले रुद्राभिषेक पूजाका लागि बटुक बस्ने आसनी ओछ्याउने, सरसफाइ गर्ने र पूजापश्चात पुनः आसनीहरु उचित स्थानमा राख्ने काम गर्दछन्।

उनीहरु जस्तै यस विद्यालयमा अध्ययनरत ब्रजभूषण झा, हरिमोहन झालगायत अन्य दर्जनौँ बटुक सधैँ रुद्राभिषेक पूजाका लागि केही न केही जिम्मेवारीमा बसेर नित्यदिन भगवान शिवको आधारना गर्दै आएका छन्। 

गुरुकुलको परम्पराअनुसार पूजापाठबाटै दिनचर्या सुरु हुने यस विद्यालयका सबै छात्रछात्रा रुद्राभिषेक पूजाको तयारी पश्चात शिव कक्षमा विराजवान शिवलिङ्गलाई गङ्गाजलले स्नान गराई, चन्दन, फूल, प्रसादलगायतका वस्तु सिंगारेर रुद्राभिषेक पूजा सुरु गर्ने गरेको विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले बताए। 

शिवलिङ्गका अगाडि दुई लहरमा बटुकहरुको जमात बस्दै एकैस्वरमा सुरु गर्दछन् रुद्राभिषेक जप. रुद्राभिषेक जप गर्दा बटुकहरुको मधुर कण्ठबाट निस्केका पवित्र ध्वनीले पूरा गुरुकूलसहित वरपरका सम्पूर्ण वातावरण नै धार्मिक एवं पवित्र हुने गर्दछ। 

nimb
nimb
Ncell 2
Ncell 2

बटुक मन्त्र पढ्न थालेपछि गुरुकुलसहित वरपर सबैतिरका व्यक्तिको ध्यानाकर्षण हुनुका साथै सम्पूर्ण वातावरण नै शिवभक्तिमा डुबेको आभास हुन्छ। बिहान ५:३० बजेबाट सुरु हुने रुद्राभिषेक पूजा दैनिक दुईदेखि अढाइ घण्टासम्म चल्ने गर्दछ। सो अवधिभर यस गुरुकुलका सबै शिष्य, गुरु र गुरुकुलमा आएका पाहुनासमेत भगवान शिवको ध्यान र पूजाप्रति समर्पित रहने गर्दछन्।

प्राचीन कालदेखिको गुरु, शिष्य परम्परा अहिले पनि यस विद्यालयमा कायम रहेको देख्न सकिन्छ भने यस विद्यालयमा अध्ययनरत बटुक पाँच वर्षदेखि एक दिन पनि नबिराई अबिरल रुपमा रुद्राभिषेक पूजा गर्दै आएको प्रधानाध्यापक पौडेल बताउFछन्। 

उनले यस विद्यालयमा अध्ययनरत प्रत्येक बटुक टुप्पी भएका, दैनिक पूजाआजा, मन्त्र–जप गर्ने, योगा गर्ने र भोजन पूर्व भोग लगाउने चलन रहेको जानकारी दिए। पहाड र मधेशका गरी जम्मा एक सय ५५ बटुक अध्ययनरत यस आवासीय विद्यालयमा गरिब, दलित, अनाथ, टुहुरा र विभिन्न जातजातिका बटुक अध्ययनका लागि बसेका छन्। एउटै भान्छामा खाने, एकैसरी बस्ने र मिलेर सबै कामकाज आफैं गर्ने गुरुकुल परम्परालाई अझै पनि यस विद्यालयमा अध्ययनरत बटुकले जीवन्त राखेका छन्। 


यस विद्यालयलाई सानो नेपालको नामले पनि चिन्ने गरिएको छ । यहाँ नेपालको सात प्रदेशमध्ये छ प्रदेशका विभिन्न २६ वटा जिल्लाबाट बटुक आएर गुरुकुल शिक्षा हासिल गरिरहेका छन्। साथै,  यस गुरुकूलमा वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड र रुद्री शिक्षा अध्ययन गर्न भारत र बर्माबाट पनि बटुक आउने गर्दछन्।

प्राचीनकालका वेद, साहित्य, ज्योतिष, न्याय, व्याकरण, संस्कृत, भाषा, कर्मकाण्ड, रुद्रीका ज्ञान र विज्ञानका विषयमा बटुकलाई शिक्षा दिने गरिएको प्रधानाध्यापक पौडेलले बताए। उनका अनुसार यस विद्यालयमा तीन वर्षदेखि आधुनिक शिक्षाको समेत पढाइ हुने गरेको छ। ‘वर्षौंदेखि सञ्चालित यस गुरुकुलमा अध्ययनरत छात्रछात्रा संस्कृत मात्रै पढ्दै आएकामा अहिले आधुनिक शिक्षासमेत दिन थालिएको छ’, प्रधानाध्यापक पौडेलले भने, ‘‘अब ज्ञान र विज्ञान दुवै तर्फका शिक्षा प्रदान गरिने छ।’ यस विद्यालयमा छ जना संस्कृत गुरु र आधुनिक विषय पढाउने छ जना शिक्षक छन्। 

नेपालका इतिहासमा वर्णित बालागुरु षडानन्दले यही गुरुकुलबाट संस्कृत शिक्षा प्राप्त गरेर भोजपुर जिल्लाको दिङ्गलामा गएर त्यहाँका बालबालिकालाई पनि वेद, पुराण, कर्मकाण्ड र संस्कृत शिक्षाका लागि विद्यालय सञ्चालन गर्नुभएको थियो। यस गुरुकूलमा अझै पनि गुरु शिष्य परम्परा कायम छ। 

यस गुरुकुलमा अध्ययन गर्ने शिष्यले गेरुवा (खैरो÷रातो) पहिरन लगाउने, सात्विक भोजन गर्ने, गुरुलाई नै आफ्ना सबैथोक मान्ने, पाउ ढोग्ने र गुरुले भनेअनुसार नै गर्ने चलन चलिरहेको छ। कूल १५ कठ्ठा क्षेत्रफलमा फैलिएको यस गुरुकुलमा चुन, सुर्की, सख्खरबाट निर्मित वर्षौँ पुराना भवन, कक्षा कोठा, फूलबारी लगायतका छन्। 

नेपाल सरकारले आधुनिक विद्यालय शिक्षामा ठूलो लगानी गरे पनि यस गुरुकुलको सञ्चालनका लागि कुनै अनुदान नदिएको प्रधानाध्यापक पौडेल बताउँछन्। उनका अनुसार गुठी संस्थानले यस विद्यालयमा अध्ययनरत केवल ४४ जना बटुकका लागि छात्रवृति पठाउने गर्दछ।

तिनै ४४ जनाको छात्रवृत्तिबाट यस विद्यालयमा अध्ययनरत एक सय ५५ जनालाई वर्षभरि खान, लाउन, बस्न सबै जोहो गर्नुपरेको उनको भनाइ छ। यस गुरुकुलमा अध्ययन गरेका शिष्यहरु राज्यका विभिन्न उच्च तहमा पुगे पनि यस गुरुकुलको संरक्षण र सम्बर्द्धनका लागि कहीँकतैबाट कुनै पनि सहयोग नभएकामा भने उनीहरु दुखित छन्। 

करीब एक सय पाँच वर्ष पुरानो यस गुरुकुल नेपालको मात्र नभएर एशियाकै पहिलो प्राचीन, ऐतिहासिक, सामाजिक, सांस्कृतिक धरोहरको रुपमा रहे पनि यहाँका बटुकले आर्थिक स्रोत जुटाउन भिक्षाटन गरेर आफ्नो दैनिकी चलाउने गरेका छन्।

यसको भवन जीर्ण हुँदा त्यसको मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग प्राप्त नहुँदा अस्तित्वकै सङ्कटमा पर्दै गएको खबर चारैतिर फैलिएपछि विगतमा यसै गुरुकुलबाट अध्ययन गरेर नेपाल तथा देश विदेशका पुगेका केही शिष्यले स्थलगत अनुगमन निरीक्षण गरी चासो देखाएको प्रधानाध्यापक पौडेलले बताए। यस गुरुकुललाई वृहत्त गुरुयोजनाका साथ भौतिक रुपमा सबल गर्न सकिएमा शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउन सकिने उनको विश्वास छ। 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम चलाउने: मन्त्रीहरूले सोझै नागरिकका गुनासा सुन्ने आइतबार, साउन २४, २०८३
३२औँ विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्‍याली (तस्विरहरू) आइतबार, साउन २४, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
त्रिभुवन विश्वविद्यालयमा सीएसआईटी पढ्न चाहने विद्यार्थीको संख्या बढ्यो आइतबार, साउन २४, २०८३
कांग्रेस नेता खड्काले किसनुजी अाश्रम पुगेर दिए यस्ताे सन्देश आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्