• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
नगर सभालाई छल्दै धनगढीमा नयाँ कर
64x64
शेरबहादुर ऐर बिहीबार, असोज १३, २०७९  १२:०३
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले नगर सभालाई छल्दै करको दायरा बढाएर थप नयाँ व्यवसाय शुल्क निर्धारण गरेको छ। नयाँ आर्थिक वर्षका लागि निर्धारण गर्ने करको दर तथा दायरा बृद्धि गर्नलाई नगर सभामा व्यापक छलफल गर्नुपर्ने प्रावधान रहेको छ। तर, उपमहानगरपालिकाले कार्यपालिका बैठकबाटै नयाँ करको दर निर्धारण गरेको हो।

उपमहानगरपालिकाको भदौ ३१ गते बसेको कार्यपालिका बैठकले तीन वटा व्यवसायका करका लागि सिफारिस भएको दररेट अनुमोदन गरेको छ। बैठकको निर्णय नम्बर १० मा भनिएको छ, ‘२७ गतेका दिन बसेको राजश्व परामर्श समितिको बैठकबाट चालु आर्थिक वर्ष ०७९/०८० को वार्षिक व्यवसाय करका लागि सिफारिस भइ आएका व्यवसायका दररेट अनुमोदन गर्ने निर्णय गरियो।’

सो बैठकले थ्रीडि आर्ट ग्यालरी (म्यूजियम)मा तीन हजार, कुनै पनि उद्योग तथा कम्पनीका शाखा लगायत विभिन्न डिपोका लागि १५ हजार र होम डेकोरेटर्सका लागि सात हजार रकम वार्षिक व्यवसाय दररेट अनुमोदन गरेको हो।

उपमहानगरपालिकाले जारी गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनको दफा ४ मा  भनिएको छ, ‘नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा अनुसूची–३ बमोजिम व्यवसाय कर लगाइने र असुलउपर गरिनेछ।’ 

सो आर्थिक ऐनको अनुसूचीमा यी सेवाहरु समेटिएका छैनन्। अर्थशास्त्री डा राजेन्द्र चन्दले उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका व्यापार व्यवसाय, सेवा लगायतमा कर लगाउन सक्ने अधिकार रहेको बताए।

तर, जुन पायो त्यो समयमा नयाँ करका दर र दायरा बढाउने काम गर्न नहुने उनको भनाइ छ। उनले नगर सभामा व्यापक छलफल गरेर मात्र करको दर र दायराहरु बढाउन सक्ने अधिकार रहेको बताए।

‘आर्थिक वर्षको सुरुआतमै करको दर र वार्षिक कार्यक्रम, योजना तयार गरि लागू गर्नुपर्ने हुन्छ। जुन पायो त्यही समयमा कर निर्धारण, योजनामा रकमान्तरण गर्नु लगायतका गतिविधि अनुपयुक्त हुन्छ’, चन्दले भने।

धनगढी उपमहानगरपालिका–१ वडाध्यक्ष सन्तोष मुडभरीले नगर सभाबाट पारित गर्नेगरि करको दर तोक्न सक्ने बताए। ‘नगर सभाबाट पछि पारित गराउने गरि कार्यपालिका बैठकले नयाँ करहरु निर्णय गरि लागू गर्न सक्छ। त्यही अनुसार निर्णय भएको हो’, उनले भने। उनले उपमहानगरपालिकाले लगाउन सक्ने अझै पनि धेरै करका क्षेत्रहरु छुटेको बताए।

Ncell 2
Ncell 2

अधिकार क्षेत्रबाहिर गएर सेवा शुल्क लगाउने तयारी
धनगढी उपमहानगरपालिकाले व्यावसायिक प्रयोजनका लागि भारतबाट आयात हुने कृषिजन्य वस्तुहरुमा सेवा शुल्क लगाउने तयारी गरेको छ। 

उपमहानगरपालिकाले भन्सार मोहना नाका भएर आयात हुने कृषिजन्य वस्तु (खाद्यान्न, दलहन र तेलहन)मा सेवा शुल्क लगाउने गरि प्रतिवेदन तयार गरेको हो।

भदौ ३१ गतेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा राजश्व परामर्श समितिले आयात कृषिजन्य वस्तुहरुमा सेवा शुल्क लगाउनका लागि तयार पारेको प्रतिवेदन अनुमोदनका लागि पेस गरेको थियो। सो बैठकले भन्सार कार्यालयसँग खाद्यान्न आयातको विवरण माग गरि अर्को बैठकमा पेस गर्ने निर्णय गरेको छ। 

कार्यपालिकाको बैठकको निर्णय ५ मा भनिएको छ, ‘यस धनगढी उपमहानगरपालिकाको आर्थिक ऐन, २०७९ को दफा १३ बमोजिम यस उपमहानगरपालिकाभित्र व्यावसायिक प्रयोजनका लागि कैलाली भन्सार मोहना नाका भएर आयात गरिने कृषिजन्य मालवस्तुहरु (खाद्यान्न, दलहन र तेलहन)मा सेवा शुल्क लगाउनका लागि मिति २०७९/०५/२७ गतेका दिन राजश्व परामर्श समितिको बैठकबाट अनुमोदनका लागि सिफारिस भइ आएकोमा भारतबाट के–कति मात्रामा आयात हुन्छ भन्सार कार्यालय, कैलालीसँग विवरण माग गरी अर्को वैठकमा पेस गर्ने निर्णय गरियो।’

उपमहानगरपालिकाले संघीय सरकारको कानुन विपरीत आयात हुने खाद्यान्नमा सेवा शुल्क लगाउन लागेको कैलाली भन्सार अधिकृत भीम लिम्बुले बताए। ‘भन्सार शुल्क उठाउने अधिकार संघीय सरकारलाई छ। प्रदेश र स्थानीय तहहरुले नाकाबाट आयात हुने वस्तुहरुमा शुल्क असुल गर्न पाउने अधिकार छैन’, उनले भने, ‘यदि संघीय सरकारसँग बाझिनेगरि प्रदेश तथा स्थानीय सरकारले ऐन ल्याएमा स्वतः निस्क्रिय रहने छ।’

आर्थिक ऐनको दफा १३ मा ‘कृषि तथा माछाजन्य वस्तुको व्यावसायिक कारोबारमा व्यवस्था भए अनुसार सेवा शुल्क लगाइने र असुलउपर गरिने’ उल्लेख छ।

वडाध्यक्ष मुडभरीले धनगढी उपमहानगरपालिकाभित्र आयात हुने तथा नगरबाट निर्यात हुन सक्ने कृषिजन्य, पशुजन्य तथा अन्य वस्तुहरुहरुमा सेवा कर लागू गरि संकलन गर्न सक्ने बताए।

वडा सदस्यलाई पेट्रोल र बैठक भत्ता
धनगढी उपमहानगरपालिकाका वडा सदस्यलाई पेट्रोल र बैठक भत्ता उपलब्ध गराइने भएको छ। उपमहानगरपालिकाले प्रतिवडा कार्यालयका लागि वार्षिक विनियोजन गरेको आठ लाख रकममार्फत् वडा सदस्यहरुको पेट्रोल र भत्ता सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकको निर्णय ११ मा भनिएको छ, ‘चालु आर्थिक वर्ष २०७९/०८० को लागि प्रतिवडा कार्यालयको लागि वार्षिक विनियोजिन आठ लाख बजेटलाई विनियोजन गर्ने निर्णय गरियो।’ सो निर्णय अनुसार कार्यालय सञ्चालनका लागि तीन लाख २४ हजार, कार्यालय प्रयोजनका लागि इन्धनमा एक लाख ८६ हजार विनियोजन गरेको छ। सो इन्धन वडा सदस्य, जेनरेटर र स्थायी कर्मचारीहरुलाई मासिक रुपमा उपलब्ध गराइने छ। ‘वडा सदस्यहरुलाई मासिक १० लिटर पेट्रोल दिने’ निर्णयमा उल्लेख छ।

यस्तै, बैठकले प्रत्येक वडालाई चियापान (विविध) को खर्चमा १८ हजार विनियोजन गर्ने निर्णय गरेको छ भने मोटरसाइकल मर्मतमा ४० हजार रकम विनियोजन गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले जननिर्वाचित जनप्रतिनिधीहरुको दुर्घटना बीमा गर्ने निर्णय गरेको छ। सोही बैठकको निर्णय २४ मा भनिएको छ, ‘यस धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको दश लाख बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरियो।’

उपमहानगरपालिकाको खर्चमा दिल्ली भ्रमण गराउने तयारी
धनगढी उपमहानगरपालिकाको आफ्नै खर्चमा जननिर्वाचित जनप्रतिनिधिहरुलाई भारतको दिल्ली भ्रमण गराउने तयारी गरिएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जनप्रतिनिधिहरुलाई शैक्षिक अवलोकन भ्रमणमा लग्नका लागि उपमहानगरपालिकाले नेपाल सरकारबाट अनुमति माग्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको कार्यपालिका वैठको निर्णय २२ मा भनिएको छ, ‘धनगढी उपमहानगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उपमहानगरपालिकाको मनोनयन एवम् खर्चमा उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसहितको टोली मित्रराष्ट्र भारतको नयाँ दिल्लीको शैक्षिक अवलोकन भ्रमणमा जानका लागि नेपाल सरकारबाट अनुमति माग गर्ने निर्णय गरियो।’

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेताको घरमा पैसा भेटिएको विषय जोड्दै अर्थ मन्त्रालयले सम्झायो नगद कारोबारको कानुनी व्यवस्था सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले... आइतबार, असोज १२, २०८२
आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ। शुक्रबार, असोज १०, २०८२
सरकारी ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.९२ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्