• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नगर सभालाई छल्दै धनगढीमा नयाँ कर

64x64
शेरबहादुर ऐर बिहीबार, असोज १३, २०७९  १२:०३
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले नगर सभालाई छल्दै करको दायरा बढाएर थप नयाँ व्यवसाय शुल्क निर्धारण गरेको छ। नयाँ आर्थिक वर्षका लागि निर्धारण गर्ने करको दर तथा दायरा बृद्धि गर्नलाई नगर सभामा व्यापक छलफल गर्नुपर्ने प्रावधान रहेको छ। तर, उपमहानगरपालिकाले कार्यपालिका बैठकबाटै नयाँ करको दर निर्धारण गरेको हो।

उपमहानगरपालिकाको भदौ ३१ गते बसेको कार्यपालिका बैठकले तीन वटा व्यवसायका करका लागि सिफारिस भएको दररेट अनुमोदन गरेको छ। बैठकको निर्णय नम्बर १० मा भनिएको छ, ‘२७ गतेका दिन बसेको राजश्व परामर्श समितिको बैठकबाट चालु आर्थिक वर्ष ०७९/०८० को वार्षिक व्यवसाय करका लागि सिफारिस भइ आएका व्यवसायका दररेट अनुमोदन गर्ने निर्णय गरियो।’

सो बैठकले थ्रीडि आर्ट ग्यालरी (म्यूजियम)मा तीन हजार, कुनै पनि उद्योग तथा कम्पनीका शाखा लगायत विभिन्न डिपोका लागि १५ हजार र होम डेकोरेटर्सका लागि सात हजार रकम वार्षिक व्यवसाय दररेट अनुमोदन गरेको हो।

उपमहानगरपालिकाले जारी गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनको दफा ४ मा  भनिएको छ, ‘नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा अनुसूची–३ बमोजिम व्यवसाय कर लगाइने र असुलउपर गरिनेछ।’ 

सो आर्थिक ऐनको अनुसूचीमा यी सेवाहरु समेटिएका छैनन्। अर्थशास्त्री डा राजेन्द्र चन्दले उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका व्यापार व्यवसाय, सेवा लगायतमा कर लगाउन सक्ने अधिकार रहेको बताए।

तर, जुन पायो त्यो समयमा नयाँ करका दर र दायरा बढाउने काम गर्न नहुने उनको भनाइ छ। उनले नगर सभामा व्यापक छलफल गरेर मात्र करको दर र दायराहरु बढाउन सक्ने अधिकार रहेको बताए।

‘आर्थिक वर्षको सुरुआतमै करको दर र वार्षिक कार्यक्रम, योजना तयार गरि लागू गर्नुपर्ने हुन्छ। जुन पायो त्यही समयमा कर निर्धारण, योजनामा रकमान्तरण गर्नु लगायतका गतिविधि अनुपयुक्त हुन्छ’, चन्दले भने।

धनगढी उपमहानगरपालिका–१ वडाध्यक्ष सन्तोष मुडभरीले नगर सभाबाट पारित गर्नेगरि करको दर तोक्न सक्ने बताए। ‘नगर सभाबाट पछि पारित गराउने गरि कार्यपालिका बैठकले नयाँ करहरु निर्णय गरि लागू गर्न सक्छ। त्यही अनुसार निर्णय भएको हो’, उनले भने। उनले उपमहानगरपालिकाले लगाउन सक्ने अझै पनि धेरै करका क्षेत्रहरु छुटेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अधिकार क्षेत्रबाहिर गएर सेवा शुल्क लगाउने तयारी
धनगढी उपमहानगरपालिकाले व्यावसायिक प्रयोजनका लागि भारतबाट आयात हुने कृषिजन्य वस्तुहरुमा सेवा शुल्क लगाउने तयारी गरेको छ। 

उपमहानगरपालिकाले भन्सार मोहना नाका भएर आयात हुने कृषिजन्य वस्तु (खाद्यान्न, दलहन र तेलहन)मा सेवा शुल्क लगाउने गरि प्रतिवेदन तयार गरेको हो।

भदौ ३१ गतेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा राजश्व परामर्श समितिले आयात कृषिजन्य वस्तुहरुमा सेवा शुल्क लगाउनका लागि तयार पारेको प्रतिवेदन अनुमोदनका लागि पेस गरेको थियो। सो बैठकले भन्सार कार्यालयसँग खाद्यान्न आयातको विवरण माग गरि अर्को बैठकमा पेस गर्ने निर्णय गरेको छ। 

कार्यपालिकाको बैठकको निर्णय ५ मा भनिएको छ, ‘यस धनगढी उपमहानगरपालिकाको आर्थिक ऐन, २०७९ को दफा १३ बमोजिम यस उपमहानगरपालिकाभित्र व्यावसायिक प्रयोजनका लागि कैलाली भन्सार मोहना नाका भएर आयात गरिने कृषिजन्य मालवस्तुहरु (खाद्यान्न, दलहन र तेलहन)मा सेवा शुल्क लगाउनका लागि मिति २०७९/०५/२७ गतेका दिन राजश्व परामर्श समितिको बैठकबाट अनुमोदनका लागि सिफारिस भइ आएकोमा भारतबाट के–कति मात्रामा आयात हुन्छ भन्सार कार्यालय, कैलालीसँग विवरण माग गरी अर्को वैठकमा पेस गर्ने निर्णय गरियो।’

Xtrem

Xtrem

उपमहानगरपालिकाले संघीय सरकारको कानुन विपरीत आयात हुने खाद्यान्नमा सेवा शुल्क लगाउन लागेको कैलाली भन्सार अधिकृत भीम लिम्बुले बताए। ‘भन्सार शुल्क उठाउने अधिकार संघीय सरकारलाई छ। प्रदेश र स्थानीय तहहरुले नाकाबाट आयात हुने वस्तुहरुमा शुल्क असुल गर्न पाउने अधिकार छैन’, उनले भने, ‘यदि संघीय सरकारसँग बाझिनेगरि प्रदेश तथा स्थानीय सरकारले ऐन ल्याएमा स्वतः निस्क्रिय रहने छ।’

आर्थिक ऐनको दफा १३ मा ‘कृषि तथा माछाजन्य वस्तुको व्यावसायिक कारोबारमा व्यवस्था भए अनुसार सेवा शुल्क लगाइने र असुलउपर गरिने’ उल्लेख छ।

वडाध्यक्ष मुडभरीले धनगढी उपमहानगरपालिकाभित्र आयात हुने तथा नगरबाट निर्यात हुन सक्ने कृषिजन्य, पशुजन्य तथा अन्य वस्तुहरुहरुमा सेवा कर लागू गरि संकलन गर्न सक्ने बताए।

वडा सदस्यलाई पेट्रोल र बैठक भत्ता
धनगढी उपमहानगरपालिकाका वडा सदस्यलाई पेट्रोल र बैठक भत्ता उपलब्ध गराइने भएको छ। उपमहानगरपालिकाले प्रतिवडा कार्यालयका लागि वार्षिक विनियोजन गरेको आठ लाख रकममार्फत् वडा सदस्यहरुको पेट्रोल र भत्ता सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकको निर्णय ११ मा भनिएको छ, ‘चालु आर्थिक वर्ष २०७९/०८० को लागि प्रतिवडा कार्यालयको लागि वार्षिक विनियोजिन आठ लाख बजेटलाई विनियोजन गर्ने निर्णय गरियो।’ सो निर्णय अनुसार कार्यालय सञ्चालनका लागि तीन लाख २४ हजार, कार्यालय प्रयोजनका लागि इन्धनमा एक लाख ८६ हजार विनियोजन गरेको छ। सो इन्धन वडा सदस्य, जेनरेटर र स्थायी कर्मचारीहरुलाई मासिक रुपमा उपलब्ध गराइने छ। ‘वडा सदस्यहरुलाई मासिक १० लिटर पेट्रोल दिने’ निर्णयमा उल्लेख छ।

यस्तै, बैठकले प्रत्येक वडालाई चियापान (विविध) को खर्चमा १८ हजार विनियोजन गर्ने निर्णय गरेको छ भने मोटरसाइकल मर्मतमा ४० हजार रकम विनियोजन गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले जननिर्वाचित जनप्रतिनिधीहरुको दुर्घटना बीमा गर्ने निर्णय गरेको छ। सोही बैठकको निर्णय २४ मा भनिएको छ, ‘यस धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको दश लाख बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरियो।’

उपमहानगरपालिकाको खर्चमा दिल्ली भ्रमण गराउने तयारी
धनगढी उपमहानगरपालिकाको आफ्नै खर्चमा जननिर्वाचित जनप्रतिनिधिहरुलाई भारतको दिल्ली भ्रमण गराउने तयारी गरिएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जनप्रतिनिधिहरुलाई शैक्षिक अवलोकन भ्रमणमा लग्नका लागि उपमहानगरपालिकाले नेपाल सरकारबाट अनुमति माग्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको कार्यपालिका वैठको निर्णय २२ मा भनिएको छ, ‘धनगढी उपमहानगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उपमहानगरपालिकाको मनोनयन एवम् खर्चमा उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसहितको टोली मित्रराष्ट्र भारतको नयाँ दिल्लीको शैक्षिक अवलोकन भ्रमणमा जानका लागि नेपाल सरकारबाट अनुमति माग गर्ने निर्णय गरियो।’

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्