• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

समाजशास्त्रीको दृष्टिकोणमा दशैंको सामाजिक संरचना र विश्वव्यापीकरण 

प्राडा टीकाराम गौतम आइतबार, असोज १६, २०७९  २०:४२
1140x725

हिन्दू नेपालीको महान चाड दशैं मनाउने शैली विस्तारै परिवर्तन हुँदैछ। विगत केही दशकयता दशैं मनाउने तरिकारहरु बदलिएका छन्। आखिर कसरी बदलिँदैछ त दशैं मनाउने तरिका? यो प्रश्नको उत्तरमा जानुअघि यो किन परिवर्तन हुन्छ भन्ने कुराको विषयवस्तु जोड्नु आवश्यक हुन्छ। 

दशैंलाई परम्परागत रुपमा मात्रै हेर्ने हो भने हाम्रो दृष्टिकोण अपूर्ण हुन्छ। किनभने चाडपर्वको महत्व सामाजिक हिसाबले अलग हुन्छन्। साँस्कृतिक हिसाबले अलग हुन्छन्। राजनीतिक हिसाबले अलग हुन्छन्। धार्मिक हिसाबले अलग हुन्छन्। यो परिवर्तनको पाटोलाई व्याख्या गर्दा पनि कुन पक्षबाट हामीले हेर्ने भन्ने कुरा मुख्य हुन्छ।

दशैं–तिहारलगायतका चाडमध्ये कुनै एउटालाई केन्द्रित गरेर हेर्ने हो भने दशैंको आफ्नै धार्मिक महत्व छ। सामाजिक महत्वको पक्ष पनि आफ्नै छ। यसको आफ्नै सांस्कृतिक पक्ष छ। यस्ता विविध पक्षहरुलेमध्ये सामाजिक पाटो अथवा सामाजिक पक्षको कुरा गर्न खोज्दा चाडवाडहरु मान्नका लागि मात्रै अथवा संस्कृति हो भनेर परम्परागत हिसाबले निरन्तरता दिनका लागि मात्र बनेका हुँदैनन्। 

त्यसले समाजमा छुट्टै खालको महत्व राख्छ। अब त्यो महत्वको कुरा गर्दा त्यो चाडसँग जोडिएर मान्छेहरु कसरी भेटघाट गर्छन्। एउटा मान्छेले वा एउटा व्यक्तिले कसरी व्यवहार गर्छ? समूह–समूहबीच कस्तो खालको सम्बन्ध हुन्छ? परिवाहरु बीचमा कस्तो खालको सम्बन्ध हुन्छ भन्ने कुरा हेर्नुपर्छ। 

दशैंलाई धार्मिक आस्थाका हिसाबले शक्तिको पूजा गर्ने अथवा आसुरी शक्तिमाथि विजय प्राप्त गर्ने भन्ने एउटा पाटो होला। तर सामाजिक हिसाबले हेर्दा दशैंको बेलामा कुनै पनि समाजमा रहेका व्यक्तिहरु एकै ठाउँमा बस्ने, विभिन्न किसिमका खानेकुराहरु खाने, नयाँ लुगा लगाउने ‘चलन’ले पनि दशैंको सामाजिक विशेषतालाई बोकेको हुन्छ। त्यति मात्र नभइ दुईभन्दा बढी परिवारबीचमा सम्बन्ध स्थापित गर्ने मौका पनि दशैं बन्छ। 

परिवारबीचको सम्बन्धलाई एकै ठाउँमा ल्याउने, लामो समयसम्म एक किसिमले कमजोर भएका सम्बन्धहरु दशैंको जमघटनले पुन: बलियो हुने पनि एउटा प्रमुख सामाजिक पक्ष हो। पारिवारिक हिसाबले मात्र नभइ समुदायका सदस्यहरु, महिलाहरु, युवाहरु, बालबालिका, बृद्धबृद्धाहरु आपसमा जुट्ने गर्छन्।

दशैंले सामाजिक सद्भाव बढाउने, मेलमिलाप बढाउने र पारिपारिक, सामुदायिक स्तरमा प्रेम र सद्भावलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्छ। 

बजारसँग जोडेर हेर्दा 
दशैं मनाउनका लागि विभिन्न किसिमका सेवा सुविधाहरु दिने, अवसरहरु सिर्जना गरिदिने, ठाउँ–ठाउँमा विभिन्न केन्द्रहरु राखिदिने मात्र नभइ अहिले बजारले समेत दशैं मनाउनका लागि एउटा अवसर सिर्जना गरिदिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जस्तै यहाँहरुले हेर्नुभयो भने, मोटरसाइकल, कार वा अन्य कुराहरु जस्तै कपडा, इलेक्ट्रोनिक्स लगायतका समानमा पनि छुट दिएका हुन्छन् बजारमा भएका पक्षहरुले। 

यसले के गरिदिने भयो भने फरक–फरक खालका क्षमता भएका समाजका विभिन्न प्रकारका व्यक्तिहरुलाई बजारसम्म जोडिदिने, बजारमा आफ्नो अनुकूलतामा हुने सेवाहरुलाई आफूले लिएर उपयोग गर्ने कुरामा पनि यसले जोड्ने काम गर्छ। 

पारिवारिक सद्भाव
दशैंको महत्वलाई तपाईं हामीले हेर्दा यो पारिवारिक सद्भाव, व्यक्तिगत सद्भाव, अनि सामुदायिक हिसाबले राज्यको तहसम्म जोडिन्छ। विभिन्न खाले सामाजिक विविधताभित्र व्यक्तिलाई एक ठाउँमा ल्याउने, समूहलाई एक ठाउँमा ल्याउने र सामाजिक एकता कायम गर्ने कुरामा महत्वपूर्ण भूमिका दशैंले खेलेको देखिन्छ। 

दशैंको परिवर्तन
परिवर्तनको कुरा गर्ने हो भने जसरी सामाजिक संरचना परिवर्तन हुन्छन्। हामीले समाजमा मनाउने जुन खालका सांस्कृतिक पर्वहरु छन् ती हाम्रो क्रियाकलापसँगै परिवर्तन हुँदै जान्छन्। 

Xtrem

Xtrem

किनभने चाडपर्व मनाउने कुरा व्यक्तिले के काम गर्छ? हामी के बाट जीवन निर्वाह गर्छौं? हाम्रो जीविका के बाट चल्छ? भन्ने कुरामा जोडिन्छ। र हिजोको दिनमा सबै एउटा समुदायका व्यक्तिहरु, परिवारका व्यक्तिहरु एकै ठाउँमा बस्ने, सँगै काम गर्ने, त्यहीँ भएको वस्तु उभोग गर्ने, जुन स्थानीय स्तरमा उपलब्ध हुन्थे। 

त्यसैबाट सांस्कृतिक अभ्यास वा क्रियाकलाप गर्ने, चाडपर्व मनाउने कुरामा सिमित थिए। तर, अहिले आएर मान्छे संसारभर छरियो। जसकारण परिवारको मान्छे पनि एक ठाउँमा छैनन्। समुदायका मान्छे पनि एकै ठाउँमा छैनन्। एक ठाउँमा नहुँदा र त्यो जीविका निर्वाह गर्ने जुन हिजो भूमिसँग जोडिको अथवा कृषिसँग मात्र रहेर जुन चाड पर्व मनाउने र आफ्नो जीवन निर्वाह गर्ने पद्धति थियो, त्यो चाहिँ परिवर्तन भयो। 

अर्को प्रणालीमा पविर्तन हुँदाखेरि व्यक्तिले काम गर्ने ठाउँ परिवर्तन भयो। आम्दानी गर्ने कुरा परिवर्तन भयो। जीविका चलाउने माध्यम परिवर्तन हुँदै जाँदा हामीले समाजमा मनाउँदै आएका पर्वमा पनि प्रभाव पर्‍यो।

परिवर्तनको कुरा गर्दा सानो उदाहरण हेरौंः हिजो आफ्नै घरमा उपलब्ध हुने, मानौं बारीमा फल्ने केरा, दूधबाट बनाउने कुराउनी अथवा जे–जे घरमा उलपब्ध हुन्थ्यो। दशैंमा त्यो महत्वपूर्ण हुन्थ्यो। कहिलेकाहिँ उपभोगको दृष्टिकोणले मान्छेले उपयोग गर्ने क्षमता पनि सिमित हुन्थ्यो। त्यस कारण नयाँ कपडा लगाउने, नयाँ चीज खाने कुरा दशैंसँग मात्रै जोडिन्थ्यो। अथवा आफ्नै गाउँ घरमा हुने आफूले पाल्ने खसी बोकाहरु वा कुखुराहरु यस्तो चीजलाई उपयोग गरेर मान्छेले दशैं मनाउँथे। 

अहिले आएर के भइदियो भने दशैं मनाउने कुरा चाहिँ घरपरिवारबाट उत्पादित वस्तुहरुमा सिमित रहेन। संसारभरी जहाँ, जे–जे कुराहरु उत्पादन भएका छन्, ती सबै वस्तुहरुको उपभोग दशैंको बेलामा कसरी गर्ने? भन्ने तिर मान्छे लाग्छ।

त्यसैले हिजोका ती चीजवीजहरु नभइ नयाँ बनेका मिष्ठान्न भण्डारबाट ल्याइन्छ। जो तयारी अवस्थामा पाइनाले घरमा बनाउन झन्झट पनि कम हुने भयो। यस्तै खानाका परिकार मात्रै होइन, अहिले नयाँ लत्ताकपडा पनि छनोट हुन्छ। विश्व बजारमा उत्पादित वस्तु हरेक ठाउँमा पुगेसँगै अब नयाँ त्यो पनि आफ्नो इच्छाअनुसारका छनोट गर्न पाइन्छ। 

त्यसैले दशैंमा के उपहार दिने? अथवा व्यक्तिलाई के सहयोग गर्ने भन्ने कुरा हिजो स्थानीय स्तरमा उत्पादित वस्तुहरुसँग सिमित थियो। त्यो चाहिँ बढेर अहिले बजारसम्म पुग्यो। अथवा नयाँ खालको उत्पादन प्रणालीमा जाँदा सम्बन्धको स्वरुपमा पनि परिवर्तन भयो। 

हिजो खास एउटा ठाउँमा दशैं मनाइन्थ्यो। अहिले संसार भरी दशैं मनाइन्छ। आज दशैं नेपालमा मात्र हैन, दशैं अमेरिकामा छ। अष्ट्रेलियामा छ। त्यो जापानमा पनि छ। त्यो कोरियामा छ। भनेपछि दशैं मनाउने जुन अभ्यास हो, त्यो विश्वव्यापीकरण भयो। हिजो नेपालीले मनाउँथ्यो होला। खास एउटा समूदाय, एउटा धर्मको मान्छेले मनाउँथ्यो होला। आज दशैंको महत्व नेपालमा नेपाली भएको कारणले हामीले यहाँ नेपालीको विशेष चाड भन्छौं। तर, नेपालीहरु जहाँ–जहाँ पुगेँ त्यहाँ दशैं पनि सँगसँगै पुग्यो। 

त्यसले यो विश्वव्यापी बनाउने कुरामा पनि दशैंमा आएको परिवर्तनलाई फरक सन्दर्भसँग जोड्न सकिन्छ। अर्को चाहिँ त्यो परिवर्तनको पाटोलाई हेर्ने कुरा के हो भने जब फरक ठाउँमा मान्छे जान्छ, फरक परिवेशमा व्यक्तिहरु जम्मा हुन्छन्। त्यतिबेला दशैं मनाउने तरिका पनि त्यो सामाजिक सन्दर्भ अनुसार परिवेश अनुसार निर्माण हुन्छ। मैले भन्न खोजेको के हो भने नेपालको सामाजिक संरचना एक खालको छ। जसरी यहाँ बसेर मान्छेले जसरी दशैं मनाउँछन्। त्यो चाहिँ, अमेरिका, जापान, युरोपको कुनै ठाउँमा गएर नेपालीले दशैं मनाउने कुरा त्यहाँको सामाजिक संरचना र परिवेशसँग जोडिन्छ। यसले पनि हिजो हामीले चाडपर्व जसरी मनाउँथ्यौं, त्यो चाडपर्व मनाउने तरिकामा चाहिँ क्रमश परिवर्तन हुँदै जान्छ भन्ने कुराको संकेत गर्छ। 

दशैंको सामाजिक संरचना
समाज परिवर्तनलाई दुईवटा पाटोबाट हेर्नुपर्छ। सामाजिक संरचना भनेको विश्वव्यापी रुपमा ठूलो संरचनामा परिवर्तन आउने र राज्यको राजनीतिक पद्धतिमा आउने परिवर्तनलगायतका कुरासँग मान्छेले गर्ने कुराहरु र व्यवहारसँग मनाउने कुराहरु फेरिन्छन्। 

त्यसैले दशैंको आयामको कुरा गर्दा कुन चाहिँ आयामलाई परिवर्तनको कुरासँग जोडेर हेरेका छौं भन्ने हुन्छ। उपयोगको पक्षबाट दशैंलाई हेर्ने हो भने दशैंमा उपभोग गर्ने पक्षमा परिवर्तन आयो। 

अब एकखाले व्यक्तिहरुको पक्षमा कहाँ जम्मा हुने? कसरी मनाउने? भन्ने कुराले हेर्दा स्थान विशेषको रुपमा परिवर्तन भएको देखियो। अर्को सँगसँगै दशैं परिवार वा एउटा गाउँमा सिमित नभएर बजारदेखि संसारसम्म पुग्यो। त्यसकारण दशैंको कुन आयाममा कस्तो खालको परिवर्तन आयो? भनेर हेर्‍यौं भने, मनाउने तरिका, उपयोग गर्ने चीज, खुशी साँटा–साँट गर्ने तरिका अनि सामाजिक सद्भावको दायरा हिजो नातापाता, इष्टमित्र भन्ने थियो। अब त्यो चाहिँ साथीभाइदेखि काम गर्ने स्थानसम्म पुग्यो। 

पछिल्लो समय अभ्यास भएको कुरा हेर्दा विश्वविद्यालयमा शुभकामना आदान प्रदान गर्ने, दशैं मनाउने, कर्मचारीहरुले शुभकामना दिने, जहाँ–जहाँ मानिसहरु एक ठाउँमा छन्, त्यो सबै ठाउँमा बसेका मान्छेहरुले दशैं लगायतका अरु चाडपर्वहरु मनाउन थालियो। त्यसैले अब दशैं आफ्नो परिवारभित्र या नातागोताभित्र मात्रै सिमित रहेन। 

परिवर्तनको आयामलाई छुट्याएर हेर्नुपर्दा प्रत्येक आयाममा त्यो परिवर्तन देखिन्छ। परिवर्तन आउने कुरा व्यक्तिको चाहना मात्रै होइन, यो त सामाजिक प्रणाली, संरचना, उत्पादन प्रणालीसँग पनि जोडिन्छ। यी आयामहरुमा परिवर्तन आएसँगै हाम्रा पर्वहरु पनि परिवर्तित भएर जान्छन्। मान्छेको विचार, आस्था र उपभोग गर्ने वस्तुमा परिवर्तन आउने कुराले पनि दशैं मनाउने तरिकामा परिवर्तन आएको हो भन्ने लाग्छ।

यो परिवर्तन आउनु स्वभाविक पनि हो। कहिलेकाहिँ के कुरा ठान्छौं भने दशैं मनाउने कुरामा परिवर्तन आएपछि दशैं फेरियो कि हरायो भन्ने चलन हाम्रो समाजमा छ। तर, त्यसलाई त्यसरी बुझ्न हुँदैन। किनभने समाज परिवर्तन हुँदै जाने हो भने त समाजमा व्यक्तिले जे–जे  गर्छ ती सबै कुरामा पनि परिवर्तन आउँछ। परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ। तर, व्यक्तिले परिवर्तित कुरामा आफ्नो क्षमता र आवश्यकता हेरेर मात्र दशैंलगायतका पर्वहरु बनाउनुपर्छ।

अहिले पनि दशैंमा हरेक घरमा एउटा खसी काट्नुपर्छ भन्ने चलन छ। त्यसो हुँदा कमजोर आर्थिक अवस्था भएको परिवारले दशैंको खर्च धान्न सक्दैन। उसका लागि त्यो खसी लगायत नयाँ लत्ताकपडा किन्न कुरामा समस्या पर्छ। जस कारण ऋणको सहारा लिनुपर्ने बाध्यता आइलाग्छ। त्यसैले दशैंलाई बाहिर प्रचार गर्दा र हामीले आफूले वास्तविकतामा बुझेको अनुसार अन्तरक्रिया गर्नु आवश्यक हुन्छ। हामीले हाम्रा चाडपर्वलाई आर्थिक रुपमा सरल र बलियो सम्बन्ध स्थापित गर्ने माध्यमका रुपमा लिनुपर्छ। अरुलाई पनि यसका लागि प्ररेरित गर्नुपर्छ। 

समाजशास्त्रीय दृष्टिकोण
समाजशास्त्रीय दृष्टिकोणले हेर्दा दुई–तीनवटा कुराहरुलाई हेर्न सकिन्छ। धर्मको महत्व भन्नेबित्तिकै विश्वाससँग जोडिन्छ। विश्वाससँग जोडेर हामीले हेर्दा मानविय स्वभावलाई दुई प्रभारले वर्गिकरण गरिएको छ। जसमा एउटा मानव र अर्को दानव। संसारभर मानविय स्वभालाई राम्रो र नराम्रो हिसाबले वर्गिकरण गरिन्छ। राम्रो पाटोले सबैको हित गर्छ भने नराम्रो पाटोले अहित। 

दानवीय पाटोको हिसाबले हेर्दाखेरि व्यक्तिभित्र रहेको आसुरी शक्तिलाई लिइन्छ। त्यो आसुरी शक्तिमाथि विजय भएको भन्नुको अर्थचाहिँ कल्याणकारी समाज निर्माण गर्ने, एउटाले अर्कोलाई सहयोग गर्ने, वा समाजमा मानविय जीवन सरल बनाउने भन्ने हो। 

हामीले कसैलाई नराम्रो व्यवहार गर्‍यौं भने त्यो व्यवहार पराजित हुन्छ भन्ने धार्मिक सन्देश दशैंले दिन्छ। तर यो धार्मिक विश्वास चाहिँ कतातिर आउन आवश्यक छ भने, व्यक्ति–व्यक्तिले, समूह–समूहले आफूभित्र रहेको जुन दानविय तत्व अथवा प्रवृत्ति हुन्छ त्यसलाई नाश गर्नतिर। 

दशैंमा जसरी सम्बन्धमा आफूभन्दा ठूलाबाट आर्शिवाद लिइन्छ नि यसको पनि महत्व छ। एक अर्काप्रति श्रद्धा राख्ने, सम्मान गर्ने र सद्भावमा जिउने तथा सामाजिक सम्बन्ध कायम गर्ने भन्ने सन्देश यसले दिन्छ। दशैंको मौकामा समाजका मानिसहरु एकैठाउँमा जम्मा हुन्छन्। ठूलाबाट आर्शिवाद लिन्छन्, यसले सामाजिक र व्यक्तिगत द्वन्द्वनलाई अन्त्य गर्न सहयोग पुग्छ। 

मासुभात खान दशैं कुर्नु पर्दैन
अहिले मिठो मसिनो खानलाई दशैं नै कुर्नु पर्दैन। बाह्रै महिना आफूलाई मन लागेको वस्तु उपभोग गर्न पाइन्छ। विशेष वस्तु वा परिकार उपभोगका लागि अहिले दशैं नै कुर्नु पर्ने अवस्था छैन। हिजोको जुन स्थिति थियो, त्यसबाट अहिले मानिस मुक्त भइसकेका छन्। 

हिजो दशैंमा जसरी पनि खसी काट्नुपर्ने, नयाँ कपडा किन्नुपर्ने वा मिठो परिकार ग्रहण गर्नुपर्ने बाध्यता त्यो त्यसको आवश्यकता अब छैन।

अहिले आफ्नो अनुकूलता अनुसार मानिसले वस्तु उपभोग गर्छन्। त्यसैले दशैंलाई मानिसले सहज रुपमा सद्भावको पर्वको रुपमा लिन सक्छन्। हिजो भएका बाध्यकारी पाटोहरु हराउँदै जाँदा नराम्रो पाटो गयो भनेर दशैंको परिवर्तनलाई बुझ्नुपर्दछ। 

यद्यपि यो चाड मनाउने कुरा मान्छेको खुशी र सम्बन्धसँग जोडिएको हुन्छ। त्यसैले खुशी कसरी साँट्ने त भन्दा केही मिठो वस्तु खानेकुरा खाने, केही राम्रो चीज लगाउने वा घुमफिर गर्ने विषयसँग जोडिन्छ। 

उपभोग र र सेवासँग जोडेर हेर्दा 
दशैं वर्गीय असमानता र दशैंका बेलामा वस्तु तथा सेवाको उपयोग भन्ने कुरालाई धेरै थोरै व्यक्तिको आर्थिक हैसियतको कुरामा रुपान्तरण भएको छ। परिवर्तन भएको छ। त्यो आर्थिक हैसियत परिवर्तन हुँदा पनि नेपालको सन्दर्भमा पनि निम्न, मध्यम र उच्च सबै वर्गका मान्छेहरुले उपभोग गर्ने केही वस्तु र सेवामा समानता छ। न्यूनतम उपभोग गर्ने वस्तुहरु उस्ताउस्तै छन । 

तर, कतिपय उच्च वर्गका मान्छे अथवा हुने खानेहरुले धेरै खालको चीजहरु उपयोग गर्ने भनेको खास खाने चीज र लगाउने चीज मात्रै हो। र त्योसँग प्रतिस्पर्धा गर्न हुँदैन। आफ्नो गक्ष अनुसार, क्षमता अनुसार जे चीज उपलब्ध हुन्छ, वस्तु र सेवा आफूले उपभोग गर्न सकिन्छ।

त्यो उपयोग गरेर दशैं मनाउने चेतना वा सचेतना आम नागरिकबीचमा हुन जरुरी छ। त्यसैले न्यूनतम आवश्यकताहरु बिहान–बेलुका दुई छाक मिठो खाने वा शरीर ढाक्ने हिसाबले केही राम्रो कुरा लगाउने अनि साथीभाइ र इष्टमित्रहरुबीच भेट हुने कुरा खास न्यूनतम एउटा तहमा हुन्छ। त्यो तहमा सबैले उपभोग गरेर आफूले चित्त बुझाउनु पर्छ। आफू सन्तुष्ट हुनुपर्छ। खुसी हुनुपर्छ भन्ने खालको आम धारणा बन्न जरुरी हुन्छ। 

त्यसका लागि आमसञ्चार माध्यमलगायत जहाँ–जहाँ समूहमा छलफल हुन्छ, त्यहाँ दशैं भनेको खुशी हुनलाई, एक आपसमा सद्भाव राख्नलाई र प्रेम बाँड्नलाई हो भन्ने सन्देश दिनुपर्छ। 

समाजको विविधता र  एकताको सन्देश
अन्तमा दशैंलाई सामाजिक हिसाबले हाम्रो नेपाली समाजमा जुन विविधता छ। नेपाली समाजको विविधतालाई दशैंले एकताबद्ध गर्न सहयोग गर्छ। एउटा राष्ट्रले सबै जनतालाई एक ठाउँमा ल्याउने जे जस्ता नीति तथा कार्यक्रमको अपेक्षा गरेको हुन्छ त्यसलाई दशैंले पूर्ति गर्न सक्छ। 

किनभने दशैंले परिवार र समुदायमा आपसी सद्भाव कायम राख्न निकै महत्वपूर्ण भूमिका निभाउँछ। परिवार र समुदाय एक हुँदा देश एक हुने कुरामा बल पुग्छ। एकै ठाउँमा बस्ने, उस्तै वस्तुको उपभोग गर्ने तथा उस्तै सेवा लिने धारणा अगाडि बढाउँदा नेपाली समाजलाई एकीकृत गर्न दशैंले अझ बढी भूमिका खेल्नसक्छ। 

(समाजशास्त्री प्रा डा टीकाराम गौतमसँग नेपाललाईभका लागि भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  २०:४२
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्