• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ३०, २०८३ Tue, Jul 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पार्टीका नाम नै अनौठा!

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १०, २०७९  १७:५०
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गत साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो। जस अनुसार ८४ वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका थिए। निर्वाचन कार्यक्रमअनुसार, असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाइएको थियो। असोज २३ गतेलाई प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको थियो। अहिले निर्वाचनमा भाग लिने सम्पूर्ण पार्टी र उम्मेदवारको टुंगो लागिसकेको छ।

निर्वाचन आयोगमा विभिन्न समयमा दर्ता भएता पनि कैयौँ दलले निर्वाचनमा भाग लिँदैनन्। त्यसका लागि निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराउँदैनन्। निर्वाचन प्रक्रिया र यसभित्रका विविध पक्षबारे अनुसन्धान गरेका कतिपयले कैयौँ दल त अन्य दलसँग बार्गेनिङका लागि दर्ता गरिने गरिने बताउँछन्। निर्वाचनमा आफ्नो पनि उम्मेदवारी दर्ता गराउने, तर अन्य दलसँग बार्गेनिङ गरेर आफ्नो हित सुनिश्चित गरेर उम्मेदवारी नै फिर्ता लिने उनीहरुको भनाइ पाइन्छ।

विभिन्न राजनीतिक मुद्दा, घटनाक्रम तथा सन्दर्भअनुसार राजनीतिक दलहरुले प्रतिक्रिया व्यक्त गर्ने गर्छन्। आफ्ना पार्टीका नीति तथा सिद्धान्तहरु सार्वजनिक गर्छन् र आम बहसमा लैजान्छन्। तर कैयौँ दलहरु कहिल्यै देखिँदैनन्। उनीहरुको गतिविधि पनि शून्यप्रायः हुन्छ। यसरी अरु बेला आफ्ना गतिविधिका कारण चर्चामा नरहेका वा पार्टीहरु पनि निर्वाचनमा भाग लिइरहेका हुन्छन्।

फरकफरक पार्टीबीच निर्वाचन हुने भएकाले फरकफरक नाम हुनु स्वभाविक भइहाल्यो। तर, कतिपय त अनौठा नामका पनि हुन्छन्। अनौठा यसकारण कि, ती नियमित प्रयोगमा आउँदैनन् वा नाममै अनौठा र खासै प्रयोगमा नआउने शब्द प्रयोग गरिएका हुन्छन्। मूलधारका पार्टीको नामको जुन शब्दशैली छ, त्यसभन्दा पनि अलग हुन्छन्। आफ्नो नामलाई आमरुपमा परिचित गराउन पनि उनीहरुको भूमिका देखिँदैन। यहाँ पछिल्ला निर्वाचनमा भाग लिएका यस्तै नामहरुको चर्चा गरिन्छ।

यसपटकको प्रतिनिधि सभा निर्वाचनको बन्दसूची बुझाउने ४८ वटा र प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने दलमध्ये केही नामहरु अनौठा र रोचक छन्। जस्तै, नेपाल आमा पार्टी, मौलिक जरोकिलो पार्टी, आमुल परिवर्तन मसिहा पार्टी, पीछडावर्ग निषाद दलित जनजाति पार्टी, मितेरी पार्टी नेपाल, इतिहासिक प्रजातान्त्रिक पार्टी, नेपालवाद,। पार्टीको नाममै स्वतन्त्र राख्ने प्रचलन पनि यसपटक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी भर्खरै दर्ता भएर निर्वाचनमा भाग लिन लागेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

पहिचानको आन्दोलन अघि बढेसँगै विभिन्न समुदाय केन्द्रित भएर पनि पार्टीको नाम राख्न थालिएको छ। जस्तै, नेपाल दलित पार्टी, पीछडावर्ग दलित जनजाति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, किरात खम्बुवान पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), तामाङसालिङ लोकतान्त्रिक पार्टी। यीमध्ये केही दल प्रतिनिधि सभा र केही फरक–फरक प्रदेश सभा निर्वाचनमा भाग लिँदैछन्। दोस्रो संविधान सभाको निर्वाचनमा यसरी पहिचान झल्काउने नामहरु अझै धेरै थिए।

अन्तर्राष्ट्रिय सिद्धान्त र विचारलाई पार्टीको नामसँग जोड्ने क्रम पुरानै हो। चल्तीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा माले जस्ता पार्टीका नाममा त्यसैगरी विश्वव्यापी रुपमा फैलिएका विचार वा व्यक्तिको नाम जोडिन्छ। तर दक्षिण देश भारतका नेतासँग नाम मिलाएर पार्टी गठन गर्ने प्रचलन खासै छैन। यसपटकको निर्वाचनमा भने  गान्धीवादी पार्टी नेपालले पनि भाग लिँदैछ। 

नेपालकै नेताको नाम पनि पार्टीको नामसँग जोडेको पाइन्छ, अहिले। जस्तै, नेपाली कांग्रेस (बीपी), नेपाल मार्क्सवादी (पुष्पलाल)। बीपी प्रजातान्त्रिक धारका अग्रणी नेता हुन् भने पुष्पलाल कम्युनिस्ट धारका। दुवै नेताको निधन भइसकेको छ। रोचकचाहिँ ती नेता तत्कालीन समयमा आबद्ध भएको मूल शक्तिले नभइ अरुले उनीहरुको नाम राखेको पाइन्छ।

धेरैजसो पार्टीहरुले आफ्नो नाममा राखेको साझा शब्द हो, नेपाल कम्युनिस्ट पार्टी वा नेकपा, समाजवादी, नेपाल। कम्युनिस्ट पार्टीहरुले आफ्नो नाममा कुनै न कुनै किसिमले कम्युनिस्ट शब्द प्रयोग गर्ने गरेका छन्। अर्कोतिर, समाजवादी शब्द त झन् साझा प्रयोग गरिने शब्द जस्तो भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेकपा एमाले, नेकपा परिवर्तन, नेकपा माले, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी समाजवादी जस्ता कम्युनिस्ट नाम राखिएका पार्टीहरुले निर्वाचनमा भाग लिँदैछन्। नाममै कम्युनिस्ट नराखिएता पनि कम्युनिस्ट भनिने दलहरु नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा जस्ता पार्टी पनि निर्वाचनमा भाग लिँदैछन्।

समाजवादी नामका पार्टी पनि प्रशस्तै छन्। लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), नेकपा समाजवादी, नेपाल संघीय समाजवादी जस्ता पार्टीकै नाममा समाजवादी शब्द जोडिएका छन्। अझ एउटा पार्टीको नाममा समाजवादको अघिल्तिर जन पनि थपिएको छ- जनसमाजवादी पार्टी।

पार्टीका कतिपय नाममा तत्कालीन सन्दर्भ वा चर्चाको विषयले प्रभाव पनि प्रभाव पारेको जस्तो देखिन्छ। जस्तै, अहिलेको संविधानको लक्ष्य नै समाजवाद हो। त्यसैले पार्टीहरुले समाजवादी शब्दलाई प्रयोग गरेका हुनसक्छन्। जस्तो कि, यसअघि संघीयताको चर्चा हुँदा त्यसलाई नरुचाउने कतिपयले त्यसको ‘काउन्टर’ झल्किने गरी पार्टीको नाममा अखण्ड जोडेको पाइन्थ्यो। त्यसै क्रममा अखण्ड नेपाल पार्टी, अखण्ड सुदूरपश्चिम नेपाल जस्ता नामका पार्टी खुलेका थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १७:५०
  • #निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‌को निर्णय
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‌को निर्णय मंगलबार, असार ३०, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
पाँच दिनपछि बढ्यो सेयर बजार मंगलबार, असार ३०, २०८३
प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ सोमबार, असार २९, २०८३
सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन मंगलबार, असार ३०, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता सोमबार, असार २९, २०८३
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै सोमबार, असार २९, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्