• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
सन्दर्भ : विश्व पर्यटन दिवस

पर्यटन विकासमा पूर्वाधार तगारो, सरकारलाई छैन हतारो

64x64
शेरबहादुर ऐर मंगलबार, असोज ११, २०७९  १०:४१
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशलाई पर्यटन विकासको राम्रो सम्भावना भएको प्रदेशका रूपमा लिइन्छ। र, हो पनि। त्यति मात्र होइन सुदूपश्चिमलाई सुन्दरपश्चिमको उपमाले पनि चिन्ने गरिन्छ। सुदूरपश्चिम प्रदेशमा तराईका दुई तथा पहाडका सात जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ), ग्रामीण पर्यटन लगायतको राम्रो सम्भावना छ। 

तर, आवश्यक पूर्वाधारको कमिका कारण पर्यटन विकासले गति लिन सकेको छैन। पर्यटन व्यवसायीहरू आवश्यक पूर्वाधारको कमीका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर रहेको बताउँछन्।

सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह तथा संघीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो छ। पर्यटन व्यवसायी किशोर खडकाले भने, ‘प्रदेशका पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज छैन। तर, प्रदेश सरकारले त्यसमा ध्यान दिएको छैन।’

उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन शीर्षकका नाममा स–साना मन्दिरहरूमा मात्रै बढी बजेट विनियोजन गरिरहेको बताए। पर्यटन व्यवसायी खड्काले भने, ‘यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहेपनि पर्यटकलाई खाने बस्ने, यातायात लगायतका सुविधा कसरी पुर्‍याउने भन्ने चुनौती छ।’

सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भू–भाग समेटिएको प्रसिद्ध खप्तड रहेको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा र्‍याफ्टिङको निकै सम्भावना छ। त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोदावरी धाम, शिवपुरीधाम आदि महत्त्वपूर्ण गन्तव्य छन्।

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, वैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन्।

यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभुषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन्।

प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधा सम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रुपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भएपनि पहाडी जिल्लामा पूर्वाधार विकास हुन सकेको छैन। जसका कारण पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसिएसन (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंह बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रदेशमा बढी भारतीय नागरिक आवतजावत गरिरहेका छन्। तर, उनीहरुलाई पनि तराईका दुई जिल्ला बाहेक पहाडी जिल्लामा पुगाउन सकिएको छैन’, उनले भने।

Badimalika1664254445.jpg

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले पर्यटकको संख्या बढाएर मात्र नभई लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘पर्यटक आएर मात्र हुँदैन। उनीहरुलाई धेरै दिनसम्म पर्यटकीय क्षेत्रमा भुलाउन सकेमा उनीहरुबाट प्रदेश तथा स्थानीय सरकारले आम्दानी गर्न सक्छ।’ उनले अहिले भारतीय पर्यटक कैलाली र कञ्चनपुरमा आउने तर, केही खर्च नगरी फर्कने अवस्था रहेको बताए।

उनले भारतबाट आउने पर्यटकहरुलाई सुरक्षा निकायहरुले पनि सहज वातावरण बनाउनु पर्ने बताए। उनले भने, ‘नाकाबाट कोही भारतीय नागरिक यस प्रदेशमा घुम्न आउन खोज्दा त्यहीँ दुःख पाउँछन्। यसले गर्दा उनीहरु दोस्रो पटक यहाँ प्रवेश गर्न मान्दैनन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धनगढी : पाँच वर्षदेखि उही कार्यक्रम
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष ०७९/८० सम्म ल्याएको नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा पर्यटनका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

उपमहानगरपालिकाले पर्यटन विकासका लागि आर्थिक वर्ष २०७४/७५ को नीतिलाई निरन्तरता दिने गरि २०७९/८० सम्मको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। उपमहानगरपालिकाका सूचना अधिकारी नरेन्द्र बहादुर खातीले भने, ‘नीतिमा पर्यटन क्षेत्रको विकासका राम्रा कार्यक्रम छन्, तर बजेट विनियोजन गरिएको छैन।’ 

धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्ने योजना आर्थिक वर्ष २०७४/७५ मा अघि सारेको थियो। तर, त्यस समयमा कुनै पनि काम अघि बढेन। उनले भने, ‘साइकल ट्रयाक खोल्ने नीतिमा उल्लेख छ तर, बजेट छैन।’ उनले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म पनि बजेट नहुँदा कार्यान्वयन हुन नसकेको बताए।

उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। सामुदायिक वन भित्रबाट बग्ने कैलाली खोलासहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्रयाक निर्माण गर्न जनाइएको छ।

‘वडा नम्बर ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हुँदै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण गरिने छ’ उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ति, सार्वजनिक जग्गामा रहेको वनलाई बृहत धनगढी पार्क निर्माणका लागि अघि बढाइने उल्लेख छ।

त्यस्तै, उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार भ्यू टावर तथा घण्टाघर निर्माणलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नेतुवा ताल, जाखोरतार, तिल्केताल, बेलाताल, वेहडाबाबा ताल, चौफेरी ताल, सुन्दरीताल र नथनी ताल, कथनी ताल लगायत विभिन्न वडामा रहेका तालहरूलाई पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने नीतिलाई पनि निरन्तरता दिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आदर्श सामुदायक वनमा जडीबुटी खेतीको प्रारम्भ गरि सोही वनमा पिकनिक स्थल निर्माण गर्ने कार्यको थालनी गर्ने, पर्यटन प्रवद्र्धनका लागि होमस्टेको नीति प्रवद्र्धन गर्ने, भादा होमस्टेलाई थप प्रवर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक केन्द्रको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता दिएको छ।

उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार क्षेत्रको विकास गर्ने भने पनि वार्षिक कार्यक्रम पुस्तिकामा अन्य ताल तथा मन्दिरहरुमा बजेट समावेश गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरण भएका कार्यक्रममा उपमहानगरपालिको नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रम समावेश छैनन्। उपमहानगरपालिकाको वार्षिक पुस्तिका कार्यक्रममा विभिन्न वडामा रहेका मन्दिर मर्मत, पर्खाल निर्माण, व्यवस्थित ताल बनाउने भन्दै बजेट विनियोजन गरिएको उल्लेख छ।

Ghodaghodi1664254445.jpg

प्राथमिकतामा घोडाघोडी ताल
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको विकासका लागि घोडाघोडी नगरपालिकाले प्राथमिकता राखेको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा भनिएको छ, ‘घोडाघोडी तालको पर्यटन लवकासका तालको सौन्दर्यकरण र पानीका फोहरासहितको गार्डेन निर्माण गरिने छ।’

कैलालीको घोडाघोडी धार्मिक र पर्यटकीय हिसाबले सुन्दरस्थल मानिन्छ। पूर्व–पश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने बिरलै हुन्छन्। नाम मात्र सुनेका पर्यटकको पनि यसले ध्यान खिच्ने गरेको छ।

चार मिटर औषत गहिरो रहेको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ। ताल आसपास रहेका अन्य १३ स–साना तालहरूसमेत गरेर घोडाघोडी सिमसार क्षेत्रका रुपमा रहेको छ। घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल २४८ हेक्टर रहेको छ। यसको कूल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ। ताल छेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ। घोडाघोडी  ताल र मन्दिरको अवलोकन दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्।

घोडाघोडी घुमघाम गर्न पर्यटकहरूलाई कुनै असुविधा हुँदैन। घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटेलहरू सञ्चालनमा छन्। गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ। यो क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन गुरुयोजना तयार गरेको नगरपालिकाले जनाएको छ।

घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित छन्। त्यस्तै, रैथाने प्रजातिका माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजननस्थल पनि घोडाघोडी ताल बनेको छ। ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जंगली धान समेत पाइन्छ।

घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजातिका घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति छन्। सदरमुकाम धनगढीदेखि एक घण्टा र नेपालगञ्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ।

कैलालीका पर्यटकीय स्थल
कैलाली बढी सामुदायिक वन, ताल तलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी  ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाती, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो।

कैलालीमा १३ वटा स्थानीय तहले ताल, पार्क तथा मन्दिरलाई पर्यटकिय गन्तव्य बनाइरहेका छन्। जिल्लामा थारु समुदायको कलासंस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहँदै आएको छ।

जिल्लाका हरेक स्थानीय तहमा पर्यटनको प्रचुर सम्भावना रहेको छ। स्थानीय तहहरूले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन्।

गोदावरी नगरपालिकाको गोदावरी धाम, हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निक स्थल, मछेली नदी पर्यटकीय सम्भावना क्षेत्र रहेको पर्यटक व्यवसायीहरू बताउँछन्।

गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रयास भइरहेको छ।

त्यस्तै, घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचीमा सूचीकृत घोडाघोडी  ताल रहेको छ। घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी सामुदायिक वन, तालतलैया रहेका छन्।

भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ। तीनवटै स्थानीय तहले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने नीति लिइने उल्लेख गरेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिकाले कर्णाली नदीमा र्‍याफटिङलाई जोड दिएको छ। बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रित गरेको छ।

त्यस्तै, कैलारी गाउँपालिकाले बनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोइलही ताल, सामरचौरा गाउँमा होमस्टे सञ्चालन र शिव मन्दिर खरेटी गाउँमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ।

जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरबार, कम्पासे धुरा, रातीपहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरि... मंगलबार, असोज २७, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्