• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

धनगढीका व्यवसायी भन्छन्– उपमहानगरले विस्थापित गर्न खोज्यो

64x64
शेरबहादुर ऐर सोमबार, असोज १०, २०७९  १०:५२
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले विकल्प नदिई सडक संरचना हटाउन भनेको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्। उपमहानगरपालिकाले व्यवसायीलाई विस्थापित पार्ने प्रयास गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। 

उपमहानगरपालिकाले असोज मसान्तभित्र कैलालीपुलदेखि क्याम्पसरोडसम्मका सडकको ३० मिटर क्षेत्रभित्र पर्ने भौतिक संरचना खाली गर्न भदौ १३ गते सूचना जारी गरेको थियो। तर, अहिलेसम्म व्यवसायी तथा घरधनीहरुले भौतिक संरचना हटाउन थालेका छैनन्।

कैलाली उद्योग वाणिज्य संघले सो सडक संरचनाभित्र पर्ने व्यवसायीहरुसँग आइतबार छलफल गरेको थियो। छलफलमा व्यवसायीहरुले कोभिड महामारीका कारण व्यवसाय नै धरापमा परेका बेला उपमहानगरपालिकाको निर्णयले व्यवसायीहरु विस्थापित हुने अवस्था आउने बताए।

धनगढीको मुख्य बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका टेकलाल श्रेष्ठले व्यवसाय घाटामा जाँदा बैंकको ब्याज तिर्न पनि नसकिरहेको बताए।

उनले भने, ‘सरकारको अहिलेको नयाँ मौद्रिक नीतिले लयमा फर्कन लागेको व्यवसाय थप मारमा रहेको छ। बैंकको ब्याज नै तिर्न नसक्ने अवस्थामा रहेको यस समयमा उपमहानगरपालिकाले जारी गरेको सूचनाले व्यवसायीलाई समस्या भइरहेको छ।’ उनले व्यक्तिको कुनै पनि घरमा क्षति नहुने गरी सडक विस्तार गर्ने कार्यमा सहयोग गर्ने बताए। 

मुख्य बजारमा व्यवसायी गरिरहेका विनोद कुमार शाहले उपमहानगरपालिकाले आफूखुशी केही व्यक्तिको स्वार्थमा परेर व्यवसायीहरुलाई दुःख दिने काम गर्न लागेको आरोप लगाए। 

‘भत्किने घर पछाडि रहेका घर धनीहरु सडकको संरचना ३० मिटर नै हुनुपर्छ भनिरहेका छन्। यस्तै व्यक्तिको स्वार्थमा परेर उपमहानगरपालिकाले व्यवसायीलाई कुनै विकल्प नदिई गलत कदम अघि बढाएको छ’, उनले भने।

उनका अनुसार उपमहानगरपालिकाले कार्यपालिकाको बैठकमा कुनै निर्णय नगराई एक्कासी पत्रपत्रिकामार्फत् सूचना जारी गराएको थियो। उनले भने, ‘कुन कानुनमा रहेर सडक संरचनाको क्षेत्राधिकार ३० मिटर तोकिएको हो? कार्यपालिका बैठकबाट निर्णय नगराएर व्यवसायीहरुलाई धम्काउने गरि संरचना खाली गर्न भनी समयावि दिइएको छ। त्यो मान्य हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

उपमहानगरपालिकाले सूचना जारी गरेदेखिनै केही व्यापारी तथा घरधनीहरुले विभिन्न चरणका बैठक बसाएका थिए। तर, व्यवसायी र घरधनीहरु एकमत नभएको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश लम्सालले बताए। ‘घरधनीहरु व्यवसायीको पक्षमा केही सहमति गरेर आउँछन् कि भनेर संघ कुरेर बसेको थियो। तर, घरधनीहरुले सहकार्य नगरेपछि व्यवसायीको पक्षमा संघले आवाज उठाउनुपर्ने आवश्यक देखिएको हो’, उनले भने।

व्यवसायी ईश्वरप्रसाद खतिवडाले उपमहानगरपालिकाले बजेटको सुनिश्चितता नै नगरी सूचना जारी गरेको गुनासो गरे। ‘सडकको ३० मिटर खाली गर भनेर सूचना जारी गरेको छ। घरधनीले घर भत्काउलान् तर, सडक बनाउन स्रोतको त आवश्यक पर्छ। त्यसबारे अहिलेसम्म टुङ्गो लागेको छैन। यसले संरचना भत्काएपनि सडक बन्छ भन्ने ग्यारेण्टी समेत भएन’, उनले थपे। 

उपमहानगरपालिकाले सो सडक आफ्नै स्रोतमा निर्माण गराउने दाबी गरिरहेको छ। तर, विभिन्न क्षेत्रबाट सहयोग भने अहिलेसम्म पाइरहेको छैन। यसले गर्दा सडक निर्माण गर्दा बजेट अभाव देखिने निश्चित रहेको उनको भनाइ छ।

व्यवसायी टेकेन्द्र जोशीले उपमहानगरपालिकाले सडक मिचिएको क्षेत्र हटाउनमा ध्यान नदिई मुख्य सडक चौडा गर्ने नाममा व्यवसायीलाई पीडा दिन खोजिरहेको बताए। ‘उपमहानगरपालिकाले सूचना जारी गरेपश्चात मुख्य बजारका व्यवसायीहरुलाई उधारोमा सामान थप्न समस्या भइरहेको छ’, उनले भने, ‘सडक भत्किन्छ। तिमीहरुको व्यवसाय सकियो भन्दै सहकारी तथा बैंकहरुले एकमुष्ट रकम तिर्न पत्र पठाइरहेका छन्। एकातिर व्यवसायीले सामान पाएका छैनन् भने अर्कोतिर बैंक तथा सहकारीको असुली आर्थिक मारमा पारिरहेको छ।’

Xtrem

Xtrem

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले उपमहानगरपालिकाका निर्णयहरु व्यवसायीमैत्री बन्न नसकिरहेको बताए। उनले प्लाष्टिकजन्य सामग्रीहरु निषेध, व्यवसायीहरुसँग छलफलनै नगरी सडक संरचनामा परेका भौतिक संरचना खाली गर्न जारी गरिएको सूचना लगायतका उपमहानगरपालिकाको गतिविधि व्यवसायीमैत्री नरहेको बताए।

उनले संघका पदाधिकारीले पहिलो चरणमा उपमहानगरपालिकाका प्रमुख गोपल हमालसँग बसेर छलफल तथा ध्यानाकर्षण गराउने बताए। उनले भने, ‘नगर प्रमुखसँग निर्णय सच्याउन भनी आग्रह गर्छौं। त्यसपश्चात उहाँको गतिविधि जसरी अघि बढ्छ, संघले पनि त्यही अनुसार कदम चाल्छ।’

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्