• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

धनगढीका व्यवसायी भन्छन्– उपमहानगरले विस्थापित गर्न खोज्यो

64x64
शेरबहादुर ऐर सोमबार, असोज १०, २०७९  १०:५२
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले विकल्प नदिई सडक संरचना हटाउन भनेको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्। उपमहानगरपालिकाले व्यवसायीलाई विस्थापित पार्ने प्रयास गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। 

उपमहानगरपालिकाले असोज मसान्तभित्र कैलालीपुलदेखि क्याम्पसरोडसम्मका सडकको ३० मिटर क्षेत्रभित्र पर्ने भौतिक संरचना खाली गर्न भदौ १३ गते सूचना जारी गरेको थियो। तर, अहिलेसम्म व्यवसायी तथा घरधनीहरुले भौतिक संरचना हटाउन थालेका छैनन्।

कैलाली उद्योग वाणिज्य संघले सो सडक संरचनाभित्र पर्ने व्यवसायीहरुसँग आइतबार छलफल गरेको थियो। छलफलमा व्यवसायीहरुले कोभिड महामारीका कारण व्यवसाय नै धरापमा परेका बेला उपमहानगरपालिकाको निर्णयले व्यवसायीहरु विस्थापित हुने अवस्था आउने बताए।

धनगढीको मुख्य बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका टेकलाल श्रेष्ठले व्यवसाय घाटामा जाँदा बैंकको ब्याज तिर्न पनि नसकिरहेको बताए।

उनले भने, ‘सरकारको अहिलेको नयाँ मौद्रिक नीतिले लयमा फर्कन लागेको व्यवसाय थप मारमा रहेको छ। बैंकको ब्याज नै तिर्न नसक्ने अवस्थामा रहेको यस समयमा उपमहानगरपालिकाले जारी गरेको सूचनाले व्यवसायीलाई समस्या भइरहेको छ।’ उनले व्यक्तिको कुनै पनि घरमा क्षति नहुने गरी सडक विस्तार गर्ने कार्यमा सहयोग गर्ने बताए। 

मुख्य बजारमा व्यवसायी गरिरहेका विनोद कुमार शाहले उपमहानगरपालिकाले आफूखुशी केही व्यक्तिको स्वार्थमा परेर व्यवसायीहरुलाई दुःख दिने काम गर्न लागेको आरोप लगाए। 

‘भत्किने घर पछाडि रहेका घर धनीहरु सडकको संरचना ३० मिटर नै हुनुपर्छ भनिरहेका छन्। यस्तै व्यक्तिको स्वार्थमा परेर उपमहानगरपालिकाले व्यवसायीलाई कुनै विकल्प नदिई गलत कदम अघि बढाएको छ’, उनले भने।

उनका अनुसार उपमहानगरपालिकाले कार्यपालिकाको बैठकमा कुनै निर्णय नगराई एक्कासी पत्रपत्रिकामार्फत् सूचना जारी गराएको थियो। उनले भने, ‘कुन कानुनमा रहेर सडक संरचनाको क्षेत्राधिकार ३० मिटर तोकिएको हो? कार्यपालिका बैठकबाट निर्णय नगराएर व्यवसायीहरुलाई धम्काउने गरि संरचना खाली गर्न भनी समयावि दिइएको छ। त्यो मान्य हुँदैन।’

Ncell 2
Ncell 2

उपमहानगरपालिकाले सूचना जारी गरेदेखिनै केही व्यापारी तथा घरधनीहरुले विभिन्न चरणका बैठक बसाएका थिए। तर, व्यवसायी र घरधनीहरु एकमत नभएको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश लम्सालले बताए। ‘घरधनीहरु व्यवसायीको पक्षमा केही सहमति गरेर आउँछन् कि भनेर संघ कुरेर बसेको थियो। तर, घरधनीहरुले सहकार्य नगरेपछि व्यवसायीको पक्षमा संघले आवाज उठाउनुपर्ने आवश्यक देखिएको हो’, उनले भने।

व्यवसायी ईश्वरप्रसाद खतिवडाले उपमहानगरपालिकाले बजेटको सुनिश्चितता नै नगरी सूचना जारी गरेको गुनासो गरे। ‘सडकको ३० मिटर खाली गर भनेर सूचना जारी गरेको छ। घरधनीले घर भत्काउलान् तर, सडक बनाउन स्रोतको त आवश्यक पर्छ। त्यसबारे अहिलेसम्म टुङ्गो लागेको छैन। यसले संरचना भत्काएपनि सडक बन्छ भन्ने ग्यारेण्टी समेत भएन’, उनले थपे। 

उपमहानगरपालिकाले सो सडक आफ्नै स्रोतमा निर्माण गराउने दाबी गरिरहेको छ। तर, विभिन्न क्षेत्रबाट सहयोग भने अहिलेसम्म पाइरहेको छैन। यसले गर्दा सडक निर्माण गर्दा बजेट अभाव देखिने निश्चित रहेको उनको भनाइ छ।

व्यवसायी टेकेन्द्र जोशीले उपमहानगरपालिकाले सडक मिचिएको क्षेत्र हटाउनमा ध्यान नदिई मुख्य सडक चौडा गर्ने नाममा व्यवसायीलाई पीडा दिन खोजिरहेको बताए। ‘उपमहानगरपालिकाले सूचना जारी गरेपश्चात मुख्य बजारका व्यवसायीहरुलाई उधारोमा सामान थप्न समस्या भइरहेको छ’, उनले भने, ‘सडक भत्किन्छ। तिमीहरुको व्यवसाय सकियो भन्दै सहकारी तथा बैंकहरुले एकमुष्ट रकम तिर्न पत्र पठाइरहेका छन्। एकातिर व्यवसायीले सामान पाएका छैनन् भने अर्कोतिर बैंक तथा सहकारीको असुली आर्थिक मारमा पारिरहेको छ।’

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले उपमहानगरपालिकाका निर्णयहरु व्यवसायीमैत्री बन्न नसकिरहेको बताए। उनले प्लाष्टिकजन्य सामग्रीहरु निषेध, व्यवसायीहरुसँग छलफलनै नगरी सडक संरचनामा परेका भौतिक संरचना खाली गर्न जारी गरिएको सूचना लगायतका उपमहानगरपालिकाको गतिविधि व्यवसायीमैत्री नरहेको बताए।

उनले संघका पदाधिकारीले पहिलो चरणमा उपमहानगरपालिकाका प्रमुख गोपल हमालसँग बसेर छलफल तथा ध्यानाकर्षण गराउने बताए। उनले भने, ‘नगर प्रमुखसँग निर्णय सच्याउन भनी आग्रह गर्छौं। त्यसपश्चात उहाँको गतिविधि जसरी अघि बढ्छ, संघले पनि त्यही अनुसार कदम चाल्छ।’

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्