काठमाडौं– पछिल्लो समय ताइवान अमेरिका र चीनको विवादको केन्द्रमा रहेको छ। ताइवान यसरी विवादको केन्द्रमा पर्नुको धेरै कारणमध्ये एक हो ‘चिप’ निर्माण। विश्वभर निर्यात हुने चिप यो देशमा निर्माण हुने गर्दछ।
डिजिटल विश्वको महत्वपूर्ण एक हिस्सा चिप निर्माण गर्ने देश भएकाले पनि ताइवानलाई चीनले गुमाउन चाहेको छैन भने अमेरिकाले पनि आफ्नो पकड कायम राख्न खोजेको छ।
भारतको आफ्नो सिलिकन भ्याली अब एक कदम पछाडी मात्र रहेको छ। भारतले अब आफ्ना नागरिकको डिजिटल आवश्यकता मात्र पूरा गर्नेछैन दोस्रो देशलाई पनि बिक्री गरेर आर्थिक उपार्जन पनि गर्न सक्नेछ।
चिप मगाउनेदेखि चिप बनाउनेसम्मको यो यात्रा अब आधिकारीक रुमपा सुरु भएको भारतले घोषणा गर्न लागेको छ। वेदान्त समूहका चेयरम्यान अनिल अग्रवालले ताइवानको कम्पनी फक्सकोनसँग ‘ज्वाइन भेन्चर’ घोषणा गर्दै अब भारतमै चिप निर्माण गर्ने दाबी गरेका छन्।
भारतको अहमदाबादमा यसको कार्यालय राखिने भनिएको छ। यो प्रोजेक्टमा १.५४ लाख करोड लगानी हुने भएको छ। ज्वाइन्ट भेन्चरमा वेदान्तको हिस्सा ६० प्रतिशत हुने छ भने ताइवानको कम्पनीको ४० प्रतिशत हिस्सा हुने छ। यो पछिल्लो वर्षमा भएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो।
आफ्नो गृहनगर गुजरातमा यो आयोजना सुरु हुन लागेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खुशी व्यक्त गरेका छन्। उनले यो सहमतिले भारतको सेमिकन्डक्टर बनाउने महत्वकांक्षा पूरा गर्ने दिशामा अहम रहेको बताए। उनले १.५४ लाख करोड रुपैयाँको लगानीले अर्थव्यवस्थाको गति दिनुका साथै ठूलो मात्रामा रोजगारी दिने प्रधानमन्त्री मोदीले अपेक्षा व्यक्त गरेका छन्।
कति महत्वपूर्ण छ सेमीकन्डक्टर?
मोबाइल, रेडियो, टिभि, वासिङ्ग मेशिन, कार, फ्रिज र एसीजस्ता इलेक्ट्रानिक वस्तु सायदै कुनै होलान् जसमा सेमीकन्डक्टरको प्रयोग नभएको होस्। यो दैनिक भइसकेको छ। यसको कमी हुँदा अहिले दुनियाँ नै खल्लो लाग्ने भएको छ।
सेमीकन्डक्टर या चिप बनाउने एक खास विधि हुन्छ, जसलाई डोपिङ भनिन्छ। यसमा पूर्ण सेमीकन्डक्टरमा केही पदार्थ राखिन्छ र पदार्थको कन्डक्टीभिटी(चालकता)मा बदलिन्छ। चिप र डिस्प्ले फेब्रिकेशनमा अहिले चीनको एक्लो दबदबा छ। चीन, हङ्गकङ्ग, ताइवान र दक्षिण कोरियाले विश्वभर चिप एवं सेमीकन्डक्टरको आपूर्ति गर्दछन्।
चीनको अर्थव्यवस्थामा चिप निर्यातको एक ठुलो हिस्सा छ। चीनले कसरी अमेरिकासहितका विश्वका देशहरुलाई सिलिकन चिप बेचेर आफ्नो ढुकुटी भरेको छ भनेर प्र्रशंसा हुने गरेको छ। चीन र भारत अहिले विश्वको दुई ठूलो जनसंख्या भएका देश हुन्। यही अवस्था स्मार्टफोन निर्माणमा पनि रहेको छ। चीन यो दौडमा एक नम्बरमा रहेको छ भने भारत दोस्रो नम्बरमा रहेको छ।
भारतले सेमीकन्डक्टरमा शतप्रतिशत नै आयात गर्ने गरेको छ। भारतले प्रत्येक वर्ष १.९० लाख करोड रुपैयाँको सेमीकन्डक्टर दोस्रो देशबाट आयात गर्दछ। त्यसमध्ये धेरै हिस्सा चीनको रहेको छ।
वेदान्त सेमीकन्डक्टर्सका प्रबन्ध निर्देशक आकर्ष हेब्बारले ज्वाइन्ट भेन्चर सहमतिपछि प्रस्तावित निर्माण इकाईमा २८ नानोमिटर टेक्नोलोजी नोड्सको उत्पादन हुने बताए। स्मार्टफोन, आईटी टेक्नोलोजी, टेलिभिजन, नोटवुक्स र इलेक्ट्रोनिक सवारी साधानमा यो प्रयोग हुने छ।
विश्वभर यी सामाग्रीमा चिपको माग उच्च रहेको छ। अहिले भारतीय बजारमा यसको माग उच्च रहेकाले त्यहाँको आवश्यकता पूर्ति गर्दै निर्यात गरेर देशको अर्थतन्त्रमा पनि यसले ठूलो योगदान दिने उनले बताए। इलेक्ट्रोनिक्स ग्याजेटको ठूलो उपभोक्ता रहेको भारतीय बजार माइक्रोचिपको क्षेत्रमा अर्को देशमा निर्भर हुनु सानो कुरा नभएकोले यो अहम हुने उनको दाबी छ।
भारतमा पेट्रोल र सुनपछि सबैभन्दा धेरै आयात इलोक्ट्रोनिक सामान हुने गरेको छ। भारतका इञ्जिनियर इन्टेल, टीएसएमसी र माइक्रोन जस्ता प्रख्यात चिप कम्पनीका लागि चिप डिजाइन गर्दै आएको छ। भारतमा सेमीकन्डक्टर उत्पादनहरुको प्योजिङ्ग र परीक्षण पनि गरिन्छ। तर, चिप भने अमेरिका, ताइवान, चीन र युरोपियन देशमा भर पर्नुपरेको थियो।
चीनमाथिको निर्भरता कम होला?
वेदान्त र ताइवानको कम्पनीबीचमा भएको सम्झौताले भारतको इलेक्ट्रोनिक समानहरुको आयातमा चीनसँग हुने निर्भरता कम होला? भन्ने प्रश्न उठेको छ। व्यापारीक संगठन पीएचडी चेम्वर अफ कर्मश एन्ड इन्डस्ट्रीको केही समय अघि सार्वजनिक भएको एक रिर्पोटमा भारत चीनसँग ४० प्रतिशत इलेक्ट्रोनिक इन्र्पोट घटाउन सफल हुने दाबी गरिएको छ।
उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको गति शक्ति स्कीमको रुपमा मिल्ने सहुलियत इमान्दारीतापूर्वक लागू हुुने बताएका छन्। जसले गर्दा भारतीय उत्पादनलाई महत्व दिने भावानालाई ख्याल गर्दै प्रतिस्पर्धी उत्पादनहरुलाई सहज रुपमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान सकिने निर्माण लागत बन्न सकोस्। संगठनका अध्यक्ष प्रदीप मुलतानीका अनुसार चीनको सस्तो समानहरु नै भारतको बाटोमा रोडा हो।
चीनको ‘कम लागत कम मूल्य’ सुत्रमा काम गरिरहेको छ। यही कारण भारतको सानो लगानीका कम्पनीहरु चिनियाँ कम्पनीसँग टिक्न सकेका छैनन्। यदि सरकारले यी कम्पनीहरुलाई सहुलियत दिने हो भने प्रतिस्पर्धा गर्न सक्षम हुने छन्।
तर, सेमीकन्डक्टर सप्लाई चेनको एक ठूलो शक्तिशाली बन्नका लागि भारतसामु चुनौती पनि धेरै छन्। किनकी चिप उत्पादन गरिरहेका देशहरुले भारी मात्रामा सहुलियत दिँदै आएका छन्। यसले गर्दा नयाँ खेलाडीको रुपमा भारतको यो क्षेत्रमा प्रवेश सोचेजति सहज भने छैन।
बीबीसी हिन्दीबाट अनुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।