• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

माइक्रो चिप बनाउने दौडमा भारत सामेल हुँदै, चीनलगायतका देशलाई सक्ला त चुनौती दिन? 

64x64
नेपाल लाइभ मंगलबार, असोज ४, २०७९  ०६:५२
1140x725

काठमाडौं– पछिल्लो समय ताइवान अमेरिका र चीनको विवादको केन्द्रमा रहेको छ। ताइवान यसरी विवादको केन्द्रमा पर्नुको धेरै कारणमध्ये एक हो ‘चिप’ निर्माण। विश्वभर निर्यात हुने चिप यो देशमा निर्माण हुने गर्दछ। 

डिजिटल विश्वको महत्वपूर्ण एक हिस्सा चिप निर्माण गर्ने देश भएकाले पनि ताइवानलाई चीनले गुमाउन चाहेको छैन भने अमेरिकाले पनि आफ्नो पकड कायम राख्न खोजेको छ। 

भारतको आफ्नो सिलिकन भ्याली अब एक कदम पछाडी मात्र रहेको छ। भारतले अब आफ्ना नागरिकको डिजिटल आवश्यकता मात्र पूरा गर्नेछैन दोस्रो देशलाई पनि बिक्री गरेर आर्थिक उपार्जन पनि गर्न सक्नेछ। 

चिप मगाउनेदेखि चिप बनाउनेसम्मको यो यात्रा अब आधिकारीक रुमपा सुरु भएको भारतले घोषणा गर्न लागेको छ। वेदान्त समूहका चेयरम्यान अनिल अग्रवालले ताइवानको कम्पनी फक्सकोनसँग ‘ज्वाइन भेन्चर’ घोषणा गर्दै अब भारतमै चिप निर्माण गर्ने दाबी गरेका छन्। 

भारतको अहमदाबादमा यसको कार्यालय राखिने भनिएको छ। यो प्रोजेक्टमा  १.५४ लाख करोड लगानी हुने भएको छ। ज्वाइन्ट भेन्चरमा वेदान्तको हिस्सा ६० प्रतिशत हुने छ भने ताइवानको कम्पनीको ४० प्रतिशत हिस्सा हुने छ। यो पछिल्लो वर्षमा भएको सबैभन्दा ठूलो लगानीमध्ये एक हो।

आफ्नो गृहनगर गुजरातमा यो आयोजना सुरु हुन लागेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खुशी व्यक्त गरेका छन्। उनले यो सहमतिले भारतको सेमिकन्डक्टर बनाउने महत्वकांक्षा पूरा गर्ने दिशामा अहम रहेको बताए। उनले १.५४ लाख करोड रुपैयाँको लगानीले अर्थव्यवस्थाको गति दिनुका साथै ठूलो मात्रामा रोजगारी दिने प्रधानमन्त्री मोदीले अपेक्षा व्यक्त गरेका छन्। 

कति महत्वपूर्ण छ सेमीकन्डक्टर? 
मोबाइल, रेडियो, टिभि, वासिङ्ग मेशिन, कार, फ्रिज र एसीजस्ता इलेक्ट्रानिक वस्तु सायदै कुनै होलान् जसमा सेमीकन्डक्टरको प्रयोग नभएको होस्। यो दैनिक भइसकेको छ। यसको कमी हुँदा अहिले दुनियाँ नै खल्लो लाग्ने भएको छ। 

सेमीकन्डक्टर या चिप बनाउने एक खास विधि हुन्छ, जसलाई डोपिङ भनिन्छ। यसमा पूर्ण सेमीकन्डक्टरमा केही पदार्थ राखिन्छ र पदार्थको कन्डक्टीभिटी(चालकता)मा बदलिन्छ। चिप र डिस्प्ले फेब्रिकेशनमा अहिले चीनको एक्लो दबदबा छ। चीन, हङ्गकङ्ग, ताइवान र दक्षिण कोरियाले विश्वभर चिप एवं सेमीकन्डक्टरको आपूर्ति गर्दछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

चीनको अर्थव्यवस्थामा चिप निर्यातको एक ठुलो हिस्सा छ। चीनले कसरी अमेरिकासहितका विश्वका देशहरुलाई सिलिकन चिप बेचेर आफ्नो ढुकुटी भरेको छ भनेर प्र्रशंसा हुने गरेको छ। चीन र भारत अहिले विश्वको दुई ठूलो जनसंख्या भएका देश हुन्। यही अवस्था स्मार्टफोन निर्माणमा पनि रहेको छ। चीन यो दौडमा एक नम्बरमा रहेको छ भने भारत दोस्रो नम्बरमा रहेको छ। 

भारतले सेमीकन्डक्टरमा शतप्रतिशत नै आयात गर्ने गरेको छ। भारतले प्रत्येक वर्ष १.९० लाख करोड रुपैयाँको सेमीकन्डक्टर दोस्रो देशबाट आयात गर्दछ। त्यसमध्ये धेरै हिस्सा चीनको रहेको छ। 

वेदान्त सेमीकन्डक्टर्सका प्रबन्ध निर्देशक आकर्ष हेब्बारले ज्वाइन्ट भेन्चर सहमतिपछि प्रस्तावित निर्माण इकाईमा २८ नानोमिटर टेक्नोलोजी नोड्सको उत्पादन हुने बताए। स्मार्टफोन, आईटी टेक्नोलोजी, टेलिभिजन, नोटवुक्स र इलेक्ट्रोनिक सवारी साधानमा यो प्रयोग हुने छ। 

विश्वभर यी सामाग्रीमा चिपको माग उच्च रहेको छ। अहिले भारतीय बजारमा यसको माग उच्च रहेकाले त्यहाँको आवश्यकता पूर्ति गर्दै निर्यात गरेर देशको अर्थतन्त्रमा पनि यसले ठूलो योगदान दिने उनले बताए। इलेक्ट्रोनिक्स ग्याजेटको ठूलो उपभोक्ता रहेको भारतीय बजार माइक्रोचिपको क्षेत्रमा अर्को देशमा निर्भर हुनु सानो कुरा नभएकोले यो अहम हुने उनको दाबी छ।

भारतमा पेट्रोल र सुनपछि सबैभन्दा धेरै आयात इलोक्ट्रोनिक सामान हुने गरेको छ। भारतका इञ्जिनियर इन्टेल, टीएसएमसी र माइक्रोन जस्ता प्रख्यात चिप कम्पनीका लागि चिप डिजाइन गर्दै आएको छ। भारतमा सेमीकन्डक्टर उत्पादनहरुको प्योजिङ्ग  र परीक्षण पनि गरिन्छ। तर, चिप भने अमेरिका, ताइवान, चीन र युरोपियन देशमा भर पर्नुपरेको थियो। 

चीनमाथिको निर्भरता कम होला? 
वेदान्त र ताइवानको कम्पनीबीचमा भएको सम्झौताले भारतको इलेक्ट्रोनिक समानहरुको आयातमा चीनसँग हुने निर्भरता कम होला? भन्ने प्रश्न उठेको छ। व्यापारीक संगठन पीएचडी चेम्वर अफ कर्मश एन्ड इन्डस्ट्रीको केही समय अघि सार्वजनिक भएको एक रिर्पोटमा भारत चीनसँग ४० प्रतिशत इलेक्ट्रोनिक इन्र्पोट घटाउन सफल हुने दाबी गरिएको छ। 

उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको गति शक्ति स्कीमको रुपमा मिल्ने सहुलियत इमान्दारीतापूर्वक लागू हुुने बताएका छन्। जसले गर्दा भारतीय उत्पादनलाई महत्व दिने भावानालाई ख्याल गर्दै प्रतिस्पर्धी उत्पादनहरुलाई सहज रुपमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान सकिने निर्माण लागत बन्न सकोस्। संगठनका अध्यक्ष प्रदीप मुलतानीका अनुसार चीनको सस्तो समानहरु नै भारतको बाटोमा रोडा हो।

चीनको ‘कम लागत कम मूल्य’ सुत्रमा काम गरिरहेको छ। यही कारण भारतको सानो लगानीका कम्पनीहरु चिनियाँ कम्पनीसँग टिक्न सकेका छैनन्। यदि सरकारले यी कम्पनीहरुलाई सहुलियत दिने हो भने प्रतिस्पर्धा गर्न सक्षम हुने छन्।

तर, सेमीकन्डक्टर सप्लाई चेनको एक ठूलो शक्तिशाली बन्नका लागि भारतसामु चुनौती पनि धेरै छन्। किनकी चिप उत्पादन गरिरहेका देशहरुले भारी मात्रामा  सहुलियत दिँदै आएका छन्। यसले गर्दा नयाँ खेलाडीको रुपमा भारतको यो क्षेत्रमा प्रवेश सोचेजति सहज भने छैन। 
बीबीसी हिन्दीबाट अनुवाद

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ०६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया
सम्बन्धित सामग्री
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो । बुधबार, भदौ १७, २०८३
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्