काठमाडौं– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकाबाट स्वदेश फिर्ता भएका छन्।
सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसंको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसंका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई शनिबार साँझ स्वदेश फिर्ता भएका हुन्। उनलाई नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।
विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसंघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘एक्सन फर पिस किपिङ’ कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए।
नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्तिसुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिवद्धता व्यक्त गरिएको उनले जानकारी दिए। सम्मेलनका क्रममा उनले अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ता भएको र त्यसक्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको बताए।
सम्मेलन यही भदौ १५ देखि १७ सम्म भएको भएको थियो। सम्मेलनमा १८१ देशका प्रहरी प्रमुखहरुले भाग लिएका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि उक्त सम्मेलनमा भाग लिएर शनिबार नै स्वेदश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।