तेह्रथुम– नेकपा माओवादी केन्द्र तेह्रथुमले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
माओवादी केन्द्रको जिल्ला समिति बैठकले प्रतिनिधि सभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार सिफारिस गरेको हो। तेह्रथुममा प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र छ।
प्रतिनिधि सभामा जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ लिम्बु सिफारिस भएका छन्। यस्तै,0 प्रतिनिधि सभाको समानुपातिकतर्फ होमकुमारी लिम्बु खापुङ र नन्दलाल दर्नालको नाम सिफारिस भएको जिल्ला संयोजक लिम्बुले जानकारी दिए।
प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ तेजबहादुर कटुवाल र समानुपातिकतर्फ दिलकुमारी लिम्बु, जेतेन्द्र लिम्बु कुरुम्वाङ र सूर्यबहादुर विक सिफारिस भएका छन्।
प्रदेश (ख) को प्रत्यक्षतर्फ पोलिट्ब्युरो सदस्य दुर्गाप्रसाद चापागाईं सर्वसम्मत सिफारिस भएका छन्। चापागाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव वर्षमान पुनका विश्वासपात्र हुन्।
यस्तै, प्रदेश (ख) को समानुपातिकमा चुडामणि बराल, तेजमान कन्दङवा र टीकाराम लिम्बुको नाम सिफारिस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।