• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छोरा पाउने दबाबमा १२औं पटक सुत्केरी 

64x64
धनु विश्वकर्मा बुधबार, भदौ २२, २०७९  २१:२९
1140x725
तस्बिर : बीबीसी

काठमाडौं– जाजरकोट नलगाड नगरपालिका वडा नम्बर १ जुरेली घर भएकी ४२ वर्षीया कोपिला राना मगरले साउन ३ गते बाह्रौं सन्तानका रुपमा छोरा जन्माइन्। छोरा जन्माउने बाध्यताका कारण उनले ११ छोरीपछि छोरालाई जन्म दिएकी हुन्। गाउँकै सुडेनीको सहारामा उनले ११ बच्चा जन्माएकी हुन्। 

कोपिलाले गर्भवती भएपनि घरको काम गरिराखेकै थिइन्। एक्कासी पेट दुख्न थाल्यो। घरमा अत्यधिक व्यथा लाग्यो। त्यसपछि कोपिला असार १८ गते जाजरकोट खलङ्गा अस्पतालमा आइन्। घरमा निकै गाह्रो भएपछि कोपिलाले श्रीमान्‌लाई भनिन्। श्रीमान्‌ले वास्ता गरेनन्। सुत्केरी व्यथाले निकै च्यापिसकेको थियो। 'उल्टै घरमै पाइहाल्छस् नि भने,' उनी भन्छिन्। घरमा दुईजना जेठानी छन्। जेठानीलाई सुनाइन् आफूलाई गाह्रो भएको कुरा। तर मतलब नै गरेनन्।

‘सबैले ११ छोरी घरमै जन्माएकी भनेर ख्यालख्याल लिए,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्। ‘यसले छोरी मात्र पाउँछे भनेर गाउँघरका सबै थाकिसकेका थिए।’ सबैले छोरी नै पाउँछ भनेर होला सुत्केरी हुनु भनेको पानी-पँधेरो सरह भएको थियो उनका लागि। कतिपयले ‘कोक्रोमा फल लाग्यो?’ भन्दै जिस्काएको उनी सम्झन्छिन्। पहिलापहिला छोरी जन्मे भने कोहि बोल्दैनथे।

छोरी जन्मिएकै कारण उनले सुत्केरीमा कहिले राम्रो खान पाइनन्। ‘छोरी पाउन पनि आफनै दोष हो जस्तो लाग्यो,’ उनले भनिन्। कोपिलाकी जेठी छोरी विमला र ज्वाइँ रमेश जिल्ला अस्पताल जाजरकोटमा काम गर्छन्। उनी एक्लै ३ घण्टाको पैदला यात्रा गरेर गाडी चढिन्। त्यहाँबाट गाडीमा जाजरकोट खलङ्गा आइन्। 

जहिले छोरी नै पाउँछ भनेर श्रीमान साथमा नआएको उनले बताइन्। घरमा जेठानी देउरानीलाई साथी जान हारगुहार गरिन्। सबैको एकै उत्तर हुन्थ्यो, ‘छोरी नै पाउने त होस् नि।’ 

उनी अस्पतालमा असार १८ गतेदेखि नै भर्ना भइन्। धेरै बच्चा जन्माएर र ढिला उमेरसम्म गर्भवती भएर होला, उनलाई झन्झन् पीडा भएको थियो। उनलाई व्यथाले च्याप्दै गयो। असार १८ गतेदेखि अस्पताल भर्ना भएकी कोपिलाले दुई हप्तासम्म बच्चालाई जन्म दिन सकिनन्। ‘अब बाँच्दिन लागेको थियो,’ उनी भन्छिन्। आधा उमेर सुत्केरी भएर बिताएकी कोपिलालाई अब भने सुत्केरीमै मर्छु कि भन्ने कुरा मनमनै धेरै नै खेल्न थालिसकेको थियो। 

चरम पीडाबीच साउन ३ मा कोपिलाले सन्तानलाई जन्म दिइन्, तर छोरी होइन, छोरा जन्माइन्। तर, अत्यधिक रक्तश्राव भएका कारण सन्तान जन्मिँदा उनी अचेत बन्न पुगिन्। होसमा आउँदा पनि छोरी कि छोरा भनेर थाहा पाइनँ’ उनी सुनाउँछिन्। मनमा छोरी नै हो भनेर पहिल्यै खिन्न भएपछि उनले के हो भनेर सोधिनन् पनि। पछि छोरा भयो भन्ने थाहा भएपछि भित्रभित्रै शरीरको पिलो निचोरिएजस्तो अनभूति भएको उनले बताइन्। ‘वर्षौंदेखिको पीडा कम भएजस्तो भयो,’ उनी भन्छिन्, ‘मनमा हर्ष र जिउमा पीडा दुवै मिश्रण भएको आँसु आयो।’ साथै रहेकी विमलाले भाइलाई काखमा लिईन्। विमलाका हर्षका आँशु बग्यो।

कोपिलाको भने रक्तश्राव रोकिएन्। छोरी विमलाले बुवालाई भाइ जन्मेको खबर सुनाइन्। व्यथा लाग्दा सँगै नगएका श्रीमान खबर पाउनेबित्तिकै ‘अहिल्यै आउँछु भन्न थाले,’ कोपिलाले सुनाइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले श्रीमान् मोतिराम रानालाई सुर्खेत जाने पैसाको जोहो गर्न लगाइन्। मोतिरामले छोरा पाएको खुशीले गाउँमा ऋण खोजे। २५ हजार रुपियाँ बोकेर कोपिला, छोरी विमला र ज्वाईँ रमेश सुर्खेत गए। उनको रक्तश्राव रोकिएन। प्रादेशिक अस्पताल सुर्खेतमा दुई हप्ता बसे। अस्पतालमा सबैले किन यति धेरै बच्चा पाएको भनेर सोध्न थाले। उनले सबैलाई छोरा पाउने आशमा भनेर जवाफ दिएको बताइन्। 

‘सुर्खेतमा सबैले अब बच्चा नजन्माउनु भनेका छन्’ उनी भन्छिन्- ‘अब पनि बच्चा पाएँ म बाँच्दिन हुँला।’ स्वास्थ्यकर्मीहरुले पनि उनलाई परिवार नियोजन गर्न सल्लाह दिएका छन्। 

एक महिना अस्पतालमा बिताइन्। उनी साउन १८ गते मात्र घर फर्केकी हुन्। अहिले शिशु डेढ महिनाका भए। उनले छोराको नाम दीपक राखेकी छन्। 

छोराको स्वास्थ्य राम्रो छ। उनलाई डाक्टरले औषधी दिएको छ। रक्तश्राव भने पूर्णरुपमा रोकिएको छैन। घरको काम गर्न समेत उनलाई सहजता आएको छैन। घरमा १२ वटा बाख्रा, ५ वटा भैँसी र गोरु छन्। ‘छोरी र श्रीमानले हेर्छन् म केहि गर्न सक्दिनँ,’ उनी बताउँछिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार श्रीमानकाे उमेर पनि ५० कटिसकेको छ। दुवै जनालाई बुढेसकालले छोएको छ। यति धेरै छोराछोरी कसरी पाल्ने ? भन्ने पिरलोमा दम्पत्ति परेका छन्। 

छोराका आशामा १२ सन्तान
कोपिलाले बाह्रौं सन्तानका रुपमा छोरा जन्माइन्। बाह्र, बाह्र पटक सुत्केरी हुने कुरा सामान्य होइन। एघार बच्चा घरमै पाएकी हुन्। छोरा पाउने आशामा उनले १२ सन्तान जन्माइन्। अहिले ९ सन्तान  छन्। 

उनलाई आफैंले खोजेर दुःखको पहाड बोकिरहेको भान नपरेको होइन। ‘यी सब छोरा पाउने आशामा भएको हो,’ उनी भन्छिन्। जुरेली गाउँको एक गरिब परिवार हो कोपिलाको। श्रीमान् मोतिराम परिवारको जीविकोपार्जनका लागि भारतको काला पहाड जान्थे।

कोभिड–१९ को महामारीमा त्यो पनि रोकियो। श्रीमान भारत जान रोकिएपछि भने झनै आर्थिक संकट परेको छ। परिवार पाल्न धौ धौ छ। नौ छोराछोरी र श्रीमान श्रीमती गरी ११ जनाको परिवार छ। परिवार पाल्ने आधार खेतीपातीबाहेक केहि छैन्। 

उनी भन्छिन्– ‘बुढेसकालसम्म आएर स्याहार्न कसलाई पो मन हुँदो हो। तर, के गरूँ मेरो भाग्यमा ११ बच्चापछि छाेरा मात्र रैछ। पहिलो सुत्केरी उनी १६ वर्षका छँदै भएकाे हो। सन्तान पाउन थालेकै झण्डै तीन दशक पुगेको छ। 

उनको पीडा सुन्दा लाग्छ कि कोपिला एउटा मेशिन हुन्। परिवार र समाजको एकै दबाब थियो छोरा पाउने। गाउँमा धेरै छोरी जन्माउनेको नाम सूचीमा पहिलो स्थानमा कोपिलाको आउँछ। 

छोरा नपाएकै निहुँमा गाउँघरमा सबैले हेला गर्ने र ‘अपुते’ भयो भनेर कुरा काट्नेहरु देख्दा सुन्दा उनलाई निकै पीडा हुने गर्थ्यो । तर अब त्यो अवस्था केही हदसम्म मत्थर हुँदै गएको छ। 

कोपिलाको माइतीघर पनि जुरेलीमै हो। उनको १२ वर्षको उमेरमा मागी विवाह भयो। उनका दुई दाजु र चार दिदीबहिनी छन्। सानोमा नै बुबाको मुत्यु भयो। आमा वृद्धा भइसकेकी छिन्। उनी सन्तानमा साइली छोरी हुन्। विवाह भएको १६ वर्षमा पहिलो सन्तानका रुपमा छोरी विमलालाई जन्म दिइन्। त्यसपछिका सबै छोरीहरुकाे उमेर डेढ/दुई वर्ष जति मात्र फरक छ। 

उनी गर्भवती वा सुत्केरी हुँदा पनि कहिले अस्पतालमा पाइला टेकेकी छैनन्। विमला पाएको दुई वर्षपछि सपनालाई जन्म दिइन्। सन्तान बिरामी पर्दा उपचारका लागि पैसा थिएन। यस्तै अवस्थाबीच १५ वर्षकी साइली छोरी सम्झना सिकिस्त बिरामी परिन्। उपचारका लागि आर्थिक अभावकै कारण सम्झना बितिन्।

एउटै जन्मिँदाखेरिनै मृत्यु भयो। अर्की छोरी गर्भमै मृत्यु भएको उनले बताइन्। आठ छोरीलाई उनले हर दुःख–कष्ट सहेर हुर्काएकै छन्। ‘आठ छोरीलाई दुःख–कष्ट गरेर मुखमा माड लगाएकै छु,’ उनी भन्छिन्। 

छोरी सरस्वती, सोनिया, देवी, सुस्मिता, लक्ष्मी र सिर्जना घरमा नै छन्। दुई छोरीले एसईई पास गरेका छन्। जेठी विमला र माइली सपनाको विहे भइसकेको छ। सपना बाल विकास केन्द्रमा पढाउँछिन्।

जुरेलीका एक शिक्षक रेशम सुनारका अनुसार गाउँमा कोपिलाको जति सन्तान कसैको छैन। 'छोरा पाउने समाजको दबाबका कारण उनले यति धेरै सन्तान पाएकी हुन्। उनको घरमा के खाउँ के लाउँको अवस्था, खेतिपाती बाहेक कुनै अर्को पेसा नभएकैले पारिवार धान्न कठिनाई भएको छ,' शिक्षक सुनारले बताए।

छोरा पाउँदाको खुशी 
कोपिलालाई ठूली छोरीहरुले समेत अब सन्तान नजन्माउन बारम्बार सम्झाइरहन्थे। ठूली छोरी विमलाले गर्भ रोक्ने औंषधी समेत नदिएकी होइनन्। छोरा भएन भनेर घरपरिवार र समाजले उनलाई दिएको मानसिक पीडा भनिसाध्य छैन। 

होसमा आउँदा छोरा जन्मियो भन्ने कुरा उनलाई विश्वास लागेको थिएन। किनकि यसपटक छोरी नै हुन्छ भन्नेमा उनी ढुक्क थिइन। उनलाई हेर्न पनि मन थिएन। त्यतिमात्र कहाँ हो र ! फेरि गाउँलेले छोरी नै पाई भनेर कुरा काट्ने डरले भित्रभित्रै सताइरहेको थियो। ‘स्वर्ग र गर्भको कुरा थाहा हुँदैन’ भनेजस्तै उनलाई बाह्रौं सन्तानको जन्मले नसोचेको यथार्थमा पुर्‍याइदियो।

‘छोरा भएको छ, ति सबैको जवाफ फर्काउन पाएँ’ उनी भन्छिन्। विमलाले दिएको गर्भ रोक्ने औषधी खान बिर्सेकी रहिछन्। त्यही समय उनको गर्भ रहेको हो। उनले गर्भवती हुँदा कतै अस्पतालमा गएर चेकजाँच गराइनन्। मनमा फेरि छोरी नै हुन्छ भन्नेमा शंका थिएन उनलाई।

छोरी र जेठानीले गर्भ फाल्न भनेर सुझाव दिएको उनी सम्झन्छिन्। उनले गर्भ फालेर पाप गर्दिनँ भन्ने सोचिन् र भाग्यमा जे छ त्यही हुन्छ भनेर योपटक बाह्रौं सन्तानकाे रुपमा छाेरा जन्मियाे। ‘यतिका ११ जना त जन्माएँ। अब यो पनि जन्माउँछु भनेरै जन्माएकी हुँ,’ उनले भनिन्।

उनलाई एक्कासी व्यथा लागेपछि गाह्रो भयो। निकै गाह्रो भएपछि मात्र उनी अस्पतालमा गएकी हुन्। खलङ्गा जिल्ला अस्पालतमा साउन ३ गते छोरा जन्माएपछि भने उनको मनमा विगत २७ वर्षदेखिको अपहेलना, अपमान, दुःख सारा हल्का भएजस्तो अनुभूति भएको छ। घर फर्केपछि गाउँमा मोतिरामले भोज गर्न भनेका थिए। तर, कमजोर आर्थिक अवस्थाका कारण भोजकै लागि भनेर ऋण खोजेनन्।

'यो पाली भने परिवारका सबैजना प्रफुल्ल छिन्। सबैले छोरा पाइस्, अब राम्राे भयाे भनेर टीका लगाइदिए। अब पूर्ण भइस् भने’ उनी बताउँछिन्। 

छोरा पाउनकै लागि मोतिरामले सौता ल्याउने योजना बनाएका थिए। उनले भनिन्, ‘खै के सोचे, ल्याएनन्। सौता ल्याउने भनेर मान्छे पनि खोजिसकेका थिए।’ 

छिमेकीहरुले राना दम्पत्तिलाई अपुतो करार गरे। भन्छिन्– ‘छोरी अर्काका घर जाने हुन्। अपुताली पर्ने भयो। कुन जुनीको पाप गरेको थियो, भाेग्दैछन् भनेर छरछिमेकीले कुरा काट्न थाले। 

उनलाई यो उमेरमा आएर सुत्केरी हुन मन थिएन। भन्छिन्- ‘घरपरिवार र समाजका कारण मैले यो सब गर्न पर्यो।’ छोरा पाएन भनेर श्रीमानको कुटाई धेरै पटक खाइन्। आफन्तको गाली खाइनन् कि उनले । परिवारबाटै नराम्रो व्यवहार त कति सहिन् कति।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्