• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेपाली पत्रकारितामा सुधार्नु पर्ने वैयक्तिक गोपनीयताका १३ बुँदा 

डा. भानुभक्त आचार्य  बुधबार, भदौ २२, २०७९  १३:१५
1140x725

१. कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह व्यवहार गर्नुभन्छ। तर हाम्रा सञ्चारमाध्यमले तत्कालै आरोपितलाई अपराधी करार गरिहाल्छन्। हिजो सन्दीप लामिछाने, अस्ति पल शाह जस्ता हजारौं घटनाहरू छन्, जहाँ पत्रकार र सञ्चारमाध्यमले प्रहरीले औपचारिक रुपमा मुद्दा दायर नगरीकनै पीडित र आरोपितका निजी सूचनाहरू छताछुल्ल पारेका छन्। 

२. आरोपितलाई कानुनी दायरामा ल्याएर न्यायिक प्रक्रियामा लैजाने कुरामा बिमति हुँदै होइन। तर आरोप प्रमाणित नभएका दर्जनौं घटनाहरू छन्, जहाँ मिडिया रिपोर्टिङका कारणले आरोपित वा पीडित अझ पीडित भएका हुन्। 

३. विदेशतिर आरोप लाग्ने बित्तिकै त्यो व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गर्न कानुनतः बन्देज लगाइएको हुन्छ। आरोपितलाई जनाउन प्रहरीले कुनै कोड वा संकेत दिन्छ। जस्तै ‘फलानोको घर लुटपाटमा संलग्न ककेसियन मूलको वर्ष ४० को पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।’ प्रहरीको प्रारम्भिक छानबिनले आरोप पुष्टि हुने आधारसहित अदालतमा मुद्दा चलेको अवस्थामा पनि त्यो घटनामा संलग्न व्यक्तिहरूको विवरण सार्वजनिक गरिँदैन। 

४. यदि आरोपित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक गरिएमा त्यो व्यक्तिले सफाइ पाएको खण्डमा दशौं लाख जरिवाना दाबी गरेर पत्रकार र मिडियाका विरुद्ध मुद्दा हाल्छ। त्यहाँ पत्रकार चोख्याउन प्रेस काउन्सिल वा कुनै राजनीतिक दलका कार्यकर्ता पत्रकार हुँदैनन्। तब मिडियाले जरिवाना तिर्नै पर्छ। 

५. हिजो सन्दीप लामिछानेको केसमा पीडितको जाहेरीका आधारमा सन्दीप लामिछानेका विरुद्ध जतिपनि समाचार आए त्यसलाई पुष्टि गर्ने आधार भनेको प्रहरीको गोप्य स्रोत हो। प्रहरी संगठनमा पनि यस्ता संवेदनशील सूचनाको संरक्षण गरी न्यायिक प्रक्रियालाई अघि बढाउनु पर्नेमा पत्रकार र मिडियाको प्यारो हुने लालसा छ।  अझ कतिपय प्रहरीले त पीडितको जाहेरीकै फोटो खिच्नै पनि दिनसक्छन्।

६. कतिपय मिडियाले सन्दीप लामिछानेको तीन पुस्ते विवरण सार्वजनिक गरिसकेपछि उनको फोटोमा एक धर्सो कालो पोतेका छन्। मानौं, आरोपितको सबै गोपनीयता त्यही कालो धर्सोले संरक्षण गर्छ। सञ्चार संस्था र पत्रकारलाई यस्ता संवेदनशील सूचनाका बारेमा वा व्यक्तिको गोपनीयताको संरक्षणका बारेमा सोच्ने फुर्सत छैन। 

७. पल शाह प्रकरणमा कतिपय मिडियाले समीक्षा अधिकारीका तर्फबाट उनका पिताले दिएको जाहेरीको कपि नै जस्ताको तस्तै सार्वजनिक गरेका थिए। पत्रकारिताको आवरणमा त्यो वैयक्तिक गोपनीयताको उल्लङ्घन एवम् सरासर अपराध हो। यसले के देखाउँछ भने हामीले सूचना पायौं भने पीडितको तीन पुस्ते पनि सार्वजनिक गर्दिन्छौं, आरोपित त दूरको कुरा। 

८. केही वर्षअघिसम्म हाडनाता करणीका घटनामा सञ्चारमाध्यमले पीडितको नाम गोप्य राखेर आफन्तको साइनो र अन्य सबै विवरण सार्वजनिक गर्थे। उदाहरणका लागि कुनै काकाले भतिजी करणी गरेमा भतिजीको नाम गोप्य राखेर काकाको तीन पुस्ते विवरण खुलाइदिए पछि पीडितको गोपनीयता बाँकी रहन्छ ? त्यति सोच्ने फूर्सद धेरै पत्रकारलाई थिएन। धेरै वर्षको वकालतपछि हाडनाता करणीमा पीडित एवम् आफन्त दुवैको नाम गोप्य राख्न थालिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

९. तर अझै पनि कुनै (यौन) हिंसामा पुरुष पीडित छन् र महिला आरोपित छन् भने धेरैजसो पत्रकारले पुरुषको तीन पुस्ते लेखेर महिलाको नाम गोप्य राख्छन्। यो श्राद्धमा बिरालो बाँध्ने चलन अझै जारी छ। 

१०. केही वर्ष अघिसम्म आरोपितलाई प्रहरीले अगाडि राखेर पत्रकार सम्मेलन गरेर पत्रकारका अघि अपराध कबुल गर्न लगाउँथ्यो। उनीहरुलाई आफ्नो अनुहार छोप्न दिइँदैनथ्यो। तर विस्तारै गोपनीयताको कुरा उठेपछि प्रहरीले भारत वा अन्य देशमा झैं मखुण्डो लगाइदिन थाल्यो। तर, उनीहरुको यथार्थ विवरण जस्ताको तस्तै आइरहेछ।

११. यौनहिंसा या पारपाचुके जस्ता मुद्दामा अदालती फैसला प्राप्त हुने बित्तिकै त्यहाँ उल्लेख भएका सबै गोप्य सूचनाहरूलाई जस्ताको तस्तै सञ्चारमाध्यममा सार्वजनिक गर्ने चलन छ। सार्वजनिक मात्रै हो र ? ती सूचना वा फैसलाहरुलाई सबैले सधैं भेट्न सक्ने गरी डिजिटल आर्काइभिङ गरिन्छ। त्यसले मानिसको जिन्दगीमा ठूलो असर पार्छ। डिप्रेसन र आत्महत्याको बाटोसम्म पुर्याउँछ। 

अपराधको आरोप लागेका सबैमाथि यथाशीघ्र निष्पक्ष छानबिन र सुनुवाइ हुनुपर्छ। प्रहरीले तत्कालै त्यस्ता घटनाहरूलाई न्यायिक निरुपणमा लानुपर्छ। त्यसमा दुईमतै छैन। तर, मिडियाको प्यारो हुन प्रहरी, अदालत वा अख्तियार जस्ता न्यायिक एवम अर्धन्यायिक निकायले सूचना चुहाउँदै आएका छन्। पत्रकारले जे भेट्यो त्यही छापेका छन्। सूचनामाथिको संवेदनशीलता स्वाहा। यो लापरबाही बन्द हुनुपर्छ।

Xtrem

Xtrem

१२. अझ कतिपय भिआईपीहरू छन्, जो कसैका विरुद्ध नियतबश अख्तियारमा अनलाइनबाट बेनामे उजुरी दर्ता गराउँछन्। अनि मिडियामा फलानोको विरुद्ध यस्तो आरोपसहित अख्तियारमा उजुरी परेको छ भन्दै समाचार छताछुल्ल पार्छन्। अनि अख्तियारको उजुरी नम्बर भएपछि ‘पत्रकार’ लाई के चाहियो ? उसका सात पुस्ते विवरण छ्यालब्याल। कुनै दिन यस्तो संवेदनशील विषयमा कहीं गम्भीरतापूर्वक छलफल भएको छ ?

१३. धेरै पत्रकार र सञ्चारमाध्यमका लगानीकर्ताहरू देशविदेश घुमेका छन्। स्वदेशी विदेशी तालिम लिएका छन्। व्यक्तिको सूचना र गोपनीयताको अधिकारका बारेमा जानकार पनि छन्। तर, कसैमाथि कुनै आरोप लागि सक्दा यति लापरबाहीपूर्ण ढंगले वैयक्तिक सूचनाको कारोबार कुन देशमा हुन्छ ? भन्न सक्छन् ? अरु त अरु अलि नाम चलेका अन्तर्राष्ट्रिय मिडियाले त्यस्तै घटनामा कसरी रिपोर्टिङ गर्छन् भन्ने गुगल गरेर पढे हुने। त्यसबाट धेरै सिक्न सकिन्छ। 

लेखकको टिप्पणी: म सन्दीप लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिन। क्रिकेट मेरो रुचिको खेल होइन। त्यसैले माथिको कुराकानी सन्दीपको पक्षपोषण गर्न लेखिएको होइन। यस विषयमा छलफल गरौं। सौचौं। थिति बसालौं।

(आचार्य क्यानडास्थित अटोवा विश्वविद्यालयमा आमसंचार तथा पत्रकारितामा आचारसंहिता विषयमा अनुसन्धान तथा पठनपाठन गर्छन्।  यो आलेख उनको फेसबुक पोस्टबाट साभार गरिएको हो। सं. )
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्