डडेल्धुरा– नेकपा एमाले डडेल्धुराले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ।
एमाले डडेल्धुराले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ लागि पठानसिंह बोहराको नाम सर्वसम्मत सिफारिस गरेको छ।
उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भएको छ। बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार तथा विकास मन्त्रीसमेत हुन्।
उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेश सभा ‘क’बाट चुनाव जितेका थिए। बोहरा त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवा थिए।
एमालेले प्रदेश सभा ‘क’ बाट चक्रप्रसाद स्नेही र प्रदेश सभा ‘ख’बाट गजेन्द्रबहादुर शाहीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।