काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो।
ओली २०७४ सालको चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएका हुन्। २०७४ मा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रका अतिरिक्त उनलाई राप्रपाको पनि समर्थन थियो।
त्यतिबेला ओलीले ५७ हजार १३९ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए। अन्य उम्मेदवारले पाएको जम्मा मत ५ हजार ९०९ मात्रै थियो।
स्थानीय तहको निर्वाचनको आधारमा ओलीले कांग्रेस उम्मेदवारभन्दा साढे १८ हजारभन्दा बढी मत पाउने देखिन्छ। एमाले उम्मेदवारहरुले प्राप्त गरेको कूल मत ४१ हजार ६१९ छ। सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि त्यो मत ३४ हजार ७९८ मात्रै पुग्छ।
त्यस अवस्थामा पनि ओली नै बलिया देखिन्छन्। त्यसो त यसअघि जस्तै ओलीलाई राप्रपाले सघाउन सक्छ। त्यो अवस्थामा ओलीको मत ४९ हजार ७९ मत पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।