• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्को कार्यकाल लम्ब्याउने विधेयक: संवैधानिक र नैतिकताको कसीमा कमजोर

64x64
किशोर दहाल आइतबार, भदौ १९, २०७९  २१:१०
1140x725

काठमाडौं– चुनावको मिति घोषणा गर्दाखेर नै संसद् विघटनको पनि घोषणा गर्नुपर्ने संविधानविद्हरुको भनाइ थियो। संविधानविद् डा विपिन अधिकारीले नेपाल लाइभसँगको अन्तर्वार्तामा भनेका थिए- ‘एक हातले निर्वाचनको मिति घोषणा र अर्को हातले प्रतिनिधिसभा विघटन गर्नु सही हुन्छ।’ तर, संसद् विघटन त गरिएन नै, कार्यकाल लम्ब्याउने नयाँ खेल सुरु भएको छ।

शुक्रबार संसद् सचिवालयमा दर्ता गरिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ अनुसार सरकारले अहिले चालु रहेको संसद्को कार्यकाल पहिलो बैठक बसेको मितिलाई आधार मानेर ५ वर्ष कायम हुने प्रस्ताव गरेको छ। त्यस्तै, प्रतिनिधि सभाको नयाँ निर्वाचन भइ त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिने पनि विधेयकमा भनिएको छ।

संविधानविद् अधिकारीले विधेयकमा प्रतिनिधि सभाको अवधि यो मितिदेखि सुरु हुन्छ भनेर तोकिनु आपत्तिजनक नभएको बताए। त्यसो नहुँदा आ-आफ्नो व्याख्या भइरहेको थियो। तर, संसद्ले कानुन बनाएपछि एउटा मिति कायम गराउने उनले बताए। तर विधेयकमा एउटा विषय ठिक भए पनि अन्य विषयमा गल्ती भएको अधिकारीको भनाइ छ।

‘विधेयकमा संसद्को कार्यावधि नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेपछि समाप्त हुन्छ भनेको छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘कि त निर्वाचन यो मितिमा हुन्छ भनेर ऐनले भन्न सक्नुपर्थ्यो। प्रष्ट गर्नुपर्थ्यो। अनि मात्रै सो प्रावधान उचित हुन्थ्यो। नत्र भने पाँच वर्षमा गरिसक्नुपर्ने निर्वाचनलाई १० वर्षसम्ममा गर्न सकिएन र ११औँ वर्षमा निर्वाचन भयो भने पनि चालु संसद् त्यतिबेला मात्रै बिदा हुने भयो। यो उद्देश्य त सरकारले पनि राखेको होइन। त्यसैले 'ड्राफ्टिङ मिस्टेक' भएको छ।’

निर्वाचनको मिति घोषणासँगै प्रतिनिधि सभा विघटन गर्नुपर्छ भन्नेहरुले उम्मेदवारहरुबीच समान धरातल तयार भए मात्रै स्वस्थ प्रतिस्पर्धा हुनसक्ने तर्क राख्ने गरेका थिए। तर, सरकारले संसद्/सांसदको कार्यकाललाई लम्ब्याउने प्रस्ताव गरेपछि त्यो धरातल निर्माण नहुने भयो। अब एकथरीले सांसदको रुपमा अधिकार, हैसियत, सुविधा र सुरक्षा लिएर प्रतिस्पर्धामा होमिन पाउने भए, अर्कोथरीले नपाउने भए। जसले गर्दा निर्वाचनमा प्रतिस्पर्धाको समान धरातल निर्माण नहुने भयो।

Ncell 2
Ncell 2
nimb
nimb

विधेयकले सिर्जना गरेको अर्को प्रश्न हो, निर्वाचन घोषणा भइसकेको अवस्थामा संसद् नरहने भन्ने संसदीय मान्यता। नयाँ निर्वाचनको मिति घोषणा भइसकेपछि सरकार गठनको चलखेल नहोस् र दूरगामी प्रभाव पार्ने कानुनहरु नबनाइयोस् भन्ने अपेक्षा गरिन्छ। त्यसको जिम्मा नयाँ निर्वाचित संसद्ले उपयोग गरोस् भन्ने हो। तर, सरकारले संसद् निरन्तर रहने भनेर विधेयकमा प्रस्तावित गरेपछि ती शंका अझै बलियो भएका छन्। सरकारले यस्तो बेलामा संसद्को कार्यकाल बढाउने प्रयत्न गरेको छ, जतिबेला निर्वाचन कार्यक्रमहरु अघि बढिरहेका छन्। 

प्रस्ताव अनुसार नै विधेयक पारित भएमा संसद्/सांसदको कार्यकाल त लम्बिन्छ नै, त्यसअनुसार उनीहरुले पाउने सेवा सुविधा पनि निरन्तर रहनेछ। चुनावबाट अर्को सांसद निर्वाचन भइसक्दा र जनताले पनि नयाँ म्यान्डेट दिइसक्दा पुराना जनप्रतिनिधिले जनताको सार्वभौमिकताको उपयोग गर्नु नैतिकपूर्ण हुँदैन। त्यस्तै, आफ्नो लागि आफैंले सेवा अवधि लम्ब्याउनु पनि मिल्दो र जवाफदेहीपूर्ण कदम मान्न कठिन छ। ‘संवैधानिक रुपमै मिल्दैन, नैतिकताको प्रश्न त हुने नै भयो,’ अधिकारीको भनाइ छ।

अर्को सन्दर्भ, स्थापित नियम र प्रणाली अनुसार यो विधेयक पारित गर्न समय पुग्दैन। ‘फास्ट ट्र्याक’मार्फत् केही दिनभित्रै यो विषय दुवै सदनबाट पारित हुने र राप्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइने निश्चितप्रायः छ। यो विधि यसअघि पनि अपनाइने गरिएको हो। कानुन निर्माणको परिपक्व प्रक्रियालाई छलेर अघि बढिरहनु राम्रो परम्परा होइन। तर सरकार त्यसमै अभ्यस्त हुन खोजेजस्तो देखिँदैछ।

विधेयकको सार्वजनिक रुपमा बचाउ गर्न सरकारलाई नै कठिन पर्ने निश्चितप्रायः छ। निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार कतिपय सांसदले राजीनामा दिने र बाँकीलाई नैतिक बन्धनमा पारिदिने सम्भावना पनि छ। त्यसको सुरुवात राप्रपाका सांसद् राजेन्द्र लिङ्देनले गरिसकेका छन्। उनले आइतबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्। रोस्ट्रमबाट सम्बोधन गर्दै उनले निर्वाचनको मिति घोषणा भएपछि नै संसद् चलिराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो पार्टीको धारणा राखेको बताए।

‘संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएको छ। त्यसले मलाई असाध्यै लज्जित र दुःखित तुल्यायो,’ उनले भने, ‘मैले बाटोबाटै सांसद छैन वा छोडेँ भनेर हिँड्नुको अर्थ हुँदैन। कमसेकम संसद्‍मा उभिएर सबैलाई सुनाएर जानु उपयुक्त भनेर म संसद्‌मा उपस्थित भएको छु। म यहीँबाट घोषणा गर्दछु, म आजबाट संसद्‌मा उपस्थित हुनेछैन।’

एमालेले पनि संसद्को कार्यकाल लम्ब्याउने नयाँ प्रस्तावको विरोध गरेको छ। ‘यो प्रस्तावले दुईथरि सांसद हुन्छन्। यो कुनै पनि हालतमा एमालेलाई स्वीकार्य छैन,’ नेपाल लाइभसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘मंसिर ४ गतेपछि दुईथरी सांसद हुने भए। एउटा जितेको र एउटा पुरानो। एमालेले कुनै पनि रुपमा यसमा सम्झौता गर्दैन। कडा प्रतिवाद गर्छ।’
 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्