• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्को कार्यकाल लम्ब्याउने विधेयक: संवैधानिक र नैतिकताको कसीमा कमजोर

64x64
किशोर दहाल आइतबार, भदौ १९, २०७९  २१:१०
1140x725

काठमाडौं– चुनावको मिति घोषणा गर्दाखेर नै संसद् विघटनको पनि घोषणा गर्नुपर्ने संविधानविद्हरुको भनाइ थियो। संविधानविद् डा विपिन अधिकारीले नेपाल लाइभसँगको अन्तर्वार्तामा भनेका थिए- ‘एक हातले निर्वाचनको मिति घोषणा र अर्को हातले प्रतिनिधिसभा विघटन गर्नु सही हुन्छ।’ तर, संसद् विघटन त गरिएन नै, कार्यकाल लम्ब्याउने नयाँ खेल सुरु भएको छ।

शुक्रबार संसद् सचिवालयमा दर्ता गरिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ अनुसार सरकारले अहिले चालु रहेको संसद्को कार्यकाल पहिलो बैठक बसेको मितिलाई आधार मानेर ५ वर्ष कायम हुने प्रस्ताव गरेको छ। त्यस्तै, प्रतिनिधि सभाको नयाँ निर्वाचन भइ त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिने पनि विधेयकमा भनिएको छ।

संविधानविद् अधिकारीले विधेयकमा प्रतिनिधि सभाको अवधि यो मितिदेखि सुरु हुन्छ भनेर तोकिनु आपत्तिजनक नभएको बताए। त्यसो नहुँदा आ-आफ्नो व्याख्या भइरहेको थियो। तर, संसद्ले कानुन बनाएपछि एउटा मिति कायम गराउने उनले बताए। तर विधेयकमा एउटा विषय ठिक भए पनि अन्य विषयमा गल्ती भएको अधिकारीको भनाइ छ।

‘विधेयकमा संसद्को कार्यावधि नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेपछि समाप्त हुन्छ भनेको छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘कि त निर्वाचन यो मितिमा हुन्छ भनेर ऐनले भन्न सक्नुपर्थ्यो। प्रष्ट गर्नुपर्थ्यो। अनि मात्रै सो प्रावधान उचित हुन्थ्यो। नत्र भने पाँच वर्षमा गरिसक्नुपर्ने निर्वाचनलाई १० वर्षसम्ममा गर्न सकिएन र ११औँ वर्षमा निर्वाचन भयो भने पनि चालु संसद् त्यतिबेला मात्रै बिदा हुने भयो। यो उद्देश्य त सरकारले पनि राखेको होइन। त्यसैले 'ड्राफ्टिङ मिस्टेक' भएको छ।’

निर्वाचनको मिति घोषणासँगै प्रतिनिधि सभा विघटन गर्नुपर्छ भन्नेहरुले उम्मेदवारहरुबीच समान धरातल तयार भए मात्रै स्वस्थ प्रतिस्पर्धा हुनसक्ने तर्क राख्ने गरेका थिए। तर, सरकारले संसद्/सांसदको कार्यकाललाई लम्ब्याउने प्रस्ताव गरेपछि त्यो धरातल निर्माण नहुने भयो। अब एकथरीले सांसदको रुपमा अधिकार, हैसियत, सुविधा र सुरक्षा लिएर प्रतिस्पर्धामा होमिन पाउने भए, अर्कोथरीले नपाउने भए। जसले गर्दा निर्वाचनमा प्रतिस्पर्धाको समान धरातल निर्माण नहुने भयो।

Ncell 2
Ncell 2

विधेयकले सिर्जना गरेको अर्को प्रश्न हो, निर्वाचन घोषणा भइसकेको अवस्थामा संसद् नरहने भन्ने संसदीय मान्यता। नयाँ निर्वाचनको मिति घोषणा भइसकेपछि सरकार गठनको चलखेल नहोस् र दूरगामी प्रभाव पार्ने कानुनहरु नबनाइयोस् भन्ने अपेक्षा गरिन्छ। त्यसको जिम्मा नयाँ निर्वाचित संसद्ले उपयोग गरोस् भन्ने हो। तर, सरकारले संसद् निरन्तर रहने भनेर विधेयकमा प्रस्तावित गरेपछि ती शंका अझै बलियो भएका छन्। सरकारले यस्तो बेलामा संसद्को कार्यकाल बढाउने प्रयत्न गरेको छ, जतिबेला निर्वाचन कार्यक्रमहरु अघि बढिरहेका छन्। 

प्रस्ताव अनुसार नै विधेयक पारित भएमा संसद्/सांसदको कार्यकाल त लम्बिन्छ नै, त्यसअनुसार उनीहरुले पाउने सेवा सुविधा पनि निरन्तर रहनेछ। चुनावबाट अर्को सांसद निर्वाचन भइसक्दा र जनताले पनि नयाँ म्यान्डेट दिइसक्दा पुराना जनप्रतिनिधिले जनताको सार्वभौमिकताको उपयोग गर्नु नैतिकपूर्ण हुँदैन। त्यस्तै, आफ्नो लागि आफैंले सेवा अवधि लम्ब्याउनु पनि मिल्दो र जवाफदेहीपूर्ण कदम मान्न कठिन छ। ‘संवैधानिक रुपमै मिल्दैन, नैतिकताको प्रश्न त हुने नै भयो,’ अधिकारीको भनाइ छ।

अर्को सन्दर्भ, स्थापित नियम र प्रणाली अनुसार यो विधेयक पारित गर्न समय पुग्दैन। ‘फास्ट ट्र्याक’मार्फत् केही दिनभित्रै यो विषय दुवै सदनबाट पारित हुने र राप्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइने निश्चितप्रायः छ। यो विधि यसअघि पनि अपनाइने गरिएको हो। कानुन निर्माणको परिपक्व प्रक्रियालाई छलेर अघि बढिरहनु राम्रो परम्परा होइन। तर सरकार त्यसमै अभ्यस्त हुन खोजेजस्तो देखिँदैछ।

विधेयकको सार्वजनिक रुपमा बचाउ गर्न सरकारलाई नै कठिन पर्ने निश्चितप्रायः छ। निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार कतिपय सांसदले राजीनामा दिने र बाँकीलाई नैतिक बन्धनमा पारिदिने सम्भावना पनि छ। त्यसको सुरुवात राप्रपाका सांसद् राजेन्द्र लिङ्देनले गरिसकेका छन्। उनले आइतबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्। रोस्ट्रमबाट सम्बोधन गर्दै उनले निर्वाचनको मिति घोषणा भएपछि नै संसद् चलिराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो पार्टीको धारणा राखेको बताए।

‘संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएको छ। त्यसले मलाई असाध्यै लज्जित र दुःखित तुल्यायो,’ उनले भने, ‘मैले बाटोबाटै सांसद छैन वा छोडेँ भनेर हिँड्नुको अर्थ हुँदैन। कमसेकम संसद्‍मा उभिएर सबैलाई सुनाएर जानु उपयुक्त भनेर म संसद्‌मा उपस्थित भएको छु। म यहीँबाट घोषणा गर्दछु, म आजबाट संसद्‌मा उपस्थित हुनेछैन।’

एमालेले पनि संसद्को कार्यकाल लम्ब्याउने नयाँ प्रस्तावको विरोध गरेको छ। ‘यो प्रस्तावले दुईथरि सांसद हुन्छन्। यो कुनै पनि हालतमा एमालेलाई स्वीकार्य छैन,’ नेपाल लाइभसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘मंसिर ४ गतेपछि दुईथरी सांसद हुने भए। एउटा जितेको र एउटा पुरानो। एमालेले कुनै पनि रुपमा यसमा सम्झौता गर्दैन। कडा प्रतिवाद गर्छ।’
 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली महाराजगञ्जस्थित देउवा निवासमा पुगेका अध्यक्ष ओली र सभापति देउवाबिच भेटवार्ता भइरहेको हो । शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त शुक्रबार, मंसिर १९, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्