काठमाडौं– सत्ता गठबन्धनको भागबन्डा मिलाउन सभामुख अग्नि सापकोटाको नाम सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभाका लागि सिफारिस गर्ने चर्चा चलेको थियो। तर, आइतबार बसेको माओवादी केन्द्रको बैठकले उक्त क्षेत्रबाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस गरेको छ।
सापकोटा अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका थिए। उक्त क्षेत्रमा यसपटक नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले दाबी गरेपछि उनी सिन्धुपाल्चोक–२ मा जाने चर्चा चलेको थियो।
तर, क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले दुलाल र थापाको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ दलित कोटाबाट बलराम बि.क, जनजातिबाट उद्दन आले मगर र ठुलोबाबु श्रेष्ठ सिफारिस भएका छन्।
त्यस्तै, प्रदेश सभा ‘क’मा जानुका पराजुली, चिरञ्जीवी आचार्य चिराग, श्यामकृष्ण श्रेष्ठ, गोविन्द पराजुली अविनाशको नाम सिफारिस भएको छ।
प्रदेश सभा ‘ख’ मा फुर्वा स्याङबो, भारत थापा, विदुर चौलागाईं सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।