गुल्मी– नेकपा एमालेले आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी–१ बाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार सिफारिस गरेको छ।
आइतबार गुल्मीको रिडिमा सम्पन्न एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचिव यज्ञ पाण्डेले जानकारी दिए। प्रदेश सभातर्फका उम्मेदवार सिफारिस हुन बाँकी छ।
गुल्मी २ बाट भने सचिव सचिव गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतमको पनि नाम सिफारिस भएको छ ।
प्रदेश सभातर्फ गुल्मी २ को (क) मा जिल्ला सचिव गणेश श्रीपाली, पूर्व मेयरद्वय डिल्लिराज भुसाल र सोमनाथ सापकोटा, पूर्वउपमेयर सीता भण्डारी, मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन्।
प्रदेश (ख) मा केन्द्रीय सदस्य दिनेश पन्थीसँगै नेताहरू जमुना पन्थी, सन्तोष लम्साल , खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका एमाले गुल्मीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।