भरतपुर– नेकपा माओवादी केन्द्रले चितवन–२ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस गरेको छ।
माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको नाम सर्वसम्मत सिफारिस गरेको हो। अधिकारी चितवन जिल्ला संयोजक हुन्।
यस्तै, चितवन–२ को प्रदेश सभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।