दाङ- नेकपा एमालेले दाङ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
एमालेका तर्फबाट रेवतीरमण शर्मा, शान्ता चौधरी र गंगा थारुको नाम सिफारिस भएको हो। आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो।
शान्ता चौधरी एमालेकी सचेतक हुन् भने गंगा थारु पनि सांसद हुन्। शर्मा लुम्बिनी प्रदेश सभा सदस्य हुन्।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका मेटमणि चौधरी निर्वाचित भएका थिए। सहरी विकास मन्त्री रहेका मेटमणि हाल नेकपा एकीकृत समाजवादीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।