विराटनगर– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ–४ बाट सर्वसम्मत प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रुपमा सिफारिस गरेको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए।
मोदीले यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। मोदीले ३३ हजार ५२९ र आचार्यले २६ हजार ८०० मत पाएका थिए। मोदी २०७० को संविधान सभामा समानुपातिक तर्फबाट सदस्य थिए।
यस्तै, मोरङ–४ को प्रदेश सभा (क) बाट प्रत्यक्षमा विजय विश्वास, पक्खुलाल चौधरी र मनोज राई तथा प्रदेश (ख) बाट हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, दिनेशकुमार राजवंशी र किशोरकुमार पाण्डेको नाम सिफारिस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।