चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
आइतबार बसेको माओवादीको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको नेता गोपाल न्यौपानेले जानकारी दिए।
प्रचण्ड यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ। यद्यपि, प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन्।
बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेश सभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।