दाङ- नेकपा एमालेले दाङ–३ बाट प्रतिनिधि सभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
क्षेत्रीय कमिटी बैठकले उपाध्यक्ष युवराज ज्ञवालीसहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए।
ज्ञवाली पूर्वस्थानीय विकासमन्त्री हुन् भने पाण्डे तुलसीपुर उपमहानरपालिका निवर्तमान मेयर र वली निर्वतमान राष्ट्रिय सभा सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।