काठमाडौं– चितवनाबाट निर्वाचन लड्तने यारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम गोरखा १ बाट पनि सिफारिस भएको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उक्त क्षेत्रबाट प्रचण्डसहित अन्य २ जनाको नाम सिफारिस भएको छ। हरिराज अधिकारी र सुशीला सिंखडाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको माओवादीले जनाएको छ। अधिकारी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपानेका नाम प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस भएको छ। २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा पराजित भएका थिए।
नेपाली कांग्रेसको सर्मथनमा बाबुराम भट्टराईले उक्त क्षेत्रबाट जित हात पारेका थिए। नारायणकाजी पछि राष्ट्रिय सभामा निर्वाचनमा निर्वाचित भएका थिए। हाल उनी राष्ट्रिय सभामा रहेका छन्।
गोरखाबाट प्रतिनिधि सभामा चुनाव लड्न उनी राष्ट्रिय सभाबाट राजीनामा दिएर जाने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।