फाइल तस्बिर
धनगढी– सुदूरपश्चिम प्रदेश सभाले सरकारले आफनै प्रहरी भर्ना गर्ने व्यवस्थासहित प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
बिहीबार बसेको प्रदेश सभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारले पेश गरेको विधेयक सर्वसम्मत रुपमा पारित भएको सभामा जानकारी दिए । प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले पारितका लागि सभामा प्रस्ताव पेश गरेका थिए ।
प्रदेश सभाले पारित गरेको विधेयकमा प्रदेश प्रहरी वरिष्ठ नायव निरिक्षकको नेतृत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, प्राविधिक प्रहरी समूहअन्र्तगत अपराध अनुसन्धान, ट्राफिक, विपद व्यवस्थापन, लेखा तथा प्रबन्ध उपसमूह, सशस्त्र प्रहरीमा सुरक्षा, विशेष, प्राविधिक समूहअन्र्तगत सञ्चार, अटोमोबाईल्स, कम्प्यूटर, इन्जिनियरिङ, स्वास्थ्य, विधि विज्ञान उपसमूहसहित आवश्यकता अनुसार अन्य समूह तथा उपसमूहहरु गठन गर्ने व्यवस्था गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।