काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज पनि बयान दिन महाअभियोग सिफारिस समिति बैठकमा जाँदैछन्। बुधबारदेखि बयान लिन सुरु गरेको समितिले राणालाई आज पनि बोलाएको हो।
सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजे समिति बैठक बोलाइएको छ । बुधबारको बैठकमा जबरालाई चार प्रश्न सोधिएको थियो ।
समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये बुधबार चार प्रश्नमा सवाल–जवाफ गरिएको थियो ।
भदौ १७ गते प्रतिनिधि सभाको बैठक बस्ने भएकाले उक्त दिन भ्याउने छैन। समितिले भदौ २० गतेसम्म प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने समयसीमा तोकेको छ। त्यसले अब धेरै प्रश्न अनि थोरै उत्तर गरेर बयान सकिने देखिन्छ। समितिले आवश्यक ठानेमा बार र अन्य सरोकारवालासँग पनि छलफल गर्ने छ।
बुधबारको बैठकमा सत्ता पक्षका सांसदहरु रेखा शर्मा, मिनबहादुर विश्वकर्मालगायतले राणालाई प्रश्न गरेका थिए। नेकपा एमालेका कृष्णभक्त पोखरेल, विष्णु पौडेल ,शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डितले प्रश्न गरेका थिए। उनीहरुले प्रश्नभन्दा पनि सत्ता पक्षले किन ढिला गरेको हो भनी प्रश्न गरिरहे। साथै राणालाई सहज हुने गरी उनीहरुले प्रश्न गरिरहेका थिए ।
जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।