• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

फर्निसिङ वस्तुको आयात विस्थापन गर्न सरकारको नीति बाधक छ : ओम बस्नेत[अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, भदौ १५, २०७९  १९:५२
1140x725

काठमाडौं– नेपाल फर्निचर तथा फर्निसिङ संघले आयातीत फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने र स्वदेशी उत्पादनको प्रवर्द्धनमा सघाउ पुर्‍याउने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्ने भएको छ। वर्षेनि झण्डै ६० अर्ब रुपैयाँबराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेकाले आयात घटाउँदै नेपाली उत्पादनको प्रवर्द्धन र विस्तारका लागि उपयुक्त हुने सोचसहित फर्निचर एक्स्पो आयोजना हुने भएको हो। 

भदौ २३ देखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएको छ। यसपटकको एक्स्पोलाई स्वदेशी ब्रान्ड प्रेस्टिज कार्पेटले प्रायोजन गरेको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना भएको एक्स्पोलाई स्वदेशी ब्रान्डले नै प्रायोजन गरेको छ। एक्स्पो केको लागि? एक्स्योले फर्निचर तथा फर्निसिङ व्यवसायलाई अगाडि बढाउन कस्तो भूमिका निर्भाह गर्छ तयायका विषयमा नेपाललाईभले एक्स्पो संयोजक ओम बस्नेतसँग गरेको कुराकानीः

फर्निचर तथा फर्निसिङ एक्स्पो आवश्यकता किन? 
फर्निचर तथा फर्निसिङ एक्स्पोको आवश्यकता देशभर रहेका आम उपभोक्ताले एउटै छानामुनि विभिन्न ब्राण्डका स्वदेशी तथा विदेशी फर्निचर तथा फर्निसिङका सबै प्रकारका सामानको अवलोकन गर्न पाउन भन्ने हो। यता व्यवसायीले पनि एउटै छानामुनि सबै खालको सामानको प्रदर्शन गर्न पाउने भएकाले यसको आयोजना गरिएको हो। एक्स्पोमा विभिन्न खालको स्वदेशी तथा विदेशी सामानको प्रदर्शन गर्ने हाम्रो उद्देश्य छ। यो एक्स्पोले व्यापारीहरुको नयाँ नयाँ ब्राण्डलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउनेछ। 

यसैगरी, एक्स्पोले बजारमा नयाँ सामान के आएको छ? बजारमा भोलिका दिनमा नयाँ सामानहरु के आउँदैछ? विदेशमा तथा स्वदेशमा नयाँ के कुराको उत्पादन हुँदैछ? यसको सम्पूर्ण जानकारीका लागि पनि एक्स्पोको आवश्यकता छ। एक्स्पोले व्यापारको उद्देश्यभन्दा पनि ग्राहकको आवश्यकतालाई सहज बनाउने काम गर्नेछ। यो एक्स्पोमा व्यापारभन्दा बढी फर्निचर तथा फर्निसिङको सामानको प्रदर्शनमा जोड दिनेछौं। 

furnes expo1661951914.jpg

यसरी गरिने एक्स्पोहरुले आमउपभोक्तालाई दिने सचेतना के हो? 
फरक फरक किसिम र फरक फरक समयमा हुने एक्स्पोहरुले आ–आफ्नै विशेषता प्रस्तुत गरेका हुन्छन् । जस्तै, गाडीले नयाँ ब्राण्ड प्रवर्द्धन गर्न एक्स्पो गरेको हुन्छ। हाइड्रो पावर कम्पनीहरुले उत्पादनको बारेमा जानकारी दिन लगायतका विषयमा आम उपभोक्तालाई सुसूचित बनाउने खानको एक्स्पोहरु गरेका हुन्छन्। फर्निचर र फर्निसिङको विषेशता के हो भने नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुहरुलाई विस्थापन गर्ने उद्देश्यका साथ हामीले यो एक्स्पो सञ्चालनमा ल्याउन लागेका छौं।

अहिलेकाे अवस्था हेर्ने हो भने नेपाली उद्योगहरुले धेरै नै विदेशी आयातित वस्तुको प्रयोग घटाएको छ। अहिले नेपाली उत्पादन पनि विदेशमा केहि मात्रामा निर्यात पनि भइरहेको छ। नेपालले पहिले बेल्जियमबाट खरिद गरेर ल्याउने क्वालिटीको कारपेटहरु अहिले नेपाली उत्पादनमै पनि पाउन सकिन्छ। अहिले तीन वटा फ्याट्रीले यस्तो विदेशबाट खरिद गरिने क्वालिटीको कारपेटहरु उत्पादन गरिरहेका छन्।

नेपालमा प्रयोग गरिने फर्निचर तथा फर्निसिङ सामानको माग स्वदेशी उत्पादनले कति प्रतिशत धानेको छ? 
नेपालको उत्पादनले कुल मागको ६० प्रतिशत माग नेपाली उत्पादनले धानेको अवस्था छ । बाँकी ४० प्रतिशत माग विदेशबाट आयात हुन्छ। हिजोको दिनमा नेपाली उत्पादनले ५० प्रतिशत माग धानेको थियो। विदेशी सामानको आयात ५० प्रतिशत हुने गरेको थियो। आजको दिनमा नोपाली उत्पादनलाई बढाएर ६० प्रतिशत पुर्याउन सफल भएका छौं। हामीले विदेशबाट पनि फर्निचर र फर्निसिङ दुवै खालको सामानको आयात गर्छौं। नेपालमा पनि दुवै प्रकारका वस्तुहरु उत्पादन हुने गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा हुने उत्पादनको लागि अधिकांश कच्चा पदार्थ भने अहिले पनि हामीले विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमा उत्पादन भएको काठ लगायतका फर्निचर तथा फर्निसिङको लागि चाहिने कच्चा पदार्थ नेपालमै उत्पादन हुन सक्ने सम्भावना पनि न्यून देखिन्छ। 

अहिले मलेसिया, बराइन, थाईल्याण्ड, ओमन लगायतका मुलुकबाट कच्चा पदार्थ आयात गरिन्छ। नेपालमा भएको काठ सजिलै व्यवसायीले पाउँदैनन्। चोरीपैठारीको माध्यमबाट विदेश गइरहेको हुन्छ तर, नेपालमा यहीँका काठ प्रयोग एकदमै न्यून छ। यसमा विभिन्न खालका नीतिहरु हाम्रो बाधक बनेका छन्। सरकारको नीतिले नेपाली उत्पादनको लागत बढाएको छ। जसले गर्दा विदेशबाट आयात भएको टिकाउ नहुने सामान सस्तो र हामीले उत्पादन गरेको वस्तुको मूल्य महंगो भएको छ। 

अहिलेको एक्स्पोमा कस्ताे ब्राण्डका फर्निचर तथा फर्निसिङका सामानहरु पाइन्छ?
अहिले हुन लागेको एक्स्पोमा स्वदेशी उत्पादन गलैँचा, कारपेट, म्याट्रिस लगायत विदेशबाट आउने फर्निसिङ तथा इन्टेरिएरका विभिन्न ब्राण्डका सामानहरु देख्न पाउनेछौं। यसमा देशभित्र केही वर्षपहिले सञ्चालनमा आएका केही ब्राण्डका जस्तै प्रेष्टिज कारपेट, यतीले उत्पादन गरेको कारपेटहरु, हाइटेक लगायतका कम्पनीका उत्पादनहरु देख्न पाउनेछौं। 

स्वदेशी उत्पादनमा यदि, प्रेष्टिज, एती, हेरिटेज, एन्फ र हाईटेक कारपेट लगायतका कारपेट उद्योगको सहभागिता रहेको छ। यी लगायत विभिन्न ब्राण्डका कारपेट, म्याट्रिस र फर्निचरका सामानहरु यो एक्स्पोमा पाईन्छ। फर्निचरको लागि नेपाली ब्राण्ड भन्ने नभएता पनि स्वदेशी उत्पादन नै अहिलेसम्म अब्बल उत्पादन रहेको हाम्रो अध्ययनले देखाउँछ। 

एक्स्पोमा भाग लिन कुनकुन ठाउँबाट व्यवसायीहरुको सहभागिता रहेको छ? 
भदौ २३ देखि भदौ २७ गतेसम्म रहने यस एक्स्पोमा सहभागी हुन काडमाडौं भ्यालीलगायत भ्यालीबाहिर पनि यस एक्स्पोमा व्यवसायीहरुले सहभागिता जनाउनुभएको छ। देश र विदेश गरी १०० भन्दा धेरै स्टलहरुको व्यवस्था गरिएको छ।

कोरोना महामारीको कुरा थोरै जोडौं, यो व्यवसाय कोरोना महामारी सुरु हुनुअगाडि र अहिलेको अवस्थामा के फरक छ? 
कोरोना महामारीले हामीमात्र नभएर समग्र अर्थतन्त्रलाई नै समस्यामा पारेको थियो। यसले फर्निचर तथा फर्निसिङ व्यवसायलाई नछुने कुरै भएन। दुईपटक तीन पटकसम्म डकडाउन। लकडाउन खुलेपनि बजारमा चहलपहल कम हुनु जस्ता क्रियाकलापले हाम्रो व्यवसाय पनि थला परेको थियो। हाम्रो व्यवसाय कोरोना अगाडिकै अवस्थामा फर्किन सकेको छैन्। समस्यामै छौं। 

अब हुन गइरहेको एक्स्पोले यो समस्यालाई पनि केहि हदसम्म समाधान गर्ला कि भन्ने मेरो विश्वास छ। कोरोना महामारीकै कारण देखिएको आर्थिक समस्याले पनि अहिले यो क्षेत्रमा समस्या देखिरहेको छु। यी समस्यालाई हामीले आर्थिक मन्दीको रुपमा लिएका छौं। पछिल्लो समय बैंकको ब्याज पनि बढेको छ। बैंकहरुले सजिलै ऋण दिन सक्ने अवस्था छैन्। सहकारीबाट हामीले लिने ऋण पनि सहज रुपमा पाइँदैन। यसले व्यवसायलाई पनि असहज बनाएको छ।

राज्यका कुन चाहिँ नीतिका कारण फर्निचर तथा फर्निसिङ व्यवसायीहरु मारमा परेका छन्?
सरकारले गत असार १६ गते राजपत्रमा प्रकाशित गरेको नयाँ वन नियमले वन पैदावरसँग सम्बन्धित व्यक्तिले मात्र काठको लिलामीमा भाग लिन पाउने भनेर जुन खालको व्यवस्था गरेको छ। त्यो व्यवस्था नै गलत छ। 

गलत कसरी छ भने आज ८० देखि ९० प्रतिशत काठको प्रयोग गर्ने फर्निचर व्यवसायीलाई त्यस्तो टेन्डरबाट पन्छाएर सिन्डिकेटको रुपमा वन पैदावरहरुसँग मिलेर एउटा सीमित वर्गको हातमा अधिकार सुम्पिएको छ। यसमा सीमित काठका बिचौलियाहरुले मात्र काठको टेन्डरमा भाग लिन पाउने हुन्छन्। यस्ता नीतिले आम व्यवसायीलाई मारमा पारेको छ।

यसले गर्दा विदेशी आयातित सामान र नेपाली उत्पादनको लागत अझ बढाउने देखिन्छ। अहिलेका वन मन्त्रीले बाहिरबाट आउने काठ रोक्छौं भन्नुभएको छ। तर, त्यो अवस्था छैन्। आजको प्रतिसपर्धाको युगमा सिन्डिकेट नीतिले नै नेपालका धेरै उत्पादनहरुलाई असर पुर्‍याइरहेको छ। यसकारण हामीले यो एक्स्पोलाई उत्कृष्ट बनाएर सञ्चालन गर्न लागि रहेका छौं। 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत ४ अर्ब २५ करोड रुपैयाँ सावाँ रहेको छ । त्यस्तै, २०८२ भदौ ७ देखि २०८३ असार मसा... बुधबार, भदौ ३, २०८३
छानबिन प्रतिवेदन सार्वजनिक भएपछि एनसेलले भन्यो– ‘कानुनी उपचार खोज्छौँ’ प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले कम्पनीलाई अपूरणीय क्षति पुगेको, वैयक्तिक गोपनीयता भंग भएको र वैदेशिक लगानीप्रति विश्वास ग... बिहीबार, साउन २८, २०८३
एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने यो प्लेटफर्मले व्यवसायको विभिन्न विकास चरणअनुसार व्यावसायिक वेब होस्टिङ विकल्पहरू प्रदान गर्छ। विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्ट... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्