काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आउँदो निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार रहेको स्पष्ट पारेका छन्।
कास्की क्षेत्र नम्बर १ मा स्नेहपूर्वक चाहना राखेकोमा धन्यवाद दिँदै उनले आफ्नो उम्मेदवारीबारे स्पष्ट पारेका हुन्।
उनले भनेका छन्, ‘पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद!’
आफूले काठमाडौं ४ बाटै उम्मेदवारीको तयारी गरिरहेको उनले स्पष्ट पारेका छन्। ‘मैले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो’, उनले भनेका छन्।
बुधबार कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न थापाका नाममा कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले आवेदन दिएका थिए। कास्की १ बाट एमाले नेता खगराज अधिकारी सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।