काठमाडौं– आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० अर्ब बजेट सुनिश्चित गरेको छ।
अर्थले १० अर्बको सीमाभित्र रहेर खर्च गर्नेगरि बजेट स्वीकृत गरेको हो।
‘अर्थ मन्त्रालयले १० अर्बभित्र रहेर खर्च गर्नेगरि बजेट स्वीकृत गरेको छ। मन्त्रालयले हामीले प्रस्ताव गरेको भन्दा केही कम बजेट स्वीकृत गरेको हो,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल लाइभसँग भने।
आयोगले आसन्न निर्वाचनका लागि १० अर्ब ९८ करोड बजेट माग गरेर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।