• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दाङ–१ : खुमबहादुरको ‘विरासत’मा मेटमणिको चुनौती

64x64
प्रिया स्मृती गजमेर शुक्रबार, भदौ १७, २०७९  २०:४८
1140x725

दाङ– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै राजनीतिक दलहरू चुनावी तयारीमा जुट्न थालेका छन्। हेभिवेट नेताको जिल्लाका रूपमा रहेको दाङमा पनि चुनावी सरगर्मी बढ्दैछ। दलहरू सम्भावित नतिजाको अकंगणित केलाउन थालेका छन्। 

दाङमा प्रतिनिधि सभातर्फ ३ र प्रदेश सभातर्फ ६ सिटका लागि प्रतिस्पर्धा हुनेछ। निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरू जिल्ला केन्द्रित हुन थालेका छन् भने कतिपय नेताहरू टिकटका लागि काठमाडौं धाउन सुरु भइसकेको छ। क्षेत्रीय समितिहरूबाट उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ। 

दाङ नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको गृहजिल्ला हो। र, नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको पनि गृहजिल्ला।

आफ्नो राजनीतिक जीवनमा प्रभावशाली नेताका रूपमा चिनिने दिवंगत खड्का निर्वाचन क्षेत्र, दाङ–१ हो, जहाँ एक नगरपालिका र तीनवटा गाउँपालिका छन। यसैगरी, घोराही उपमहानगरपालिकाको वडा नम्बर १, २, ३ र ५ नम्बर पनि यही निर्वाचन क्षेत्रमा पर्छन्। 

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा लमही नगरपालिकाको एउटा वडा बाहेक ८ वटा वडा र नगरपालिका कांग्रेसले जितेको छ। एउटा वडा माओवादी केन्द्रले जितेको छ भने नेकपा एमालेले कुनै वडा जित्न सकेन। 

त्यस्तै, राजपुर गाउँपालिकामा दुई वटा वडासहित पालिका अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ भने नेकपा माओवादी केन्द्रले तीन वटा वडा र नेकपा एमालेले दुई वटा वडा जितेका छन्। 

गढवा गाउँपालिकामा माओवादी केन्द्रले पालिका अध्यक्षसहित चारवटा वडा जितेको छ भने पालिका उपाध्यक्षसहित दुई वटा वडा नेपाली कांग्रेस र एक वडा नेकपा एमालेले जितेको छ।

माओवादी केन्द्रका बहालवाला प्रदेश स्वास्थ्यमन्त्री इन्द्रजित थारु र २०७४ मा कांग्रेसबाट प्रदेश सभा सदस्य पदका प्रत्यासी प्रदीप थापाको घर यही पालिकामा पर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यही निर्वाचन क्षेत्रमा पर्ने राप्ती गाउँपालिकामा पालिका अध्यक्षसहित दुई वटा वडा माओवादी केन्द्रले जितेको छ भने कांग्रेसले एक वटा वडा, राष्ट्रिय जनमोर्चाले एक, एकीकृत समाजवादीले एक वडा जितेको छ। एमालेले उपाध्यक्षसहित चार वडा जितेको छ। 

लमही नगरपालिका 
वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा लमही नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा जोगराज चौधरी र उपप्रमुख पदमा कांग्रेसकै लक्ष्मी योगी निर्वाचित भए। चौधरीले ९ हजार ३१७ मत प्राप्त गर्दै माओवादी केन्द्रका वसन्त शर्मालाई पराजित गरे।

शर्माले ७ हजार २८५ मत प्राप्त गरेका थिए। त्यस्तै, उपप्रमुखमा निर्वाचित योगीले ८ हजार ७३७ मत प्राप्त गर्दा माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८४८ मत पाएकी थिइन्।

लमही नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका दामोदर पौडेलको पुरै प्यानल विजयी भएको थियो। पौडेलले माओवादीका घनश्याम भुसाललाई पराजित गरेका थिए। उक्त वडामा ०७४ को निर्वाचनमा एमालेको पुरै प्यानल निर्वाचित भएको थियो।

वडा नम्बर २ मा कांग्रेसका नेपालु चौधरीको पुरै प्यानल निर्वाचित भयो। उनले एक हजार ९८० मत प्राप्त गर्दा प्रत्यासी एमालेका अतिराम चौधरीले ४२५ मत पाए।

वडा नम्बर ३ मा कांग्रेसकै मनोज कुमार चौधरी प्यानल निर्वाचित भयो। उनले एक हजार ४६१ मत ल्याउँदा माओवादीका लोकमणि बन्जाडे एक हजार ७६ मा समेटिए।

वडा नम्बर ४ मा कांग्रेसको प्यानल निर्वाचित भए। वडाध्यक्ष निर्वाचित सुवास न्यौपानेले ८४८ मत प्राप्त गर्दा एमालेका चेतराम चौधरीले ७५८ मत पाए। अघिल्लो निर्वाचनमा यहाँ एमालेले वडाध्यक्षबाहेक सबै सदस्य जितेको थियो।

वडा नम्बर ५ मा माओवादीका ओमप्रसाद सुवेदी वडाध्यक्ष निर्वाचित भए। बाँकी वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । सुवेदीले एक हजार ११३ मत प्राप्त गर्दा कांग्रेसका कुमार घिमिरेले ९६८ मत पाए।

वडा नम्बर ६ मा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्वाचित भएका छन्।  श्यामनारायण चौधरी वडाध्यक्षमा निर्वाचित भए। उनले एक हजार २५३ मत ल्याउँलदा प्रत्यासी माओवादीका गोविन्द विक्रम शाहले ७७५ मत प्राप्त गरे। शाह अघिल्लो निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार गणेशमान चौधरीसँग पराजित भएका थिए। 

वडा नम्बर ७ मा कांग्रेसका मोहन गिरी वडाध्यक्ष निर्वाचित भएका छन्। यो वडामा अघिल्लोपटक जस्तै यसपालिका पनि कांग्रेसको प्यानलै निर्वाचित भएको छ। गिरीले ९७९ मत प्राप्त गर्दा माओवादीका बलबहादुर पुनले ९६२ मत प्राप्त गरे।  

त्यस्तै, वडा नम्बर ८ मा नेपाली कांग्रेसकै उमेशकुमार खड्कासहित प्यानल विजयी भएको छ। उनले ७५६ मत प्राप्त गर्दा एमालेका जनकबहादुर बुढाले ५५४ मत प्राप्त गरे। 

वडा नम्बर ९ मा कांग्रेसका भेषबहादुर केसीको प्यानल निर्वाचित भयो। अघिल्लो पटकको निर्वाचनमा पनि यहाँ कांग्रेसकोे प्यानल निर्वाचित भएको थियो। 

राप्ती गाउँपालिका 
नेपाली कांग्रेसकी संविधानसभा सदस्य सुशीला चौधरीको गृहपालिका हो, राप्ती गाउँपलिका। तर, वैशाखको स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रकाश विष्ट र उपाध्यक्षमा एमालेकी कमलापति चौधरी निर्वाचित भए। 

विष्टले ६ हजार ८९८ मत प्राप्त गर्दा प्रत्यासी एमालेका जगतप्रसाद पोखरेलले ५ हजार ७०० मत प्राप्त गरेका थिए। उपाध्यक्ष चौधरीले ६ हजार ६७४ मत प्राप्त गर्दा कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४९६ मत प्राप्त गरेका थिए। 

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिकामा कांग्रेसमा ठूलो विवाद उत्पन्न भएको थियो। दिवंगत श्रीनारायण चौधरीका छोरा बुद्दिप्रकाश चौधरी सरकारी जागिर छोडेर राजनीतिमा आएका थिए। आफ्नो बाबुको सपना साकार पार्न राजनीतिमा आएको बताउने चौधरीलाई कांग्रेसले पालिका अध्यक्षको टिकट दिएन। त्यसपछि उनी स्वतन्त्र लडेका थिए। उनले ३ हजार १८६ मत पाएका थिए। 

राप्ती गाउँपालिका वडा नम्बर १ मा एमालेका गेमे खड्काको प्यानल निर्वाचित भयो। खड्काले ९२५ मत प्राप्त गर्दा प्रत्यासी राष्ट्रिय जनमोर्चाका ठाकुर प्रसाद आचार्यले ७७७ मत प्राप्त गरेका थिए। 

वडा नम्बर २ मा माओवादी केन्द्रका पहलवान चौधरीले १ हजार ६ मत प्राप्त गर्दै एमालेका हिमानन्द पाण्डेलाई पराजित गरे। पाण्डेले ८५८ मत प्राप्त गरे।

वडा नम्बर ३ मा कांग्रेसले वडाध्यक्ष र अन्य पदमा माओवादीले जित्यो। वडाध्यक्षमा कांग्रेसका उमेश अधिकारीले ९७९ मत प्राप्त गर्दा माओवादीका तुला गिरीले ९७३ मत प्राप्त गरेका थिए। 

वडा नम्बर ४ मा राष्ट्रिय जनमोर्चाका वीरबहादुर चौधरी ९६८ मतसहित निर्वाचित भए। प्रत्यासी एमालेका नन्दुराज चौधरीले ८६५ मत पाए। 

वडा नम्बर ५ मा एमालेका देवप्रसाद चौधरी १ हजार ९८ मतसहित निर्वाचित भए। प्रत्यासी कांग्रेसका गोवद्र्धन रावतले ८८२ मत ल्याए। 

वडा नम्बर ६ मा एकीकृत समाजवादीका दीपक कुमार चौधरी निर्वाचित भए। उनले ७४२ मत प्राप्त गर्दै एमालेका हरिचन्द्र चौधरीलाई पराजित गरे।  एमालेका हरिचन्द्रले ५३८ मत ल्याए।

वडा नम्बर ७ मा एमालेका सिताराम चौधरी निर्वाचित भए। उनले ८९४ मत पाए भने प्रत्यासी कांग्रेसका विद्याशरण चौधरीले ८८४ मत ल्याए।  विद्याशरण ०७४ को चुनावमा वडाध्यक्ष निर्वाचित भएका थिए। उनले पालिकाको प्रवक्ताको जिम्मेवारी समेत पाएका थिए।

वडा नम्बर ८ मा एमालेका चन्द्रबहादुर गुरुङ निर्वाचित बन। रोचक पक्ष के भने उनी त्यसअघि कोही वडाको कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। गुरुङले ९५० मत ल्याउँदा कांग्रेसका प्रभाकरदेव चौधरीले ८१६ मत ल्याए। 

वडा नम्बर ९ मा माओवादीका रिमबहादुर सुनारीले ३ सय ७६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका रमेश चुहानलाई पराजित गरे। यो वडामा माओवादीको प्यानल नै निर्वाचित भयो। कांग्रेसका चुहान २२६ मतमा समेटिए।

गढवा गाउँपालिका
नेपाली कांग्रेसक केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य योगेन्द्र चौधरीको गृहपालिका हो गढवा। तर, ७९ को स्थानीय तहको निर्वाचनमा यो पालिका माओवादीले जित्यो। पालिका अध्यक्षमा माओवादीका यमनारायण पोखरेल विजयी भए। उनले ६ हजार ९०९ मत उनका निकटम प्रतिस्पर्धी सर्वजित डिसीले ६ हजार १६७ मत पाए।

उपाध्यक्षमा कांग्रेसकी शारदा कुमारी चौधरी विजयी भएकी छन्। उनले ५ हजार ८८१ मत ल्याउँदा एमालेकी सीता कुमारी चौधरीले ४ हजार ८३० मत ल्याइन्। 

०७४ को निर्वाचनमा एमालेका सहजराम अहिर अध्यक्ष र शान्ति चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए। यसपटक उपाध्यक्षमा शान्तिले ४ हजार ११२ मत ल्याएर पराजय भोगिन्। उनी शहरी विकासमन्त्री मेटमणि चौधरीकी दिदी हुन्।  

जम्मा ८ वडा रहेको गढवाको वडा नम्बर १ मा एमालेका बाबुराम अधिकारीको प्यानल निर्वाचित भयो। उनी ०७४ मा पनि वडाध्यक्ष निर्वाचित भएका थिए। उनले १ हजार ३१७ मत प्राप्त गर्दा कांग्रेसका माधवप्रसाद सापकोटाले ९९७ मत ल्याए। 

वडा नम्बर २ मा अघिल्लो पटक वडाध्यक्षमा निर्वाचित माओवादीका भक्तु चौधरीको प्यानल अहिलेपनि विजयी भएको छ। भक्तुले ८१४ मत प्राप्त गर्दा एमालेका भानुप्रसाद यादवले ७१३ मत पाए। 

त्यसैगरी, वडा नम्बर ४ मा माओवादीका हरिभगत चौधरी प्यानलसहित निर्वाचित भए। उनी चुनावअघि कांग्रेसबाट माओवादी प्रवेश गरेका थिए। उनले १ हजार ५७६ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी कांग्रेसका गुलाम मोहम्मद जागा मुसलमानले ८३५ मत पाए।

वडा नम्बर ५ मा कांग्रेसका लेखबहादुर थापा विजयी भए। त्यहाँ उनको प्यानल नै निर्विाचित भयो। थापाले ७६१ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीका सन्दिप आचार्यले ६४१ मत पाए।

वडा नम्बर ६ मा माओवादीका बीरबहादुर आले १ हजार १४२ मतसहित निर्वाचित भए। कांग्रेसका उम्मेदवार बालचन्द्र हमाल ठकुरी १ हजार २१ मतमा समेटिए। 

वडा नम्बर ७ मा राहुलदेव चौधरी दोहोरिए। उनले ९९१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका पुरन प्रसाद चौधरीले ५०३ मत पाए। उनी शहरी विकास मन्त्री मेटमणि चौधरीका सहोदर भाइ हुन्। 

वडा नम्बर ८ मा एमाले विजयी भयो। एमालेका अब्दुल खालिक सिद्दिकीले ४९६ मत प्राप्त गर्दै माओवादीका सद्दाम सिद्दिकीलाई पराजित गरे।  सिद्दिकीले ३८७ मत मात्र पाए। 

राजपुर गाउँपालिका 
राजपुर गाउँपालिका नेपाली कांग्रेसको दबदबा हुने पालिका हो। तर, पछिल्लो समय आफू निकटका व्यक्तिलाई टिकट दिने परिपाटीले कांग्रेस कमजोर हुँदै गएको कांग्रेसका शुभचिन्तक बासुदेव यादवको बुझाइ छ। अहिले उक्त पालिकामा माओवादी केन्द्र हाबी हुँदै गएको छ। 

यद्यपि, वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसका शरदकुमार बुढाथोकीले माओवादी केन्द्रका चक्रबहादुर खड्कालाई पराजित गरे। बुढाथोकीले ३ हजार ९८० मत प्राप्त गर्दा खड्काले ३ हजार १६७ मत ल्याएका थिए। 

उपाध्यक्षमा कांग्रेसका धनपतिदेवि यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्। यादवले ३ हजार ८३६ मत प्राप्त गरेर माओवादीका पुष्पा यादवलाई हराउन सफल भएकी थिइन्। पुष्पाले ३ हजार ३४८ मत ल्याएकी थिइन्। ०७४ को स्थानीय निर्वाचन पनि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष कांग्रेसले नै जितेको थियो।

वडा नम्बर १ मा अघिल्लो निर्वाचनमा माओवादीका बिष्णुबहादुर बुढाले चुनाव जितेका थिए भने अहिले एमालेले जितेको छ। एमालेका सूर्यप्रसाद चौधरीले ६६६ मत प्राप्त गर्दा माओवादीका निर्वतमान वडाध्यक्ष बुढाले ४४५ मत पाए। वडा नम्बर २ मा ०७४ को निर्वाचनमा माओवादीको प्यानल निर्वाचित भएको थियो। यसपटक भने कांग्रेसले जित निकाल्यो। 

कांग्रेसको बलियो अखडा मानिने वडा नम्बर ३ मा स्थानीय निर्वाचनमा माओवादी विजयी भयो। अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो।

यसपटक माओवादीका रामप्रसाद अहिरले ५९७ मत प्राप्त गर्दै कांग्रेसका रामवरण यादवलाई पराजित गरे। यादवले ५०७ मत ल्याएका थिए।  

वडा नम्बर ४ मा पहिलेकै वडाध्यक्ष कांग्रेसका रामेश्वर अहिर दोहोरिएका छन्। उनी अघिल्लोपटक सर्वाधिक मतका साथ विजयी भएका थिए। उनले ३३२ मत प्राप्त गर्दै कांग्रेबाट बागी उम्मेदवारी दिएका हिरालाल यादवलाई पराजित गरे। हिरालालले ३०० मत पाए।

वडा नम्बर ५ मा यसपटक एमालेले वडाध्यक्ष जितेको छ। एमालेका टंकबहादुर विष्टले ७०८ मत ल्याएर जित निकाले। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रसिंह भण्डारीले ५४२ मत पाए। अघिल्लो चुनावमा भण्डारी प्यानलसहित निर्वाचित भएका थिए।  

वडा नम्बर ६ माओवादी केन्द्रको बलियो आधार क्षेत्रका रुपमा चिनिन्छ। रुकुम, रोल्पा, प्युठानबाट बसाइँ–सराइँ गरेर आएका सबैले माओवादीलाई सहयोग गर्ने गरेको वडाध्यक्ष श्यामबहादुर रोकाले बताए। 

अघिल्लो पटक प्यानलसहित चुनाव जितेका रोकाले यसपटक पनि प्यानलसहित जितेका छन्। रोकाले ५८० मत प्राप्त गर्दा निकटम एमालेका राजेन्द्रप्रसाद चौधरीले ५३५ मत पाए।

वडा नम्बर ७ मा माओवादी पुस्कर वलीले चुनाव जिते। अघिल्लोपटक उनी वडा सदस्य निर्वाचित भएका थिए। वलीले ८२० मत ल्याउँदा कांग्रेसका लालबिर खड्काले ७७७ मत पाए।

वर्तमान अवस्था 
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको गठबन्धन कायमै रहने भने दाङ क्षेत्र नम्बर १ एकीकृत समाजवादीको भागमा पर्ने छ। त्यसो हुँदा  हालका शहरी विकासमन्त्री मेटमणी चौधरीले टिकट पाउने पक्का छ। गठबन्धन इमान्दर रूपमा प्रस्तुत भए उनको जित सुनिश्चितजस्तै छ। अघिल्लोपटक मेटमणि वाम गठबन्धनको तर्फबाट निर्वाचित भएका थिए।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्ष तर्फबाट कृष्ण किशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदीप कुमार थापा र खुमबहादुर खड्काका पुत्र अनुराग खड्काको नाम सिफारिस भएको छ ।

एमालेबाट रेवतीरमण शर्मा, सरस्वती गौतम उम्मेदवारको आकांक्षी छन्।  माओवादीबाट इन्द्रजित चौधरी, दामा शर्माले दावी गरिरहेका छन् भने  एकीकृत समाजबादीबाट शहरी विकासमन्त्री चौधरी निर्विकल्प छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रिया स्मृती गजमेर
लेखकबाट थप
सल्यान दुर्घटना अपडेट : मृतक आठै जनाको सनाखत
सल्यानमा बिहेको जीप दुर्घटना, ८ जनाको मृत्यु 
रुकुम पूर्वमा बस दुर्घटना, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
कर्णाली प्रदेशमा सरकार नेतृत्व परिवर्तन हुने गगन थापाको संकेत सोमबार, वैशाख २८, २०८३
सरकारले उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने सोमबार, वैशाख २८, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ) सोमबार, वैशाख २८, २०८३
सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने सरकारको प्रतिवद्धता सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्