• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

धनगढीका मेयरको स्वार्थ केन्द्रित निर्णय: भाइको लाभका लागि दुई वडामा मात्रै कित्ताकाट फुकुवा

64x64
शेरबहादुर ऐर मंगलबार, भदौ १४, २०७९  ०९:५५
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले ३१ असारमा उपमहानगरपालिकाका दुई वटा वडालाई आवासीय क्षेत्रभन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गर्‍यो। त्यही दिन मालपोत कार्यालयमा उपमहानगरपालिकाले वडा नम्बर १ र ४ को जग्गा कित्ताकाट गरिएको भन्दै पत्र पठायो।

उपमहानगरपालिकाले गरेको उक्त निर्णय नगर प्रमुख गोपाल हमालको व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको पाइएको छ। उपमहानगरपालिकाले जग्गा कित्ताकाट फुकुवा गरेकै दिन नगर प्रमुख गोपालका भाइ श्याम हमालले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित जग्गा कित्ताकाट गराएको पाइएको छ।

Dhangadi (2)1661832629.jpg

श्यामले ११९ नम्बरको कित्ताकाट गरी दिनेश ट्रेडिंग हाउसको नाममा सोही दिन पास गरेका छन्। जग्गा कित्ताकाटका लागि ३१ गते उनको बाहेक अन्य कुनै व्यक्तिले दर्ता गराएका छैनन्। उद्योग घाटामा गएको देखिने भएपछि श्यामले आफ्नो जग्गालाई उद्योगको नाममा कित्ताकाट गरी बैंकको ऋण पुँजी बृद्धि गरेका छन्।

व्यापक छलफल गरी ल्याउने भन्दै अन्य वडाको फिर्ता
यही १ भदौमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्यो। बैठकमा धनगढीका कित्ताकाट फुकुवा नभएका अन्य वडाहरुले फुकुवाका लागि प्रस्ताव पेश गरे। तर, उक्त प्रस्तावलाई कार्यपालिका बैठकले विभिन्न कारण देखाउँदै कित्ताकाट फुकुवा गरेन।

Dhangadi (1)1661832609.jpg

कार्यपालिका बैठकको निर्णय नम्बर १३ मा भनिएको छ, ‘भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मा भएको व्यवस्थाअनुसार जग्गा वर्गीकरणका लागि वडा नं. २, ३, ५, ६, ७, १०, ११ र १४ बाट सिफारिस भइ आएकाले त्यस माथि छलफल गर्दा अझै वडा कार्यालयले व्यापक छलफल गरी दीर्घकालीन असर नपर्ने गरी कृषि क्षेत्र र गैर कृषि क्षेत्र तोक्न अर्को बैठकमा पेश गर्ने निर्णय गरियो।’

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले नियमसँग कित्ताकाट फुकुवा प्रक्रिया अघि बढाउदा कार्यपालिकाको बैठकले पास नगरेको उनले बताए। उनले भने –‘अन्य वडाले के ग¥यो त्यो मलाई थाहा छैन । तर, मैले यस वडाका बुद्धिजिवी, निवर्तमान वडा अध्यक्ष, जनप्रतिनिधी, राजनीतिक दल, सरोकारवालाहरु सबै पक्षसँग छलफल गरी आवासीय क्षेत्रबारे सुझाव लिइ कार्यपालिका बैठकमा पेश गरेको थिए । तर, बैठकले निर्णय पास नगर्दा वडाबासीले समस्या झेल्नुपरेको छ।’ 

Ncell 2
Ncell 2

उनले वडा नम्बर १ र ४ को कित्ताकाट फुकुवा गर्ने दिनको बैठकमा आफु पनि सहभागि रहेको बताउँदै ‘वडा नम्बर २ को पनि सोही दिन फुकुवा गराउने भनिरहेका थिए तर, मैले वडाका सरोकारवालाहरुसँग छलफल गरेर उनीहरुको सुझावका आधारमा अघि बढ्ने भनेर फिर्ता भएको थिएँ ।’

आवासीय क्षेत्र घोषणा

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ र ४ को कृषि तथा गैर कृषि क्षेत्र पहिचान नगरी आवासीय क्षेत्र घोषणा गरेको थियो। २०६८ को जनगणना अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा मुख्य सडकको दक्षिण क्षेत्रलाई कृषि क्षेत्र देखाइएको छ भने वडा नम्बर ४ का बसपार्क क्षेत्रदेखि केहीमा बस्ती र अन्य क्षेत्रमा कृषि र वन क्षेत्र देखाइएको छ । 

संघीय भूमि व्यवस्था मन्त्रालयले २४ जेठमा कृषि योग्य भूमि र आवासीय क्षेत्रको जग्गाको कित्ताकाट गर्न रोक लगाएको थियो। संघीय भूमि व्यवस्था मन्त्रालयले तराई र भित्री मधेसमा एक रोपनी पाँच आना ३.६ दाम (६७५ वर्गमिटर) र उल्लेखित क्षेत्रबाहेकका भूभागमा एक रोपनी १५ आना एक पैसा तीन दाम (एक हजार वर्गमिटर) क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ।

धनगढी–१ का वडा अध्यक्ष सन्तोष मुड्भरीले आफ्नो वडामा आवासीय क्षेत्रमात्रै रहेको बताए। ‘वडामा अहिले पनि कृषि व्यवसाय भइरहेको छ’, मुड्भरीले भने, ‘तर ती क्षेत्र भविष्यमा आवासीय क्षेत्रनै हुने देखिएका कारण अहिले कित्ताकाट खुलाइएको हो।’ 

धनगढी–४ का वडा अध्यक्ष बुद्धि खड्काले पनि आफ्नो वडामा खेतियोग्य जमिन नरहेको बताए। केही क्षेत्रमा कृषि योग्य जमिन भएपनि ती क्षेत्र भविश्यमा आवासीय क्षेत्र हुने र सबै क्षेत्र सडक सञ्जालसँग जोडिएका कारण कित्ताकाट गर्न मिल्ने गरी निर्णय गरिएको उनले बताए।

लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट वडा तहबाट खुलाउने विषय उपयुक्त नभएको स्थानीयहरु बताउँछन्।

‘जग्गा कित्ताकाट खुलाउने हो भने सबै वडाहरुमा एकै पटक खुलाउनुपर्ने थियो’ एक स्थानीयले नाम नबताउने सर्तमा भने, ‘आफ्नो दुनो सोझ्याउन र आफ्ना आफन्तलाई पोसाउने काम भयो। अन्य वडाका सर्वसाधारण जनताले जग्गा खरिद बिक्री गर्न नपाउने हो?’

‘सेवाग्राही भनेका १९ वटै वडाका हुन्। वडा नम्बर १ र ४ का मात्रै सेवाग्राही हुन र?' उनले प्रश्न गरे । उनले आफ्नो काम गराइ सकेपछि फेरि कित्ताकाट बन्द गराउन सक्ने शंका व्यक्त गरे। 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्