काठमाडौं– भोलि आइतबार निर्वाचन आयोगले आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दैछ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै नामावली आइतबार प्रकाशन हुने भएकाले त्यसमा अद्यावधिक गर्नका लागि तीन दिनको समय दिएको छ।
उक्त नामावलीमा रहेको त्रुटी सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक मात्र स्थानमा नाम कायम राख्न भदौ १३ गतेदेखि १५ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन आयोगले अनुरोध गरेको छ।
यसैगरी मृत्यु भएका तथा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि १३ गतेदेखि १६ गतेसम्म निवेदन दिन पनि आयोगले सूचनामा अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।