काठमाडौं– नेपालमा पछिल्लाो २४ घण्टाको अवधिमा ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
४ हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २११ तथा एन्टीजेन विधिबाट २३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टाको अविधमा कोभिड–१९ को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै ३०७ जना संक्रमणमुक्त पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ हजार १९९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।