काठमाडौं- एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेललाई सिफारिस गरेको छ। पार्टीको क्षेत्रनम्बर ५ कमिटीले सिफारिस गरेको हो।
अनेरास्ववियुका अध्यक्ष पराजुलीले यसअघि नै उक्त क्षेत्रमा उठ्ने घोषणा गरिसकेका थिए। उनीसँगै सिफारिस पोखरेल कानुन व्यवसायी हुन्। कमिटीले जिल्ला र जिल्लाले केन्द्रमा सिफारिस गर्नेछ।
सत्ता गठबन्धनले हालसम्म भागबन्डा टुंग्याइसकेको छैन। उक्त क्षेत्र एकीकृत समाजवादीले पाएमा पराजुली वा पोखरेलमध्ये एक उम्मेदवार हुनेछन्।
प्रदेश सभाका लागि भने क्षेत्र नम्बर ५ (क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटा छन् भने क्षेत्र नम्बर ५ (ख)मा रामकृष्ण सेढाईं, दीपक केसी र बालकृष्ण श्रेष्ठ सिफारिसमा भएका छन् ।
एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ ।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ। एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८, एकीकृत समाजवादीको १ हजार ८२७ मत छ। राप्रपाको २ हजार ६२२ छ। एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नै उम्मेदवार बन्ने लगभग तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।