कैलाली- नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले पार्टी छाडेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत् पार्टीमा आबद्ध नरहेको घोषणा गरेका हुन्।
उनले पार्टी विभाजनले कांग्रेसलगायत पुँजीवादीहरुलाई लाभ मिलेको भन्दै पार्टी परित्याग गरेको बताएका छन्। उनले भनेका छन्, 'पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीलाई नै फाइदा पुर्या यो। त्यस बाफत पछुतो र आत्मग्लानी भएको छ। बिगत ५-६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।'
उनले अध्यक्ष माधव नेपालले पार्टी पुनर्गठनको नाममा विभाजन गरेको भन्दै पछुतो रहेको बताएका छन्।
उनले लेखेका छन्, '२०५४ सालमा वामदेवले 'फुटबाट पनि शक्ति प्राप्त हुन्छ' भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गतवर्ष पनि पुनर्गठनका नाममा माधव नेपाल नेतृत्वमा पार्टी विभाजन भयो। त्यसकोपछि लाग्नेमा म पनि थिएँ। पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीलाई नै फाइदा पुर्यायो। त्यसवापत पछुतो र आत्मग्लानी भएको छ। विगत ५-६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।