फाइल तस्बिर
काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो ।
बालुवाटारमा बस्ने बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने छ ।
यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन गएकापछि स्थगित गरिएको थियो।
सिट बाँडफाँटबारे गठबन्धनले साउन २० मा ११ सदस्यीय कार्यदल बनाएको थियो। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक पटकपटक बसे पनि सिट बाँडफाँटबारे ठोस खाका पेश हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।