काठमाडौं– आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटबारे टुंगो लगाउन बनेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आज बुधबार पनि बस्दैछ।
बैठक बुधबार साँझ ५ बजेका लागि तय गरिएको छ। सकेसम्म आजैको बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउने कार्यदल सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले जानकारी दिए। यसअघि मंगलबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक आज बुधबार बस्नेगरी सकिएको थियो।
२०७४ सालको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाईसमेत आधार बनाएर सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको नेता पुरीले जानकारी दिए। यस विषयमा आज बुधबारसम्म मापदण्ड तय हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।