• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लघु उद्यमले बनायो स्वरोजगार : मनग्य आम्दानी, सन्तुष्ट परिवार

64x64
नेपाल लाइभ बिहीबार, साउन १०, २०७५  ००:२७
1140x725

सुर्खेत– वीरेन्द्रनगर–१ सुर्खेतका किसन बयलकोटी पढेर शिक्षक बन्न चाहन्थे। शिक्षक बन्ने र अरुको जीवनमा उज्यालो छर्ने उनको सपना आमाको निधनसँगै बदलियो। कक्षा ७ मा पढ्दै गर्दा आमाको निधनपछि उनले पढाइ पूरा गर्न पाएनन्। पढाइ पूरा नभएपछि शिक्षक बन्न पाएनन्। अन्ततः उनले लक्ष्य परिवर्तन गरे र रोजे व्यापार। 

वीरेन्द्रनगरमा छालाको जुत्ता पसल सञ्चालन गरिरहेका उनलाई व्यापारले आत्मनिर्भर मात्रै बनाएन मनग्य आम्दानीका साथै सन्तुष्टि पनि दियो। ‘जुत्ता सिलाएरै महिनाको कम्तिमा २० हजार रूपैयाँ कमाउने गरेको छु,’ उनले भने, ‘यही आम्दानी मेरा लागि मनग्य भएको छ। १ लाख ५० हजार रुपैयाँ लगानी गरेर सुरु गरेको पसलबाट परिवारलाई खुसी साथ राख्न सकेको छु।’

गरिबीले बदल्यो सपना

बयलकोटीको जन्म निम्नवर्गीय परिवारमा भयो। ‘हाम्रो घरको गरिबी त पहिलेदेखि नै थियो झन् आमाको मृत्युपछि त्यो गरिबी बढ्यो र मेरो सपना पनि टुट्यो’, उनले भने। गरिबीकै कारण पढ्न नपाएपछि उनी भारत पसे। भारतमा गएर मजदुरी गरे। तर न आर्थिक लाभ भयो, न त शरीरलाई आनन्द भयो। त्यसपछि उनी घर फर्किए। भारतमा बस्दै गर्दा जुत्ता बनाउने सीप सीकेर नेपाल पर्किएका थिए उनी। जुन सीप नै अहिले उनको जीविकोपार्जनको माध्ययम बनेको छ। उनले २०६८ सालदेखि वीरेन्द्रनगरमा जुत्ता पसल गर्दै आएका छन्। 

पसलबाट महिनाको न्यूनतम २० हजार रूपैयाँ कमाउने गरेको उनी बताउँछन्। उनले त्यही आम्दानीले आफू, श्रीमती र दुई छोराछोरीको परिवारले सन्तुष्टिका साथ जीवनयापन गरिरहेको बताए। 
‘सबैभन्दा ठूलो कुरा त सीप नै रहेछ। मैल पहिले नै सीप सिकेको भए कहिले भारत र कहिले नेपालमा भौंतारिँदै भारी बोक्नुपर्ने थिएन,’ बलयकोटी भन्छन्, ‘सीप सीकेपछि मेरो परिवारको समृद्धि भएको छ। श्रम गर्दा इज्जत जाँदैन। पेसा कुनै पनि सानो र ठूलो भन्ने हुँदैन। मलाई मेरो पेसाप्रति गर्व छ। यही पेसाका कारण आज मेरो परिवारमा खुसी बढेको छ।’

आफू स्वरोजगार, अरुलाई रोजगारी

Ncell 2
Ncell 2
nimb
nimb

वीरेन्द्रनगर–६ न्युरोडकी मनमाया नेपाली टेलर चलाउँछिन्। टेलरबाट हुने आम्दानी नै उनको परिवारको मुख्य आयस्रोत हो। १५ वर्षको उमेरमै विवाह गरेकी मनमाया सुरुवाती वर्षमा परिवारमै आश्रित भइन्। श्रीमान् खिमबहादुर नेपालीको सल्लाह र सहयोगमा सिलाइ–कटाइको काम सिकेर आफैं व्यवसाय सञ्चालनमा ल्याएपछि भने मनमाया घरको आम्दानीको प्रमुख स्रोत भएकी छिन्। 

२०६४ सालमा मनमायाले सिलाइ–कटाइ सिकिन्। करिब ३ वर्ष उनले अरुकै टेलरमा काम गरिन्। त्यहाँ काम गरेर महिनाको ६ हजार कमाइ हुन्थ्यो। २०६७ सालमा ५० हजार रूपैयाँ लगानी गरेर आफ्नै टेलर सञ्चालनमा ल्याएकी मनमायाले अहिले दैनिक ६ हजार कमाई गर्छिन्। 

मनमायाले टेलर सञ्चालनमा ल्याएर आफू मात्र आत्मनिर्भर भएकी छैनन्, अरुलाई पनि रोजगारी दिएकी छिन्। ‘म आफू मात्र रोजगार भएकी छैन, आफूजस्तै बेरोजगार अरु ७ जना दिदीबहिनीलाई रोजगारी दिएकी छु,’ उनले गर्वका साथ भनिन्। 

बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म पनि उनी पसलमै व्यस्त हुन्छिन्। ‘पसलमा म व्यस्त हुने भएकाले घरको काममा समेत मेरो श्रीमानले सघाउनुहुन्छ।’ मनमायाले भनिन्।

मनमायालाई श्रीमानको पनि उत्तिकै साथ छ। ‘मेरो परिवारको साथ र सहयोग नभएको भए आज म यो अवस्थामा हुने थिइनँ,’ उनी भन्छिन्, ‘मैलै व्यवसाय धानेकी छु, मेरो श्रीमानले घर धान्नुभएको छ।’ 

पुरुषले कमाउने र महिलाले घरधन्धा गरेर बस्ने पुरानो सोचलाई तोड्न पाउँदा खुसी लाग्ने गरेको उनले बताइन्। भन्छिन्, ‘महिलालाई परनिर्भर ठान्ने परम्परा तोड्न जरुरी छ। जसका लागि हामी महिला आफैं जागरुक भएर लाग्नुपर्छ।’

आम्दानीसँगै सन्तुष्टि

जुनीचाँदे गाउँपालिका–६ जाजरकोटका हरि शाही सुर्खेतमा व्यवसाय गर्छन्। रोजगारीकै खोजीमा उनले ३ वर्ष मलेसियामा बिताए। मलेसियाबाट फर्किएपछि उनी आफ्नै व्यवसायमा लागे। सुरुमा १ लाख रुपैयाँ लगानी गरेर वीरेन्द्रनगर–८ खजुरामा ‘बिहानी हेयर कटिङ सेन्टर’ सञ्चालनमा ल्याएका उनले कपाल काटेरै महिनामा ९० हजार रुपैयाँ कमाउँदै आएका छन्।

निम्न वर्गीय कृषक परिवारमा उनको जन्म भयो। प्रविणता प्रमाणपत्र तहको पढाइ छाडेर उनी मलेसिया पुगे। घरको कमजोर आर्थिक अवस्थाकै कारण छिटो पैसा कमाउने उद्देश्यसहित विदेशिएको उनी बताउँछन्। मलेसियामा बस्दा उनी मुस्किलले महिनाको ५० हजार रुपैयाँ कमाउँथे। त्यसका लागि गर्नुपर्ने दुःख उनी वयान गर्नै सक्दैनन्। 

‘नेपालमा मैले त्योबेलामा केही सम्भावना नदेखेरै विदेश गएको थिएँ,’ उनी भन्छन्, ‘विदेशमा भन्दा स्वदेशमै सजिलैसँग बढी आम्दानी गर्न सकिने रहेछ।’

मलेसिया बस्दा नै उनले कपाल काट्ने सीप सिकेका थिए। त्यही सीपको सदुपयोग गरेर अहिले उनी सन्तुष्टिको जिन्दगी बाँचिरहेका छन्। ‘मैलै जम्मा १ लाख रुपैयाँ लगानी गरेर सैलेनु खोलें। अहिले महिनाको ९० हजार कमाउँदै आएको छु। दिनमा ३ देखि ५ हजार रुपैयाँसम्म कमाइ हुन्छ।’ 

उनी कपाल काट्नेदेखि, मसाज, दारी, कलरिङ, फेसवास, थ्रेडिङ, कपाल स्टेट, क्लिजिङ जस्ता काम गरेर त्यही अनुसारको शुल्क लिन्छन्। त्यसैबाट भएको आम्दानीले ८ जनाको परिवारलाई सुखका साथ पालेका छन्। ‘मेरो परिवारका सबैलाई मैलै खुसी नै राखेको छु। छोराछोरी अंग्रेजी स्कुलमा पढ्दै छन्। म मेरो पेसाप्रति एकदमै खुसी छु।’ 

व्यवसायबाट जत्तिको सन्तुष्टि अरुबाट नमिल्ने उनको अनुभव छ। तर, नेपालमा कामको मूल्यांकन नहुने गरेको शाहीको गुनासो पनि छ। 

उनले भने, ‘जबसम्म नेपालमा हरेक कामको सही मूल्यांकन र सम्मान गरिँदैन, कामको आधारमा व्यवहार गरिन्छ तबसम्म नेपालको विकास सम्भव छैन। सधैं परनिर्भर हुनुपर्छ।’

प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  ००:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्